काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६० औँ सन्तान जन्मेको दाबी गरेका छन्।
बीबीसीसँग कुरा गर्दै उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै भाषामा उनीहरू “अल्लाहको प्रिय भएका र ५५ जना जीवित र स्वस्थ रहेको बताए।
यति धेरै सन्तान जन्माइसकेका उनले अझै पनि आफू बच्चा जन्माउन नछाड्ने बताए। उनका भनाइमा “अल्लाहको इच्छा भयो भने” उनी अझै धेरै सन्तान जन्माउनेछन्।
थप बच्चा जन्माउनका लागि उनले चौथो विवाह गर्ने योजना पनि बनाएका छन्। सरदार जान मोहम्मद खानले आफूले चौथो पटक बिहे गर्न चाहेको र त्यसका लागि महिलाको खोजीमा रहेको बताए।
पाकिस्तानमा मुस्लिम पुरुषले बहुविवाह गर्न पाउँछन्। तर अर्को विवाह गर्न चाहने पुरुषले पत्नीको अनुमति लिनुपर्छ। अनि पुरुषले एक पटकमा चारवटी पत्नी मात्र राख्न पाउँछन्।
सरदार जान मोहम्मद खानले भने, 'मैले मेरा सबै साथीहरूलाई मेरो चौथो विवाहका लागि केटी खोज्न मद्दत गर्न आग्रह गरेको छु। उमेर ढल्किँदै छ, त्यसैले चौथो बिहे छिट्टै होस्।'
उनले मात्र धेरै सन्तान जन्माउने इच्छा राखेका होइनन्, उनका श्रीमतीहरूको चाहना पनि त्यस्तै भएको उनको भनाइ छ। किनभने घरमा छोराको भन्दा छोरीको सङ्ख्या धेरै छ।
जान मोहम्मद खानले आफ्ना केही छोराछोरी २० वर्षभन्दा बढी उमेरका भए पनि उनीहरू
पढिरहेकाले कसैको पनि विवाह नभएको बताए।
को हुन् खान ?
पचास वर्षीय सरदार जान मोहम्मद खान क्वेटा सहरको पूर्वी बाइपासनजिकै बस्छन्। उनी खालजी समुदायका हुन्।
उनी डाक्टर हुन् र उनको त्यही क्षेत्रमा क्लिनिक छ। उनले आफ्नो ६०औँ सन्तानका रूपमा आइतवार छोरा जन्मिएको बताए।
उनले ती बालकको नाम खुशहाल खान राखेका छन्। उनले भने, 'मैले खुशहाल खानको जन्म हुनुभन्दा पहिले उनकी आमालाई उमराह हजजस्तै तीर्थयात्रा का लागि लिएर गएको थिएँ, त्यसैले म उनलाई हाजी खुशहाल खान भन्छु।'
त्यति धेरै सन्तानको नाम याद छ त भनी सोध्दा उनले चर्को स्वरले हाँस्दै भने, “किन नहुनु?”
सन् २०५० सम्ममा विश्वको कुल जनसङ्ख्या वृद्धिमा ५० प्रतिशत योगदान दिने विश्वका आठ देशमध्ये पाकिस्तान पनि हुनेछ।
संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् १९६० देखि विश्वभरि जनसङ्ख्या वृद्धिदर घट्दै गएको र सन् २०२० मा यो दर १ प्रतिशतभन्दा कम थियो भने पाकिस्तानमा १।९ प्रतिशत थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: