Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

एमाले र माओवादीको सहकार्य एकतामा परिणत होला ?

वाम विश्लेषक भन्छन् : मौकापरस्त बनेको गठबन्धन हो, स्थिर हुनसक्ने सम्भावना कम छ

खबरडबली संवाददाता

काठमाडौं । दुई ठूला वामपन्थी दलको अगुवाइमा बनेको गठबन्धनले सोमवार नयाँ सरकार गठन गरेपछि नेपालमा फेरि वामपन्थी एकताबारे बहसहरू सुरु भएका छन्।

यी दुई दलबीच नै अघिल्लो संसदीय निर्वाचनमा भएको गठबन्धनले बहुमत ल्याएपछि चुनावलगत्तै पार्टी एकीकरण पनि भयो।

तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको दुई वर्षमै आन्तरिक विवादका कारण फेरि अलग भए।

एमाले र माओवादी अलग भएपछि एकअर्काको दल र तिनको नेतृत्वमाथि नेताहरूले औँल्याएका समस्या समाधान नहुँदै फेरि दुई शक्ति एक ठाउँमा आएपछि यो सहकार्यको अवधिबारे चासो सुरु भएको छ।

यो पटक पनि वामपन्थी दलहरूबीचको गठबन्धन पार्टी एकतातर्फ अघि बढ्ला वा यसअघि जस्तै फेरि अलग होला भन्ने फरकफरक आकलन भइरहेका छन्।

“यो कुनै नीतिगत हिसाबले र न्यूनतम साझा कार्यक्रम तय गरेर बनेको गठबन्धन होइन। त्यसैले मौकापरस्त भन्न पनि सकिन्छ,” वाम विश्लेषक हरि रोका भन्छन्।

“स्थिर हुनसक्ने सम्भावना कम छन्। किनभने मौकापरस्त राजनीति गर्ने भएपछि कसले कसलाई कसरी छेक्ने भन्ने कुरा भइहाल्छ।”

फेरि पार्टी एकीकरण

कुनैबेला वामपन्थी राजनीतिमा सक्रिय भएर पछि कम्युनिस्ट पार्टी छाडेका निलाम्बर आचार्य दुई पार्टीबीच एकता हुनेमा आशङ्का गर्छन्।

“जसरी माओवादी र कांग्रेसको गठबन्धन अप्राकृतिक थियो। सोही स्तरमा नभए पनि एमाले र माओवादीको पनि राजनीतिक, दार्शनिक दृष्टिकोण मिल्दोजुल्दो छैन,” राजदूत र मन्त्री भइसकेका उनले भने।

“त्यसकारण भोलिका घटना कसरी जान्छन् भन्न सकिँदैन। पुनः एकीकरणमा जान्छन् वा एउटै पार्टी हुन्छन् भन्ने मलाई लाग्दैन।”

आचार्यको बुझाइमा संविधानसभा सदस्य समेत भइसकेका रोका सहमत छन्।

“एमाले र माओवादीबीच फेरि पार्टी एकीकरण भइहाल्छ भन्ने मलाई लाग्दैन। किनभने अस्ति त्यत्रो ठूलो विभाजन भयो। यहाँहरूबीच राम्रो समझदारी बनाउन सक्ने अवस्था हुँदाहुँदै पनि त्यो भएन,” रोका भन्छन्।

गठबन्धन कति दिगो बन्ला?

राजनीतिक मामिलामा लेख्दै आएका डम्बर खतिवडा विगतका असमझदारी दुवै दलले बिर्सेर अघि बढ्नसक्ने र गठबन्धन लामो समय जानसक्ने सम्भावना नकार्न नसकिने बताउँछन्।

“गत चुनावबाट बनेर फुटेको भन्दा यो अलि दिगो जान सक्छ कि भन्ने मलाई किन लागेको छ भने उनीहरूले तत्कालै एउटा असफलता र अपजसका कारण जनताको तहबाट निन्दा बेहोरिसकेकाले गत निर्वाचनभन्दा यसपालि अलि बढी जिम्मेवार भएर अघि बढ्लान् कि भन्ने अपेक्षा गर्न चाहिँ सकिन्छ,” उनले भने।

संवैधानिक व्यवस्थाका कारण दुई वर्ष सरकार परिवर्तन गर्न अप्ठेरो पर्ने भएकाले त्यस अवधिसम्म दुई दलबीचको सहकार्य बाध्यात्मक जस्तै हुने तर त्यसपछिको अवस्थाबारे यसै भन्न नसकिने रोका बताउँछन्।

एमालेसँगको सहकार्य छोडेर कांग्रेससँग गठबन्धन गरेको माओवादी र एक्लै निर्वाचनमा होमिएको एमाले दुवै हालैको निर्वाचन परिणामबाट सन्तुष्ट नदेखिएका कारण दुवै दलबीचको सहकार्य थप अघि बढ्ने कुरालाई नकार्न पनि नसकिने रोका बताउँछन्।

“एक खालको हण्डर दुवैले भोगिसकेका छन्। यो कुरा नेताहरूले महसुस गरेको भए नयाँ वामपन्थवादको एजेन्डामा उहाँहरू अघि बढ्न पनि सक्ने सम्भावना छ,” उनले थपे।

यद्यपि त्यसका लागि अहिले नै राजनीतिक वातावरण बनिनसकेको रोकाको बुझाइ छ।

“तर कांग्रेस र माओवादीबीच वैचारिक रूपले ठूलो अन्तर थियो। तर माओवादी र एमालेबीच त्यो अन्तर कम हुन्छ,” उनले भने।

आचार्य चाहिँ एमाले र माओवादीको गठबन्धन दिगो नहुने दाबी गर्छन्। एमाले संसदीय प्रणालीको पक्षधर र माओवादी यो प्रणाली नरुचाउने पार्टी भएका कारण कुनै न कुनै समयमा फेरि कांग्रेस र एमाले मिल्न सक्ने आचार्यको बुझाइ छ।

“कांग्रेस र एमालेबीच केही न केही समझदारी हुन आवश्यक छ। नेपालको आन्तरिक समस्या समाधानका लागि पनि, बाह्य सम्बन्ध सञ्चालनका लागि पनि यी दुई  दल मिल्न सक्छन् भन्ने मलाई लाग्छ,” उनले भने।

नेपालको बाह्य सम्बन्ध पनि कतिपय मामिलामा कारक हुनसक्ने उनी ठान्छन्।

ओलीको ‘नेतृत्व’मा प्रचण्ड अडिएलान्?

सात दलको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बने पनि यो गठबन्धनको हर्ताकर्ता ओली नै हुनसक्ने राजनीतिका जानकारहरूको बुझाइ छ।

“यसपालि पदमा प्रचण्ड भए पनि यो सरकारको  “डि फ्याक्टो”(हर्ताकर्ता) प्रधानमन्त्री चाहिँ ओली हुनुहुन्छ जस्तो मलाई लाग्छ,” खतिवडा भन्छन्।

विगतमा दुई नेता र दलबीच देखिएका असमझदारीलाई “बिर्सेर” यी दुई नेता अघि बढ्ने ठम्याइ खतिवडाको छ।निलाम्बर आचार्य पनि यो बुझाइमा सहमत छन्।

“सरकारको नेतृत्व प्रचण्डको भए पनि राजनीतिक नेतृत्व केपी ओलीले गर्ने भए। ओलीको नेतृत्व प्रचण्डले स्वीकार गर्छन् वा गर्दैनन् भन्नेले धेरै कुरा बताउँछ,” उनले भने।

अबको केही समयमै दुई दलबीचको आगामी सहकार्यका प्रारम्भिक सङ्केतहरू देखिनसक्ने उनी ठान्छन्।

यसअघि ओली र प्रचण्डबीच व्यक्तित्वको टकराव देखिएका कारण पनि समस्या भएको कतिपयको बुझाइ छ। यो पटक पनि एक अर्कालाई गरिने व्यवहारमा गठबन्धनको निरन्तरता भर पर्ने उनको दाबी छ।

“एक अर्काबीच गरिने व्यवहारमा गठबन्धनका प्रमुख दुई घटकबीचको आगामी सहयात्रा भर पर्छ जस्तो लाग्छ,” रोकाले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending