कञ्चनपुर । हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले सात राउण्ड गोली र एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताए।
उनकाअनुसार पक्राउ पर्ने नेपालमा आएर दिनमा गाउँघरमा साइकलमा विभिन्न सामान बिक्री गर्ने र गाउँघरको अवस्था बुझी राति समूह बनाएर लुटपाट गर्न आउने गरेको खुलेको छ।
सीमा नाकास्थित विभिन्न गाउँमा राति हतियार देखाएर लुटपाट गर्ने घटना बढेपछि प्रहरीले सीमा नाकामा गस्ती बढाएको थियो।
सोही गस्तीको बेला गत शुक्रबार राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
‘पुस १६ गते बैलौरीको बैसाखा नाकामा गस्तीमा रहेको प्रहरी टोलीले तीन भारतीय नागरिकलाई रोकेर खानतलासी गर्न खोज्दा तीनै जना भागेर नजिकैको उखुबारीमा पसे। प्रहरीले तत्कालै राजु ईन्द्रसीलाई नियन्त्रण लिएर उनको साथबाट चार राउण्ड ठूलो गोली, दुई राउण्ड सानो गोली र एक थान लोड गरिएको कटुवा पेस्तोल बरामद गरेको हो,’ उनले भने।
पछि अन्य दुईजना उखुबारीबाट पक्राउ परेका हुन्।
उनकाअनुसार उखुबारीमा लुकेर बसेका अन्य दुईजनालाई स्थानीयको सहयोगमा करिब सात घण्टापछि नियन्त्रणमा लिइएको थियो।
प्रहरीले पक्राउ गरेकामध्ये राजु ईन्द्रसी लखिमपुरमा मोटरसाइकल चोरीको आरोपमा लखनौ जेलबाट आठ महिना कैद भुक्तान गरेर २० हजार जरिवानामा गत साता मात्रै छुटेका थिए।
‘लुटपाटमा संलग्न अन्य दुई फरार छन्। उनीहरूको भारतीय प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको छ। दिनमा व्यापार गर्न नेपाल आउने र यहाँका अवस्था बुझेर राति समूहमा लुट्न आउने गरेको भेटिएको हो,’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: