Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

६० सन्तानका बाबु मोहम्मद जो थप बच्चाका लागि श्रीमती खोज्दैछन्

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६० औँ सन्तान जन्मेको दाबी गरेका छन्।

बीबीसीसँग कुरा गर्दै उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै भाषामा उनीहरू “अल्लाहको प्रिय भएका र ५५ जना जीवित र स्वस्थ रहेको बताए।

यति धेरै सन्तान जन्माइसकेका उनले अझै पनि आफू बच्चा जन्माउन नछाड्ने बताए। उनका भनाइमा “अल्लाहको इच्छा भयो भने” उनी अझै धेरै सन्तान जन्माउनेछन्।

थप बच्चा जन्माउनका लागि उनले चौथो विवाह गर्ने योजना पनि बनाएका छन्। सरदार जान मोहम्मद खानले आफूले चौथो पटक बिहे गर्न चाहेको र त्यसका लागि महिलाको खोजीमा रहेको बताए।

पाकिस्तानमा मुस्लिम पुरुषले बहुविवाह गर्न पाउँछन्। तर अर्को विवाह गर्न चाहने पुरुषले पत्नीको अनुमति लिनुपर्छ। अनि पुरुषले एक पटकमा चारवटी पत्नी मात्र राख्न पाउँछन्।

सरदार जान मोहम्मद खानले भने, 'मैले मेरा सबै साथीहरूलाई मेरो चौथो विवाहका लागि केटी खोज्न मद्दत गर्न आग्रह गरेको छु। उमेर ढल्किँदै छ, त्यसैले चौथो बिहे छिट्टै होस्।'

उनले मात्र धेरै सन्तान जन्माउने इच्छा राखेका होइनन्, उनका श्रीमतीहरूको चाहना पनि त्यस्तै भएको उनको भनाइ छ। किनभने घरमा छोराको भन्दा छोरीको सङ्ख्या धेरै छ।

जान मोहम्मद खानले आफ्ना केही छोराछोरी २० वर्षभन्दा बढी उमेरका भए पनि उनीहरू 
पढिरहेकाले कसैको पनि विवाह नभएको बताए।

को हुन् खान ?

पचास वर्षीय सरदार जान मोहम्मद खान क्वेटा सहरको पूर्वी बाइपासनजिकै बस्छन्। उनी खालजी समुदायका हुन्।

उनी डाक्टर हुन् र उनको त्यही क्षेत्रमा क्लिनिक छ। उनले आफ्नो ६०औँ सन्तानका रूपमा आइतवार छोरा जन्मिएको बताए।

उनले ती बालकको नाम खुशहाल खान राखेका छन्। उनले भने, 'मैले खुशहाल खानको जन्म हुनुभन्दा पहिले उनकी आमालाई उमराह हजजस्तै तीर्थयात्रा का लागि लिएर गएको थिएँ, त्यसैले म उनलाई हाजी खुशहाल खान भन्छु।'

त्यति धेरै सन्तानको नाम याद छ त भनी सोध्दा उनले चर्को स्वरले हाँस्दै भने, “किन नहुनु?”

सन् २०५० सम्ममा विश्वको कुल जनसङ्ख्या वृद्धिमा ५० प्रतिशत योगदान दिने विश्वका आठ देशमध्ये पाकिस्तान पनि हुनेछ।

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् १९६० देखि विश्वभरि जनसङ्ख्या वृद्धिदर घट्दै गएको र सन् २०२० मा यो दर १ प्रतिशतभन्दा कम थियो भने पाकिस्तानमा १।९ प्रतिशत थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending