Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

लेपर्ड टू ट्याङ्कहरू युक्रेन पठाइने जर्मनीको घोषणा

खबरडबली संवाददाता

काठमाडौं । जर्मन चान्स्लर ओलाफ शोल्ट्सले युक्रेनमा १४ वटा लेपर्ड टू ट्याङ्क पठाइने पुष्टि गरेपछि आफ्नो देशका सांसदहरूलाई सम्बोधन गरेका छन्।

संसद्मा बोल्ने क्रममा उक्त निर्णयबाट चिन्तित जर्मनहरूलाई उनले उक्त 'निर्णय सही भएको' बताउँदै ‘आफूलाई विश्वास’ गर्न आग्रह गरे।

अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले दर्जनौँ एम वान एब्रम्स् ट्याङ्कहरू पठाउने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ।

क्रेमलिनले प्रतिक्रिया स्वरूप एक चेतावनी दिँदै यदि 'पश्चिमा ट्याङ्कहरू युक्रेनलाई दिइए ती युद्ध भूमिमा नष्ट' हुने जनाएको छ। ती खबरहरूलाई अमेरिकाका लागि रुसी राजदूतले "अर्को स्पष्ट उत्तेजना फैलाउन कार्य" भनेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले युद्धमा रुसलाई पराजित गर्न कम्तीमा ३०० ट्याङ्कहरू आवश्यक पर्ने बताउँदै आएका छन्।

युक्रेनी अधिकारीहरूले ती सम्भावित ढुवानीले रुसविरुद्धको युद्धमा महत्त्वपूर्ण प्रभाव पार्नसक्ने बताएका छन्। वाशिङ्टन र बर्लिन दुवैलाई युक्रेनलाई अस्त्र दिने घोषणा गर्न कैयौँ सातादेखि आन्तरिक र बाह्य दबाब परिरहेको छ। 

वाशिङ्टनले अत्याधुनिक प्रविधियुक्त एब्रम्स् ट्याङ्कका लागि व्यापक प्रशिक्षण र मर्मत आवश्यक पर्ने बताउँदै आएको छ। बर्लिनले नेटो रुससँगको युद्धमा प्रत्यक्ष पक्ष बनिरहेको कुरामा सचेत गराएको थियो।

नाम उल्लेख नगरिएका स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले बुधवार युक्रेनमा एब्रम्स् एम वान ट्याङ्कहरू पठाउने घोषणा हुने जनाएका छन्।

एकजना नाम नखुलाइएका अधिकारीले द न्यूयोर्क टाइम्सलाई ३० देखि ५० वटा ट्याङ्कहरू पठाउन सकिने बताएका छन्। यद्यपि कुनै पनि सम्भावित ढुवानीको मिति स्पष्ट छैन।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार जर्मन अधिकारीहरूले अमेरिकीहरूलाई अनौपचारिक रूपमा अमेरिकाले यदि एब्रम्स् एम वान ट्याङ्कहरू दिएमा उनीहरू पनि लेपर्ड टू दिन तयार हुने बताएका थिए।

तर दुवै देशका अधिकारीहरूले दुई देशले ट्याङ्क पठाउने निर्णयमा कुनै सम्बन्ध भएको अस्वीकार गरेका छन्।

जर्मन चान्सलर ओलाफ शोल्ट्सले युक्रेनमा लेपर्ड टू ट्याङ्कहरू पठाउने र अन्य देशहरूलाई पनि त्यसै गर्न अनुमति दिने निर्णय गरेको बताएका छन्।

लेपर्ड टू ट्याङ्क जर्मनीमा बनाइन्छन् र बर्लिनले ती ट्याङ्क निर्यातका लागि अनुमति दिन आवश्यक हुन्छ।

पोल्याण्डको सरकारले आफूसँग रहेका २५० लेपर्ड टू ट्याङकमध्ये १४ वटा युक्रेनलाई दिन तयार रहेको जनाएको छ।

रुससँग द्वन्द्व बढ्नसक्ने चिन्ताका कारण जर्मनीले आफैँले त्यस्ता ट्याङ्कहरू पठाउन वा अन्य राष्ट्रहरूलाई पठाउन अनुमति दिन हिचकिचाइरहेको छ। अन्तर्राष्ट्रिय दबाबपछि अहिले जर्मन चान्सलरले कम्तीमा १४ वटा त्यस्ता ट्याङ्कहरू पठाउने निर्णय गरेका हुन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending