Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पुटिनले युक्रेनमा रुसी सेनाका कमाण्डर किन परिवर्तन गरे ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डरलाई जिम्मेवारी सम्हालेको तीन महिनामै हटाएका छन्।

चीफ अफ जेनरल स्टाफ भलेरी गुरासिमफले अब पुटिनले भन्ने गरेको "विशेष सैन्य कारबाही"को नेतृत्व गर्नेछन्।

उनले पछिल्ला दिनमा युक्रेनका ऊर्जा पूर्वाधारमा निर्दयी हमलाहरूका नेतृत्व गर्ने सर्गेई सुरोभिकिनलाई विस्थापित गरेका छन्।

रुसीहरूले पछिल्ला महिनामा युक्रेनमा शृङ्खलाबद्ध क्षतिहरू बेहोरेका थिए। तर हालैका दिनमा पूर्वी युक्रेनमा प्रगति हासिल गरिरहेको दाबी गरिरहँदा सैन्य नेतृत्वमा यस्तो परिवर्तन देखा परेको हो।

यसअघिका कमाण्डर 

रुसले २४ फेब्रुअरीमा युक्रेनमा अतिक्रमण सुरु गरेको थियो।

सन् २०१२ यता उक्त पदमा रहेका जेनरल गुरासिमफ सोभियत सङ्घको समयपछि सबैभन्दा लामो समय रुसका चीफ अफ जेनरल स्टाफ हुने व्यक्ति हुन्।

हाल उनका सहायक रहेका जेनरल सुरोभिकिन उनका यसअघिका युद्धका निर्मम शैलीका लागि चिनिन्छन्। जो सिरियामा रुसी अपरेसनमा र खासगरी अलेपोमा भएको भारी बमबारीका लागि जिम्मेवार थिए।  

अक्टोबरमा उनले युक्रेनमा ‘सैन्य कारबाही’को जिम्मेवारी लिएपछि रुसले त्यहाँ ऊर्जा पूर्वाधार ध्वस्त पार्ने काम अभियानकै रूपमा सञ्चालन गरेको थियो।

दशौँलाख युक्रेनी नागरिकहरूले त्यसका कारण मध्य जाडोमा लामो समय बिजुली र पानीको आपूर्तिको अभाव झेलेका थिए।

उनकै नेतृत्वका बेला युक्रेनको दक्षिण सहर खेअर्सनबाट रुस पछाडि हटेको थियो जसलाई युक्रेनीहरूले आफ्नो एउटा मुख्य सफलता बताउने गरेका छन्।

कमाण्डर फेरिनुका कारण

रुसको रक्षा मन्त्रालयले जेनरल सुरोभिकिनलाई विस्थापित गर्ने काम "रुसी फौजका विभिन्न अङ्गहरूबिच निकट सम्बन्ध बनाउन र रुसी फौजको गुणस्तर र प्रभावकारितालाई व्यवस्थापन गर्नु" रहेको जनाएको छ।

तर कतिपयले उनले धेरै शक्ति सञ्चय गरिरहेको हुनसक्ने आकलनका बीच यस निर्णय लिइएको ठान्छन्।

"युक्रेनमा एकीकृत कमाण्डरका रूपमा सुरोभिकिन निकै शक्तिशाली बनिरहेका थिए र उनले पुटिनसँग कुरा गर्दा [रुसी रक्षामन्त्री सर्गेई] शोइगु र गुरासिमफलाई छल्न सक्ने सम्भावना थियो, "  सैन्य विश्लेषक रब लीले ट्विटरमा लेखेका छन्।

केही हकी स्वभावका रुसी ब्लगरहरू छन् जसले युद्धको समर्थन गरे तापनि त्यसको सञ्चालनका विषयमा रुसी सैनिक नेतृत्वको आलोचना गर्छन्। उनीहरूको आलोचनामा जेनरल गुरासिमफ समेत छुट्दैनन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending