Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कुन दलबाट को–को छन् राष्ट्रपतिका आकांक्षी

खबरडबली संवाददाता

काठमाडौं । आम निर्बाचनको नतिजा सार्वजनिक भएसँगै दलहरु सरकार निर्माण र पदिय बाँडफाँडको रणनीतिमा छन् । 

निर्बाचनबाट कुनै एक दललाई बहुमत प्राप्त हुन नसकेसँगै दुईभन्दा बढी दल मिलेर मात्रै सरकार निर्माण गर्ने अवस्था सिर्जना भएकोले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदहरुमा सबै पार्टीको दावी रहेको छ । कतिपयले गैर दलीय क्षेत्रबाट राष्ट्रपति बनाउँदा पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठ र शुशीला कार्कीमध्येबाट कुनै एकलाई राष्ट्रपति बनाउनुपर्ने लविङ समेत गरिरहेका छन् । तर संविधानले यी तीनै जनालाई राष्ट्रपति बन्न निषेध गरेको छ ।   

क-कसको छ दावी ? 
निर्बाचनबाट सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसबाट राष्ट्रपतिका लागी वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ प्रमुख दावेदारका रुपमा रहेका छन् । 

यसैगरी दोस्रो दल नेकपा एमाले मौन रहेकाले कसैले पार्टीभित्रबाट समेत दावी देखिन आएको छैन । तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट उपराष्ट्रपति नन्दबहादुर पून, पूर्वसभामुख अग्नि सापकोटा, उपाध्यक्ष कृष्ण बहादुर महरा र जयपुरी घर्तिको दावी रहेको बताइन्छ । 

प्रत्यक्षमा १० सिट जितेर पनि राष्ट्रिय पार्टी बन्न नसकेको एकिकृत समाजवादी झलनाथ खनालको चर्चा निर्बाचनअघिबाटै थियो भने माधव नेपाल पनि दावेदार रहेको बताइन्छ । नेपाल प्रत्यक्षमा चुनाव जितेपनि राष्ट्रपति बन्ने अवसर प्राप्त भएमा बन्ने मुडमा रहेको बताइन्छ । 

तर निर्बाचनको नतिजाले कुनै एक दलले चाहेअनुसार राष्ट्रपति, उपराष्ट्रपति र सभामुख तथा प्रधानमन्त्री बन्ने अवस्था भने छैन । 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy