Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एमाले र माओवादीको सहकार्य एकतामा परिणत होला ?

वाम विश्लेषक भन्छन् : मौकापरस्त बनेको गठबन्धन हो, स्थिर हुनसक्ने सम्भावना कम छ

खबरडबली संवाददाता

काठमाडौं । दुई ठूला वामपन्थी दलको अगुवाइमा बनेको गठबन्धनले सोमवार नयाँ सरकार गठन गरेपछि नेपालमा फेरि वामपन्थी एकताबारे बहसहरू सुरु भएका छन्।

यी दुई दलबीच नै अघिल्लो संसदीय निर्वाचनमा भएको गठबन्धनले बहुमत ल्याएपछि चुनावलगत्तै पार्टी एकीकरण पनि भयो।

तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको दुई वर्षमै आन्तरिक विवादका कारण फेरि अलग भए।

एमाले र माओवादी अलग भएपछि एकअर्काको दल र तिनको नेतृत्वमाथि नेताहरूले औँल्याएका समस्या समाधान नहुँदै फेरि दुई शक्ति एक ठाउँमा आएपछि यो सहकार्यको अवधिबारे चासो सुरु भएको छ।

यो पटक पनि वामपन्थी दलहरूबीचको गठबन्धन पार्टी एकतातर्फ अघि बढ्ला वा यसअघि जस्तै फेरि अलग होला भन्ने फरकफरक आकलन भइरहेका छन्।

“यो कुनै नीतिगत हिसाबले र न्यूनतम साझा कार्यक्रम तय गरेर बनेको गठबन्धन होइन। त्यसैले मौकापरस्त भन्न पनि सकिन्छ,” वाम विश्लेषक हरि रोका भन्छन्।

“स्थिर हुनसक्ने सम्भावना कम छन्। किनभने मौकापरस्त राजनीति गर्ने भएपछि कसले कसलाई कसरी छेक्ने भन्ने कुरा भइहाल्छ।”

फेरि पार्टी एकीकरण

कुनैबेला वामपन्थी राजनीतिमा सक्रिय भएर पछि कम्युनिस्ट पार्टी छाडेका निलाम्बर आचार्य दुई पार्टीबीच एकता हुनेमा आशङ्का गर्छन्।

“जसरी माओवादी र कांग्रेसको गठबन्धन अप्राकृतिक थियो। सोही स्तरमा नभए पनि एमाले र माओवादीको पनि राजनीतिक, दार्शनिक दृष्टिकोण मिल्दोजुल्दो छैन,” राजदूत र मन्त्री भइसकेका उनले भने।

“त्यसकारण भोलिका घटना कसरी जान्छन् भन्न सकिँदैन। पुनः एकीकरणमा जान्छन् वा एउटै पार्टी हुन्छन् भन्ने मलाई लाग्दैन।”

आचार्यको बुझाइमा संविधानसभा सदस्य समेत भइसकेका रोका सहमत छन्।

“एमाले र माओवादीबीच फेरि पार्टी एकीकरण भइहाल्छ भन्ने मलाई लाग्दैन। किनभने अस्ति त्यत्रो ठूलो विभाजन भयो। यहाँहरूबीच राम्रो समझदारी बनाउन सक्ने अवस्था हुँदाहुँदै पनि त्यो भएन,” रोका भन्छन्।

गठबन्धन कति दिगो बन्ला?

राजनीतिक मामिलामा लेख्दै आएका डम्बर खतिवडा विगतका असमझदारी दुवै दलले बिर्सेर अघि बढ्नसक्ने र गठबन्धन लामो समय जानसक्ने सम्भावना नकार्न नसकिने बताउँछन्।

“गत चुनावबाट बनेर फुटेको भन्दा यो अलि दिगो जान सक्छ कि भन्ने मलाई किन लागेको छ भने उनीहरूले तत्कालै एउटा असफलता र अपजसका कारण जनताको तहबाट निन्दा बेहोरिसकेकाले गत निर्वाचनभन्दा यसपालि अलि बढी जिम्मेवार भएर अघि बढ्लान् कि भन्ने अपेक्षा गर्न चाहिँ सकिन्छ,” उनले भने।

संवैधानिक व्यवस्थाका कारण दुई वर्ष सरकार परिवर्तन गर्न अप्ठेरो पर्ने भएकाले त्यस अवधिसम्म दुई दलबीचको सहकार्य बाध्यात्मक जस्तै हुने तर त्यसपछिको अवस्थाबारे यसै भन्न नसकिने रोका बताउँछन्।

एमालेसँगको सहकार्य छोडेर कांग्रेससँग गठबन्धन गरेको माओवादी र एक्लै निर्वाचनमा होमिएको एमाले दुवै हालैको निर्वाचन परिणामबाट सन्तुष्ट नदेखिएका कारण दुवै दलबीचको सहकार्य थप अघि बढ्ने कुरालाई नकार्न पनि नसकिने रोका बताउँछन्।

“एक खालको हण्डर दुवैले भोगिसकेका छन्। यो कुरा नेताहरूले महसुस गरेको भए नयाँ वामपन्थवादको एजेन्डामा उहाँहरू अघि बढ्न पनि सक्ने सम्भावना छ,” उनले थपे।

यद्यपि त्यसका लागि अहिले नै राजनीतिक वातावरण बनिनसकेको रोकाको बुझाइ छ।

“तर कांग्रेस र माओवादीबीच वैचारिक रूपले ठूलो अन्तर थियो। तर माओवादी र एमालेबीच त्यो अन्तर कम हुन्छ,” उनले भने।

आचार्य चाहिँ एमाले र माओवादीको गठबन्धन दिगो नहुने दाबी गर्छन्। एमाले संसदीय प्रणालीको पक्षधर र माओवादी यो प्रणाली नरुचाउने पार्टी भएका कारण कुनै न कुनै समयमा फेरि कांग्रेस र एमाले मिल्न सक्ने आचार्यको बुझाइ छ।

“कांग्रेस र एमालेबीच केही न केही समझदारी हुन आवश्यक छ। नेपालको आन्तरिक समस्या समाधानका लागि पनि, बाह्य सम्बन्ध सञ्चालनका लागि पनि यी दुई  दल मिल्न सक्छन् भन्ने मलाई लाग्छ,” उनले भने।

नेपालको बाह्य सम्बन्ध पनि कतिपय मामिलामा कारक हुनसक्ने उनी ठान्छन्।

ओलीको ‘नेतृत्व’मा प्रचण्ड अडिएलान्?

सात दलको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बने पनि यो गठबन्धनको हर्ताकर्ता ओली नै हुनसक्ने राजनीतिका जानकारहरूको बुझाइ छ।

“यसपालि पदमा प्रचण्ड भए पनि यो सरकारको  “डि फ्याक्टो”(हर्ताकर्ता) प्रधानमन्त्री चाहिँ ओली हुनुहुन्छ जस्तो मलाई लाग्छ,” खतिवडा भन्छन्।

विगतमा दुई नेता र दलबीच देखिएका असमझदारीलाई “बिर्सेर” यी दुई नेता अघि बढ्ने ठम्याइ खतिवडाको छ।निलाम्बर आचार्य पनि यो बुझाइमा सहमत छन्।

“सरकारको नेतृत्व प्रचण्डको भए पनि राजनीतिक नेतृत्व केपी ओलीले गर्ने भए। ओलीको नेतृत्व प्रचण्डले स्वीकार गर्छन् वा गर्दैनन् भन्नेले धेरै कुरा बताउँछ,” उनले भने।

अबको केही समयमै दुई दलबीचको आगामी सहकार्यका प्रारम्भिक सङ्केतहरू देखिनसक्ने उनी ठान्छन्।

यसअघि ओली र प्रचण्डबीच व्यक्तित्वको टकराव देखिएका कारण पनि समस्या भएको कतिपयको बुझाइ छ। यो पटक पनि एक अर्कालाई गरिने व्यवहारमा गठबन्धनको निरन्तरता भर पर्ने उनको दाबी छ।

“एक अर्काबीच गरिने व्यवहारमा गठबन्धनका प्रमुख दुई घटकबीचको आगामी सहयात्रा भर पर्छ जस्तो लाग्छ,” रोकाले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending