Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

खबरडबली संवाददाता

चितवन । यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पारे । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उनले डल्फिन देखेका थिए । गत वर्ष नारायणी नदीको भेलौजी भन्ने स्थानमा समेत डल्फिन फेला पारेका उनी यतिबेला उत्साहित छन् ।

लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेकामा विगतको वर्षदेखि क्रमशः यस क्षेत्रमा डल्फिन फेला पार्दा आफू उत्साहित भएको उनले बताए । “नारायणी नदीमा लामो समयपछि फेरि डल्फिन देखिन थालेको छ, यसले यस क्षेत्रका संरक्षणकर्मीलाई उत्साहित बनाएको छ”, उनले भने । 

नवलपरासी पूर्वनवलपुरको अमलटारीघाटदेखि नारायणी नदीको त्रिवेणीसम्म विभिन्न स्थानमा विभिन्न समयमा डल्फिन देखिन थालेको छ । धेरैजसो नारायणी नदीको अमलटारी घाट र भेलौजी भन्ने स्थानमा डल्फिन देखिने गरेको छ । यी स्थानमा नदीको सतह गहिरो र शान्त रहेकाले डल्फिन यस क्षेत्रमा देखिएको हुनसक्ने संरक्षणकर्मी महतोले बताए ।

लामो समयको अन्तरालपछि क्रमशःस् डल्फिन देखिनु आफैँमा खुसीको कुरा भएको उनले बताए । यस क्षेत्रमा दुई वटा डल्फिन देखिने गरेको महतोले बताए । गत मङ्सिर १४ गते डल्फिनको फोटोसमेत खिच्न भ्याएका थिए ।

संरक्षणकर्मी डिबी चौधरीलेसमेत हालैमात्र नारायणीमा डल्फिन फेला पारेको बताए । पहिला नारायणी नदीमा धेरैजसो डल्फिन देखिने गरेकामा हराउँदै गएकामा फेरि अहिले डल्फिन देखिन थालेको उनको भनाइ छ । त्रिवेणीस्थित नेपाल भारत सीमामा रहेको बाँधका कारण धेरैजसो डल्फिन बाँधबाट तल गएपछि माथि आउन नसक्दा यो क्षेत्रमा डल्फिन देखिन छाडेको उनको भनाइ छ ।

“अमलटारीदेखि त्रिवेणीसम्म डल्फिनका लागि राम्रो वातावरण छ, पानीको गहिराइ, आहाराका लागि माछा सबै छ तर डल्फिन तलमाथि नदीमा डुलिरहन्छ, त्रिवेणीमा रहेको ब्यारेजका कारण डल्फिन एकपटक तल गएपछि फर्किन मुस्किल हुन्छ”, उनले भने “पहिला धेरै देखिने ठाउँ हो पछि विस्तारै हराउँदै गयो, विगतको वर्षयता देखिन थालेको छ, यो खुसीको कुरा हो ।”

नारायणी नदीमा डल्फिन देखिनु पर्यटकीय दृष्टिकोणलेसमेत फाइदाजनक भएको उनको भनाइ छ । नदीमा डल्फिन देखिँदा आन्तरिक तथा बाह्य पर्यटक डल्फिन हेर्नकै लागि आउने हुँदा यसले पर्यटकीय गतिविधिलाई बढाउने संरक्षणकर्मी चौधरीले बताए । “यस क्षेत्रमा डल्फिन हेर्न पाइन्छ भनेर आउने पर्यटक बढ्छन्, यो पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम बन्नसक्छ, जसले गर्दा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धन हुन्छ”, उनले भने । 

डल्फिन एक स्तनधारी जलचर जीव हो । नेपालको नारायणी नदीसहितका विभिन्न नदीमा डल्फिन देखिए पनि संरक्षणमा ठोस पहल भने नभएको संरक्षणकर्मी चौधरीले बताए । नारायणी नदीमा डल्फिन देखिएपछि यसको संरक्षणमा काम गर्न आवश्यक रहेको उनको भनाइ छ । नदीमा हुने प्रदूषण नियन्त्रण, डल्फिन रहेको क्षेत्रमा त्यसलाई अवरोध हुने गतिविधि नियन्त्रण, तिहारी जालबाट माछा मार्न नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । 

“नदीमा प्रदूषण बढ्दो छ, यसको नियन्त्रण गर्ने, तिहारी जाल थापेर, करेन्ट लगाएर माछा मार्ने काम रोक्नेलगायतका काम गरे डल्फिन जोगाउन सकिन्छ”, उनले भने, “यसबाहेक वरपरका समुदायलाई समेत यसको महत्व बुझाएर संरक्षणमा लगाउन आवश्यक छ ।”

नारायणी नदीमा नियमित रुपमा डल्फिन देखिँदा यसलाई हेर्न पर्यटकको आगमन बढ्ने र यसले जिल्लामा पर्यटनका माध्यमबाट आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानाले बताए । “हाम्रा लागि पनि खुसीको कुरा हो, डल्फिन हेर्नकै लागि पर्यटक आए, यसले आर्थिक क्रियाकलाप बढाउँछ, पर्यटनलाई जीविकोपार्जनको माध्यम बनाउनेका लागि थप लाभ मिल्नेछ”, उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवास पुगे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहर राष्ट्रपति निवास शीतल ...

फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक

काठमाडौँ । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक  टिजरले फिल्मको कथावस्तुबारे प्रकाश ...

जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर

जनकपुरधाम । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यि दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक ...

सहकारी ठगमाथि कारबाही र बचत फिर्ता सँगसँगै हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथिको कारबाही र बचत फिर्ताको काम सँगसँगै हुने बताएको छन् ।बुधबार सिंहदरबारबाट  सरकारको सय दिनको उपल...

रवीका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारे- कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र स...

यस्ता छन् प्रधानमन्त्रीको १०० दिने उपलब्धि (सम्बोधनको पुर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ...

सरकार ढल्ने दिवा सपना नदेख्नु- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदे...

चार लाख नगदसहित २० जुवाडे पक्राउ

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका–६ स्थित सञ्जय र...

सहकारी ठगी गर्नेहरुमाथि कानुनी कारवाही सुरु भयो- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।  सिंहदरबाबाट सम्बोधनमार्फत स...

नेप्सेमा २० अंकको गिरावट, ६ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ । आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy