मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएको छन् । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएको हो ।
नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यबाट नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिने प्रावधान रहेको छ । न्यौपानेले बिहीबार प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको सपथ लिएको थिए ।
एक सय सात सदस्यीय प्रदेशसभा समस्यमध्ये एकसय छ जनाले पद तथा गोपनीयताको शपथ लिनुपर्नेमा दुई जनाविरुद्ध क्लस्टरको विवादमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण आज एकसय चार जनाले मात्रै शपथग्रहण गरे । क्लष्टरको विवादपछि परेको मुद्दामा सर्वोच्च अदालतबाट तत्काल शपथग्रहण नगराउन आदेश भएकाले माओवादी केन्द्रका तर्फबाट समानुपातिक सांसद मो।रजी हैदर र माला कर्णलाई हाल शपथग्रहण नगराइएको प्रदेशसभा सविच रञ्जितकुमार यादवले जानकारी दिए ।
दश वटा दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा)का १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ–नौ, एकीकृत समाजवादीका तर्फबाट सात सांसद रहेका छन् । त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् भने प्रदेशसभामा पाँचजना स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।
सांसदले विभिन्न आठ भाषामा पद तथा गोपनीयताको सपथ प्रहण गरेको थिए । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा सपथग्रहण गर्ने पनि सविच यादवले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: