काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीबीच आइतबारदेखि औपचारिक रुपमा वार्ता प्रारम्भ भएको हो ।
नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आइतबारदेखि दुई पार्टीबीच औपचारिक संवाद सुरु भएको जानकारी दिँदै संवादलाई निरन्तरता दिने सहमति भएको बताए ।
पार्टी एकताका लागि यसअघि नै दुबै पार्टीले पार्टी समिति बनाएको थियो भने सोही समितिमार्फत आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडामा पहिलो बैठक बसेको हो ।
पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारी लगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल भएको थियो । यस्तै दुबै पार्टीले एकअर्काका दस्तावेजहरु आदानप्रदान गरेका छन् ।
आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको उनले उनको भनाइ छ । वार्तामा नेकपा माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत सहभागी थिए भने एकीकृत समाजवादीको तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित ज्वाला र विजय पौडेलको सहभागिता थियो ।
यसअघि माओवादीले शनिबार नेपाल समाजवादी पार्टीसँग पनि वार्ता गरेको थियो । बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति पनि गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...
चैत्र ३ गते, २०८२ - ०९:३२
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...
चैत्र ३ गते, २०८२ - ०९:२८
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...
चैत्र ३ गते, २०८२ - ०७:५२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...
चैत्र ३ गते, २०८२ - ०७:४३
काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...
चैत्र ३ गते, २०८२ - ०७:३९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...
चैत्र ३ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...
चैत्र ३ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...
चैत्र ३ गते, २०८२ - ०७:२२
म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...


प्रतिकृया लेख्नुहोस्: