सुनसरी । हर्क साम्पाङ मेयर रहेको धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ ।
धरान–५ को खार खोला र अधेरी खोलाको सङ्गमस्थलमा बनेको एक तले पक्की घर नगर प्रहरीले आइतबार भत्काएको हो । धरान उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रङ्गशाला बनाउने निर्णय गरेको थियो ।
सार्वजनिक जग्गामा घर नबनाउन उपमहानगरले भने पनि अटेर गरेर बनाएपछि भत्काइएको उपमहानगरले जनाएको छ । उक्त घर मुना चौधरी लिम्बूले बनाएको बताइएको छ । घर भत्काउन उपमहानगरले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो ।
घर भत्काउने क्रममा दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् ।
धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रङ्गशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास हुन थालेकोले र पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण सम्पन्न गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।
पूर्ववडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीयवासी विरोधमा उत्रिएका थिए । पहिलादेखि नै सो जग्गाको भोगचलन गर्दै आएको भन्दै पूर्ववडाध्यक्ष लिम्बूले खोलाको भाग सीमाङ्कन गर्नुपर्ने पनि माग राखेका थिए । यसअघि पनि प्रहरी सो स्थानमा सो संरचना भत्काउन पुगेको थियो । स्थानीयवासीको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।
उपनगरपालिकाले अवैधरूपमा अतिक्रमण गरेर घर नबनाउन भन्दै गत पुस १२ गते एक हप्ते सूचना टाँसेर फर्किए पनि अटेर गरेर घर बनाएपछि पुस २९ गते भत्काउन भनेर डोजरसहित नगर प्रहरीको टोली त्यहाँ पुगेको थियो ।
घर भत्काउने आदेशको माग गर्दै स्थानीयवासीले विरोध गरेपछि त्यहाँबाट फर्किएको थियो । हर्क साम्पाङले फेसबुकबाटै खोला खोली छेउछाउ जग्गा किनबेच गर्नेको नाम दिन आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...




प्रतिकृया लेख्नुहोस्: