काठमाडौ । ऊर्जा विज्ञहरुले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँहरुको सुझाव छ ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताए । नेपालले हाल वार्षिक रु दुई खर्बभन्दा बढीको इन्धन आयात गर्दै आएको छ ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने उल्लेख गर्दै सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जोड दिने सरकारको लक्ष्य रहेको बताए ।
सरकारी तथ्याङ्कअनुसार सन् २००९ मा परम्परागत शैलीमा खाना पकाउने नेपाली नागरिकको सङ्ख्या ८७ दशमलव एक प्रतिशत रहेकामा यस वर्षको हालसम्ममा सो दर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठालगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपाली नागरिक ६५ प्रतिशत हाराहारी छन् । सन् २००९ मा वैकल्पिक ऊर्जाको प्रयोग शून्य दशमलव सात प्रतिशत रहेकामा सो दर बढेर हाल तीन प्रतिशत पुगेको केन्द्रका नायब कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो ।
ग्यासभन्दा विद्युतीय चुलोको प्रयोग निकै सस्तो हुने विज्ञको तर्क छ । कार्यक्रममा जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था ९पीडा०का प्रमुख कार्यकारी अधिकृत विराज गौतमले परम्परागत ऊर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए। विद्युत् आपूर्ति सुनिश्चित भए धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा थियो ।
आधुनिक चुलोको प्रयोगले समयको बचत र मानव स्वास्थ्य सुधार हुने ऊर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडा वर्तन फोहोर न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताए । खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाइलाई परिवर्तन गर्नसके विद्युतीय चुलोका प्रयोगकर्ता बढाउन सकिने उनको ठहर छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ऊर्जा पत्रकार भीम गौतमले विद्युतीय पूर्वाधार विस्तारमा जोड दिए । उनले ऊर्जा मन्त्रालयले सन् २०२८ भित्र सतप्रतिशत घरधुुरीमा विद्युतीय चुलो उपयोग गर्न लक्ष्य लिएकाले त्यसका लागि विद्युतीय पूर्वाधारमा जोड दिनुपर्ने बताए ।
प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रवीनमान सिंहले दिगो विकास लक्ष्य र नेपालले लिएको शून्य कार्बन उत्सर्जन लक्ष्यमा पुग्न विद्युतीय चुलोजस्ता साधनको प्रयोग बढाउन सरकारले प्रोत्साहन कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेवापसका अध्यक्ष रोशनी अधिकारीले स्वच्छ खाना पकाउने ऊर्जा प्रवद्र्धनका लागि बिजुलीको गुणस्तरीयता र पूर्वाधार विस्तारमा ध्यान दिनुपर्ने बताए । सरकारले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पु¥याउने, सन् २०२५ भित्र पाँच लाख र सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीले विद्युतीय खाना पकाउन अपनाउनेलगायत लक्ष्य लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १३:२३
ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र ढिला हुँदा प्रतिनिधिहरूमा देखिएको आक्रोश स्वाभाविक भएको बताएक...
आषाढ़ ९ गते, २०८३ - १३:१०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्य...
आषाढ़ ९ गते, २०८३ - १२:४२
काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...
आषाढ़ ९ गते, २०८३ - १२:०१
नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...
आषाढ़ ९ गते, २०८३ - ११:५५
काठमाडौं । सडक पेटी केन्द्रित स्वरोजगारमा संलग्न दृष्टिविहीन व्यवसायीहरूले विकल्पको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। मंगलबार आयोजित ...
आषाढ़ ९ गते, २०८३ - ११:४४
काठमाडौं । नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। पार्टी सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्र...
आषाढ़ ९ गते, २०८३ - ११:२५
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताए...
आषाढ़ ९ गते, २०८३ - ११:०३
काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘आई’ अन्तर्गत मङ्...
आषाढ़ ९ गते, २०८३ - १०:४४
कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संर...
आषाढ़ ९ गते, २०८३ - १०:२६
काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेर...



प्रतिकृया लेख्नुहोस्: