Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

भक्तपुर जिल्ला प्रशासनमा टाइम कार्ड, १५ मिनेटमै सेवा

खबरडबली संवाददाता

भक्तपुर । तपाइँ जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ ? जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिनका लागि अब १५ देखि ४५ मिनेटभन्दा बढी समय नलाग्ने भएको छ । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरका सेवाग्राहीलाई प्रशासनले प्रदान गर्ने कुनै पनि सेवा लिन झन्झट व्यहोर्नु नपरोस्, छिटोछरितो रुपमा सेवा प्रदान गर्न सकियोस्, सेवाग्राहीले सहज र समयको बचत भएको महसुस गरून् भन्ने उद्देश्यले जिल्ला प्रशासनका टाइम कार्ड अर्थात् समय तालिका लागू गरेकी छन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्, “सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न टाइम कार्ड लागू गरेका हौँ, गत शुक्रबारदेखि यसको शुभारम्भ गरे पनि आजदेखि यसको प्रभावकारी कार्यान्वयनमा ल्याएका छौँ, अब जिल्ला प्रशासनले प्रवाह गर्ने सेवामा सेवाग्राहीको गुनासो नरहने गरी प्रत्येक सेवालाई मिनेट नै तोकेर सेवा प्रवाह गर्न थालेका छौँ ।”

उनका अनुसार नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५ मिनेटभित्रै नागरिकता उपलब्ध गराउने, संस्था नवीकरणका लागि ३० मिनेट, जनजाति, दलित, मधेसीलगायत सिफारिसका लागि १५ मिनेट, राहदानीको इनरोलमेन्टका लागि ३० मिनेट, राहदानी वितरणका लागि १५ मिनेटको समय तोकिएको छ ।

त्यस्तै राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि ३० मिनेट, राष्ट्रिय परिचयपत्र वितरणका लागि १५ मिनेट,  मुद्दा पेसी र तारिखका लागि १५ मिनेट, नाबालक प्रमाणपत्रका लागि ४५ मिनेट, पेन्सन सिफारिसका लागि १ घण्टा, हातहतियार नवीकरणका लागि ३० मिनेटमा सेवाग्राहीलाई सेवा उपलब्ध गराइसक्ने गरी टाइम कार्ड निर्धारण गरिएको छ ।  मुद्दा फैसला बढीमा ६० दिनभित्र गरी सक्ने गरी समय निर्धारण गरिएको छ । 

प्रजिअ शर्माले सेवा प्रवाहलाई थप विश्वासिलो र प्रभावकारी बनाउन टाइम कार्ड लागू गरिएको बताउँदै छिटो र छरितो सेवा प्रवाहका लागि कर्मचारी व्यवस्थापन सोही अनुरुप गरिएको बताइन् । सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको र गुनासो आएमा तत्कालै सुनुवाइ गरिने पनि बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जिल्लाको प्रमुख सरकारी कार्यालयमै ढिलासुस्ती भएको गुनासो नआओस् र जनताले सहज सेवाको अनुभूति गर्दै राज्यको उपस्थितिको महसुस गरून् भनेर पहिलो पटक प्रशासने टाइम कार्ड लागू गरिएको बताए । उनले सबैले देख्ने गरी कार्यालयमा टाइम कार्ड लागू गरिएको बोर्डसमेत राखिएको बताए । टाइम कार्ड लागू भएपछि यसले कर्मचारीलाई समेत थप जिम्मेवारी बनाएको बताउँदै उनले समय व्यवस्थापनको दृष्टिले पनि यो सेवाप्रवाहका लागि वैज्ञानिक भएको बताए ।

आवश्यक कागजपत्र पूरा नभएका सेवाग्राहीलाई आवश्यक कागजपत्र के के चाहिन्छ, जानकारी गराएर फर्काइने र कागजजात पूरा भएका सेवाग्राहीले तोकिएको समय भित्रै सेवा पाउने सुनिश्चितता प्रशासनले गरेको छ । त्यसबाहेक अपाङ्गता भएका, अशक्त, ज्येष्ठ नागरिक, दूधे बच्चा बोकेको महिला लगायतलाई टाइम कार्डभन्दा पनि प्राथमिकतामा राखेर पहिलो सेवा प्रवाह गरिने भएको छ । कार्यालयमा आउन नसक्ने अशक्त, अपाङ्गता भएका नागरिकका लागि भने प्रशासनले घरमै पुगेर सेवा प्रवाह गर्दै आइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लाका अन्य सरकारी कार्यालयले पनि टाइम कार्ड लागू गरेर सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्ने सेवाग्राहीको माग छ । सेवा लिन पुग्नुभएका भक्तपुरका युवराज घिमिरेले भने, “प्रशासनको यो काम साहै्र सराहनीय छ, बल्ल देशमा सरकार भएको अनुभूति भयो, अब अरू सरकारी कार्यालयले पनि यस्तै व्यवस्था गर्नुपर्यो । मालपोतदेखि यातायात कार्यालयमा दिनै माया मारेर घण्टौँ लाइन बसेर सेवा लिनुपर्ने व्यवस्थाको अन्त्य गरेर टाइम कार्ड लागू गर्न सके आम जनताले सरकार भएको अनुभूति गर्न सक्छन् ।”

सेवा लिन प्रशासन आउने अधिकांश सेवाग्राहीले प्रशासनको टाइम कार्ड एकदमै राम्रो र सहज भएको भन्दै सबै कार्यालयमा यस्तो व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुपर्ने बताएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending