काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक्लै कुनै पनि दलको बहुमत छैन । केन्द्रमा बनेको समीकरणबमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २९ सदस्यसहितको बहुमत पुएर पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले बिहीबार पद तथा गोपनीयताको शपथग्रहणसमेत गरिसकेका छन् । मुख्यमन्त्रीले शपथ लिएलगत्तै सत्ता गठबन्धन दलबीच बढेको तिक्तताले सभामुख चयनमा समस्या देखिएको हो । बिहीबार भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्ष दुवैको बहुमत पुग्न सकेन ।
त्यस्तै शुक्रबार राजनीतिक दलबीच सभामुख निर्वाचनको कानुनी प्रक्रियाबारे सहमति नजुट्दा प्रदेशसभा बैठक नै बस्न सकेन । सभामुख निर्वाचनका लागि प्रदेशसभाको तेस्रो बैठक शनिबार साँझ ६ बजे बसेको थियो ।
तर सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी सहमति पालना नभएको भन्दै तटस्थ बस्दा कुनै पनि उम्मेदवारको बहुमत नपुगी सभामुख चयन हुन सकेन । यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: