काठमाडौं । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।
कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् । संविधानको धारा १६८ (२) बमोजिम २ वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुंगले आजसम्मको सीमा दिएका थिए ।
सीमा दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने एमालेले बताएको छ । मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्ताबेज तयार भइसकेको एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिए।
माओवादी औपचारिक निर्णय हुन बाँकी रहेपनि प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको जनाएको छ । ९३ सदस्यीय प्रदेशसभामध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गर्ने एमालेको तयारी छ ।
एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० संसद् छन् । सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८१ - ०९:४६
काठमाडौं । पार्टी विभाजन भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज स्वदेश फर्कँदै छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत र...
बैशाख २४ गते, २०८१ - ०९:३५
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बिचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । ...
बैशाख २४ गते, २०८१ - ०९:२९
पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला स...
बैशाख २४ गते, २०८१ - ०८:४२
झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ’, खनालले भने, ‘पह...
बैशाख २४ गते, २०८१ - ०८:३०
काठमाडौं । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ। बागमती प्रदेश सरकारले बनाएको प्...
बैशाख २४ गते, २०८१ - ०८:१५
नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेप...
बैशाख २४ गते, २०८१ - ०८:१२
काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार...
बैशाख २४ गते, २०८१ - ०८:०७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रवक्ता मनिष सुमनले पार्टी विभाजन नभएको र केहि साथी चोइटिएर गएको बताएका छन् ।उनले फुटेर गएकाहरु आफ्नै राजनीतिक...
बैशाख २४ गते, २०८१ - ०७:५३
कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क...
बैशाख २४ गते, २०८१ - ०७:४९
सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । यही वैशाख १९ गते परेको चट्याङले भोटखोला–२ र ४ क...
प्रतिकृया लेख्नुहोस्: