Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

भक्तपुर जिल्ला प्रशासनमा टाइम कार्ड, १५ मिनेटमै सेवा

खबरडबली संवाददाता

भक्तपुर । तपाइँ जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ ? जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिनका लागि अब १५ देखि ४५ मिनेटभन्दा बढी समय नलाग्ने भएको छ । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरका सेवाग्राहीलाई प्रशासनले प्रदान गर्ने कुनै पनि सेवा लिन झन्झट व्यहोर्नु नपरोस्, छिटोछरितो रुपमा सेवा प्रदान गर्न सकियोस्, सेवाग्राहीले सहज र समयको बचत भएको महसुस गरून् भन्ने उद्देश्यले जिल्ला प्रशासनका टाइम कार्ड अर्थात् समय तालिका लागू गरेकी छन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्, “सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न टाइम कार्ड लागू गरेका हौँ, गत शुक्रबारदेखि यसको शुभारम्भ गरे पनि आजदेखि यसको प्रभावकारी कार्यान्वयनमा ल्याएका छौँ, अब जिल्ला प्रशासनले प्रवाह गर्ने सेवामा सेवाग्राहीको गुनासो नरहने गरी प्रत्येक सेवालाई मिनेट नै तोकेर सेवा प्रवाह गर्न थालेका छौँ ।”

उनका अनुसार नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५ मिनेटभित्रै नागरिकता उपलब्ध गराउने, संस्था नवीकरणका लागि ३० मिनेट, जनजाति, दलित, मधेसीलगायत सिफारिसका लागि १५ मिनेट, राहदानीको इनरोलमेन्टका लागि ३० मिनेट, राहदानी वितरणका लागि १५ मिनेटको समय तोकिएको छ ।

त्यस्तै राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि ३० मिनेट, राष्ट्रिय परिचयपत्र वितरणका लागि १५ मिनेट,  मुद्दा पेसी र तारिखका लागि १५ मिनेट, नाबालक प्रमाणपत्रका लागि ४५ मिनेट, पेन्सन सिफारिसका लागि १ घण्टा, हातहतियार नवीकरणका लागि ३० मिनेटमा सेवाग्राहीलाई सेवा उपलब्ध गराइसक्ने गरी टाइम कार्ड निर्धारण गरिएको छ ।  मुद्दा फैसला बढीमा ६० दिनभित्र गरी सक्ने गरी समय निर्धारण गरिएको छ । 

प्रजिअ शर्माले सेवा प्रवाहलाई थप विश्वासिलो र प्रभावकारी बनाउन टाइम कार्ड लागू गरिएको बताउँदै छिटो र छरितो सेवा प्रवाहका लागि कर्मचारी व्यवस्थापन सोही अनुरुप गरिएको बताइन् । सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको र गुनासो आएमा तत्कालै सुनुवाइ गरिने पनि बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जिल्लाको प्रमुख सरकारी कार्यालयमै ढिलासुस्ती भएको गुनासो नआओस् र जनताले सहज सेवाको अनुभूति गर्दै राज्यको उपस्थितिको महसुस गरून् भनेर पहिलो पटक प्रशासने टाइम कार्ड लागू गरिएको बताए । उनले सबैले देख्ने गरी कार्यालयमा टाइम कार्ड लागू गरिएको बोर्डसमेत राखिएको बताए । टाइम कार्ड लागू भएपछि यसले कर्मचारीलाई समेत थप जिम्मेवारी बनाएको बताउँदै उनले समय व्यवस्थापनको दृष्टिले पनि यो सेवाप्रवाहका लागि वैज्ञानिक भएको बताए ।

आवश्यक कागजपत्र पूरा नभएका सेवाग्राहीलाई आवश्यक कागजपत्र के के चाहिन्छ, जानकारी गराएर फर्काइने र कागजजात पूरा भएका सेवाग्राहीले तोकिएको समय भित्रै सेवा पाउने सुनिश्चितता प्रशासनले गरेको छ । त्यसबाहेक अपाङ्गता भएका, अशक्त, ज्येष्ठ नागरिक, दूधे बच्चा बोकेको महिला लगायतलाई टाइम कार्डभन्दा पनि प्राथमिकतामा राखेर पहिलो सेवा प्रवाह गरिने भएको छ । कार्यालयमा आउन नसक्ने अशक्त, अपाङ्गता भएका नागरिकका लागि भने प्रशासनले घरमै पुगेर सेवा प्रवाह गर्दै आइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लाका अन्य सरकारी कार्यालयले पनि टाइम कार्ड लागू गरेर सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्ने सेवाग्राहीको माग छ । सेवा लिन पुग्नुभएका भक्तपुरका युवराज घिमिरेले भने, “प्रशासनको यो काम साहै्र सराहनीय छ, बल्ल देशमा सरकार भएको अनुभूति भयो, अब अरू सरकारी कार्यालयले पनि यस्तै व्यवस्था गर्नुपर्यो । मालपोतदेखि यातायात कार्यालयमा दिनै माया मारेर घण्टौँ लाइन बसेर सेवा लिनुपर्ने व्यवस्थाको अन्त्य गरेर टाइम कार्ड लागू गर्न सके आम जनताले सरकार भएको अनुभूति गर्न सक्छन् ।”

सेवा लिन प्रशासन आउने अधिकांश सेवाग्राहीले प्रशासनको टाइम कार्ड एकदमै राम्रो र सहज भएको भन्दै सबै कार्यालयमा यस्तो व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुपर्ने बताएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेल भन्छन्- मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको हो

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बता...

सुहाङको विजय र्‍यालीमा सहभागी हुन ओली इलाम जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।  इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभाग...

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक  वैशाख २० मा आह्वान गरिएको छ ।  प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० ग...

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

वासिङ्टन डीसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउ...

इलाममा राप्रपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।  आज बिहान निर्वाचन आयोगले सार्वजनिक ग...

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल त...

सुहाङलाई बधाई दिँदै ओलीले भने- युवालाई अझ अगाडि बढाउँदै जानेछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । उनले अध्यक्ष ...

झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा नेकपा एसको जमानत जफत, कसले कति मत ल्याए ?

काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवारको जमानत जफत भएको छ। राईले ४०८ मत मात्रै ल्याए।  इलाम नेकपा ए...

यी हुन् लगानी सम्मेलनमा भएका महत्वपूर्ण सम्झौता

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर...

इलाममा घण्टीको जमानत जफत

इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत भएको छ।  उम्मेदवार लिम्बूले ५ हजार ५० भोटमात्र ल्याए । प...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies