Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षण

खबरडबली संवाददाता

कैलाली । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

भारत, चीनलगायत छिमेकीमुलुकमा कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोनको सङ्क्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

“छिमेकी मुलुकमा नयाँ खालको भेरिएण्ट फैलिएसँगै हामीले पनि सङ्क्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौँ”, जोशीले भने, “नयाँ भेरिएण्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ ।” 

उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए । “सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोरोनाको पहिलो कहरबाटै खटिएको छ”, उनले भने, “नयाँ सङ्क्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ ।”

मुलुकमै कोरोना खोप अभाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ । “बुष्टर डोज ६÷६ महिनामा लगाउनुपर्छ”, जोशीले भने, “पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभाव रहे पनि चाँडै आउनेछ ।” 

त्यसैगरी कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा महामारीका बेला आश्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन् । “खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ”, उनले भने, “त्यसका साथै नागरिक पनि महामारीबाट बच्न स्वयम् पनि सचेत हुनुपर्छ ।”

कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म छ सय ३५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । यहाँ छ लाख १९ हजार तीन सय ७३ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो समय यहाँ कोरोना सङ्क्रमण देखिएको छैन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending