काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चालमा कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त हुँदा सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीको आश्वासनमा देउवा विश्वस्त हुँदा पाँच दलीय गठबन्धन भत्किएको आरोप लगाएका हुन्।
‘प्रचण्डजीलाई प्रधानमन्त्री दिन कुनै पनि हालतमा देउवा तयार हुनुभएन। आइतबार केपी ओलीले नै फोन गरेर कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्नु पनि भनेछन्। देउवाजी मख्ख पर्नुभयो’,नेपालले भने, ‘प्रचण्डजीले गठबन्धन भत्कियो भनेर हिँड्दा पनि देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्थ्यो।’
नेता नेपालले प्रचण्ड बालकोट पुगेपछि देउवाले आफूलाई फोन गरेको बताएका छन्।
‘सहमतिका लागि प्रचण्डजी बालकोट पुगेपछि बालुवाटारबाट मलाई फोन आयो। तर समय घर्किएपछि के हुन्थ्यो र?,’नेपालको भनाइ थियो।
नेपालले प्रचण्ड प्रधानमन्त्री भएको आफूले पत्रपत्रिकाबाट थाहा पाएको बताए ।
‘अस्ति हाम्रो पार्टीको संलग्नता बेगर, हाम्रो पार्टीलाई जानकारी नदिइकन प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए’, बैठकमा नेपालको भनाइ थियो, ‘ पत्रिकाबाट न थाहा भएको हो । फोटो देखेर न थाहा भएको हो हामीलाई ।’
प्रचण्डको व्यवहारबाट आफू दुःखी भएको उनले पार्टी कार्यकर्ताहरुलाई बैठकमा सुनाए । ‘यस सम्बन्धमा मैले टिप्पणी के गरेको छु भने प्रचण्डजीको यो व्यवहारबाट म दुःखी छु, दुुखित छु’, नेपालले भने । उनले आफूहरु कांग्रेस र माओवादी दुवैबाट पीडित भएको समेत गुनासो गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: