Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग गर्दै नेपाल रेडक्रस

खबरडबली संवाददाता

डोटी । डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३  गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको  ६ दशमलव ६ म्याग्नेच्युडको  भूकम्पबाट सो गाउँका  ६ जनाको अकालमा मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।  

साथै डोटीसहित भूकम्पबाट अछाम र बझाङ पनि प्रभावित बनेको थियो । ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा  क्षतिको विस्तृत आङ्कलन जारी रहेको जनाइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ ९आइएफआरसी०को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावितलाई ती तीन जिल्लामा अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालेको हो । सोसाइटीका अनुसार ती तीन जिल्लाका भूकम्प अतिप्रभावित  तीन सय लाभग्राहीलाई नगद सहयोग थालिएको हो । 

सोसाइटीले भूकम्प प्रभावित सङ्कटासन्न परिवारको  स्वास्थ्यलाई ख्याल गर्दै चार हजार चार सय त्रिपाल, दुई हजार दुई सय कम्मल, पाँच सय मर्यादा किट वितरणलाई तीव्रता दिएको छ । एक हप्ताभित्र ती सामग्री वितरण भइसक्ने संस्थाले जनाएको छ । स्थानीय पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा लाभग्राही छनोट भएका सोसाइटीले जनाएको छ ।  

भूकम्प अति प्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ७३ हजार ६ सय, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १० हजार गरी रु ९८ हजार ६ सय प्रदान गर्न थालिएको सोसाइटीले जनाएको छ । 

सोसाइटीका अनुसार भूकम्पबाट सबैभन्दा बढी डोटीका दुई सय, अछामका ५० र बझाङका ५० परिवारलाई उनीहरुकै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।  सोसाइटीले ती तीनसय अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित रु १५ हजार सहयोग गर्ने नीति लिएको छ । यसमा डोटीका दुई सय, अछामका एक सय  र बझाङका एक सय लाभग्राही पहिचान गरिएको छ । स्थानीय पालिकाको सिफारिस र समन्वयमा लाभग्राही पहिचान गरी उनीहरुकै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । 

सबैभन्दा बढी क्षति पूर्वीचौकीमा 

भूकम्पबाट सबैभन्दा धेरै क्षति  भएको डोटीको पूर्वीचौकी गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन  भइरहेको छ । त्यहाँ ९० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा आठ सय २४ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ  । 
क्रमशः जिल्लाका सबै पालिकामा सर्वेक्षण गरिनेछ । पूर्वीचौकी गाउँपालिकाका  उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्पबाट  आवास गुमाएकाहरुलाई नेपाल रेडक्रसको सहयोगमा अस्थायी आवास निर्माण सुरु भएको जानकारी दिनुभयो । सर्वेक्षणमा स्थानीय तहमा कार्यरत प्राविधिक र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका विज्ञ इञ्जिनियर संलग्न छन् ।

भूकम्पबाट डोटीका नौ स्थानीय तहका  पाँच सय ४१  निजी आवास पूर्ण रुपमा क्षति भएका, चार हजार एक सय ४६ घरहरुमा आंशिक क्षति पुगेको, ४७ विद्यालय, नौ स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार सांस्कृतिक सम्पदामा   क्षति पुगेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । आइएफआरसीले संकटासन्न समुदायको उत्थानशीलताका लागि निरन्तर मानवीय सहयोग जारी रहने जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending