Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

पुटिनले युक्रेनमा रुसी सेनाका कमाण्डर किन परिवर्तन गरे ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डरलाई जिम्मेवारी सम्हालेको तीन महिनामै हटाएका छन्।

चीफ अफ जेनरल स्टाफ भलेरी गुरासिमफले अब पुटिनले भन्ने गरेको "विशेष सैन्य कारबाही"को नेतृत्व गर्नेछन्।

उनले पछिल्ला दिनमा युक्रेनका ऊर्जा पूर्वाधारमा निर्दयी हमलाहरूका नेतृत्व गर्ने सर्गेई सुरोभिकिनलाई विस्थापित गरेका छन्।

रुसीहरूले पछिल्ला महिनामा युक्रेनमा शृङ्खलाबद्ध क्षतिहरू बेहोरेका थिए। तर हालैका दिनमा पूर्वी युक्रेनमा प्रगति हासिल गरिरहेको दाबी गरिरहँदा सैन्य नेतृत्वमा यस्तो परिवर्तन देखा परेको हो।

यसअघिका कमाण्डर 

रुसले २४ फेब्रुअरीमा युक्रेनमा अतिक्रमण सुरु गरेको थियो।

सन् २०१२ यता उक्त पदमा रहेका जेनरल गुरासिमफ सोभियत सङ्घको समयपछि सबैभन्दा लामो समय रुसका चीफ अफ जेनरल स्टाफ हुने व्यक्ति हुन्।

हाल उनका सहायक रहेका जेनरल सुरोभिकिन उनका यसअघिका युद्धका निर्मम शैलीका लागि चिनिन्छन्। जो सिरियामा रुसी अपरेसनमा र खासगरी अलेपोमा भएको भारी बमबारीका लागि जिम्मेवार थिए।  

अक्टोबरमा उनले युक्रेनमा ‘सैन्य कारबाही’को जिम्मेवारी लिएपछि रुसले त्यहाँ ऊर्जा पूर्वाधार ध्वस्त पार्ने काम अभियानकै रूपमा सञ्चालन गरेको थियो।

दशौँलाख युक्रेनी नागरिकहरूले त्यसका कारण मध्य जाडोमा लामो समय बिजुली र पानीको आपूर्तिको अभाव झेलेका थिए।

उनकै नेतृत्वका बेला युक्रेनको दक्षिण सहर खेअर्सनबाट रुस पछाडि हटेको थियो जसलाई युक्रेनीहरूले आफ्नो एउटा मुख्य सफलता बताउने गरेका छन्।

कमाण्डर फेरिनुका कारण

रुसको रक्षा मन्त्रालयले जेनरल सुरोभिकिनलाई विस्थापित गर्ने काम "रुसी फौजका विभिन्न अङ्गहरूबिच निकट सम्बन्ध बनाउन र रुसी फौजको गुणस्तर र प्रभावकारितालाई व्यवस्थापन गर्नु" रहेको जनाएको छ।

तर कतिपयले उनले धेरै शक्ति सञ्चय गरिरहेको हुनसक्ने आकलनका बीच यस निर्णय लिइएको ठान्छन्।

"युक्रेनमा एकीकृत कमाण्डरका रूपमा सुरोभिकिन निकै शक्तिशाली बनिरहेका थिए र उनले पुटिनसँग कुरा गर्दा [रुसी रक्षामन्त्री सर्गेई] शोइगु र गुरासिमफलाई छल्न सक्ने सम्भावना थियो, "  सैन्य विश्लेषक रब लीले ट्विटरमा लेखेका छन्।

केही हकी स्वभावका रुसी ब्लगरहरू छन् जसले युद्धको समर्थन गरे तापनि त्यसको सञ्चालनका विषयमा रुसी सैनिक नेतृत्वको आलोचना गर्छन्। उनीहरूको आलोचनामा जेनरल गुरासिमफ समेत छुट्दैनन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending