Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अमेरिकी संसद्‌मा जेलेन्स्कीको सम्बोधन-युक्रेनले कहिल्यै आत्मसमर्पण गर्दैन

४५ अर्ब डलर सहायता दिने बाइडनको बाचा

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गर्दै युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए।

जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध…युक्रेन जीवित रहेको बताए।

बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिए।

उनले खुला रूपले सोच्ने विश्वसामु रुसी अत्याचारले नियन्त्रण गुमाएको र युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने बताए।

त्यसअघि राष्ट्रपति बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने पुष्टि गरे जसमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत छ।

यसअघि बुधवार बोलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताएका थिए।

दुवै देशले शोक बाँडिरहेको बताएका पुटिनले युद्धका लागि तेस्रो देशका नीतिहरू जिम्मेवार रहेको बताए।

थप अमेरिकी सहयोगको बाचा

बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलरको सहायताको समेत बाचा गरेका छन् जसलाई कङ्ग्रेसले स्वीकृति दिन बाँकी छ।

बाइडनले जेलेन्स्कीलाई उसको रुससँगको युद्धमा आवश्यक पर्दासम्म अमेरिका युक्रेनसँग रहने बताए।'तपाईँ कहिल्यै एक्लै उभिनुहुनेछैन' ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भने।

जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुगेका हुन्।

जेलेन्स्कीले युक्रेनलाई सघाउन अमेरिकाले दिने आर्थिक प्याकेजहरूलाई विश्वव्यापी सुरक्षाका लागि भएको लगानीका रूपमा अर्थ्याए।

'तपाईँहरूको पैसा परोपकार होइन' उनले भने।

जेलेन्स्कीले आफ्नो हालैको अग्र मोर्चामा पर्ने बक्मुत सहरको भ्रमणबाट बताउँदै त्यहाँ जमिनको हरेक इन्च रगतमा भिजेको बताए।

उनले अमेरिकीहरूलाई क्रिसमसको शुभकामना दिने क्रममा युक्रेनीहरूले मैनबत्तिमा उक्त पर्व मनाउने बताए। त्यो थप रोमाञ्चक हुने भएकाले नभई त्यहाँ विद्युत् नभएकाले हो।

जेलेन्स्कीले युक्रेनप्रति सद्भाव राख्ने हरेक अमेरिकी परिवार र त्यहाँका हरेक सहर र हरेक अमेरिकीप्रति धन्यवाद व्यक्त गरे।

उनले युक्रेनले पूर्ण विजय हासिल गरेर छाड्ने भन्दै मन्तव्य सकेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending