Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

आफन्तलाई शव बुझ्न झनै सास्ती

खबरडबली संवाददाता

काठमाडौं । विमान चढेर आइतबार पोखरा उडेकाले ओर्लिएर वा फर्किएर आफन्त त भेट्न पाएन् नै। आफन्तलाई दुर्घटनामा ज्यान गुमाएकाको शव पाउन पनि सोमबार दिनभर निक्कै मुस्किल पर्‍यो। 

पोखराको अस्पताल परिसरमा सोमबार दिनभर आफन्तको रुवावासी चल्यो भने दुर्घटना स्थलमा हराएका ३ जनाको खोजीकार्य जारी रह्यो। 

दुघर्टनास्थल सेती खोंचबाट उद्धार गरी ल्याएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो। सोमबार दिउँसो काठमाडौंबाट मेडिकल टिम आएपछि पोस्टमार्टमको काम सुरु भएको थियो। 

सोमबार शव बुझाउने अस्पताल प्रशासनले जानकारी दिएपछि अस्पताल परिसरमा आफन्त र शुभ चिन्तकको भीड थियो। 

दिनभर आफन्त रुवावासी गर्दै शव पाउने प्रतिक्षामा बसे पनि साँझसम्म शव नपाएपछि निराश र आक्रोशित भएका थिए। साँझ अबेर पोस्टमार्टम सकिएको शव आफन्तलाई बुझाइएको थियो।

दिनभर अस्पतालमा आफन्तको शव बुझ्न रुँदै बसेका आफन्त प्रक्रिया छिटो–छरिटो पूरा गर्नुपर्नेमा ढिला भएको भन्दै आक्रोशित भएका थिए। नाराबाजीसमेत गरेका थिए। ‘आफन्तलाई त गुमायौं। शव बेलैमा नपाउँदा अर्को पीडा भयो,’ एक मृतकका आफन्त सा खलिद मियाँले बताए। उनी भन्दै थिए, ‘परिचय खुलेको छ। 

अनुहार पनि चिनिने अवस्थामा रहेका शवको छिटो प्रक्रिया पुर्‍याएर दिनुपर्नेमा त्यो हुन नसक्दा पीडित थप पीडामा छौं,’ उनले गुनासो गरे। यति प्रक्रिया पुर्‍याउँदा समय लाग्छ भने बेलैमा सूचना दिनुपर्नेमा त्यसो नहुँदा अस्पताल र घरमा आफन्तको दिनभर रुवावासी भएको र पीडा थपिएको उनको भनाइ थियो। यो समाचार अन्नपूर्णमा छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending