Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

एमसिसी कार्यान्वयनमा नुल्यान्डको चासो

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले दुई दिने नेपाल भ्रमणका क्रममा आफ्नो देशको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी कम्प्याक्ट)सहितका परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो व्यक्त गरेकी छन्।

दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका शीर्ष नेतासँगको भेटमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको पारदर्शी र प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्।  

दाहाल नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमणमा आएकी उच्चअधिकारी नुल्यान्डले शीर्ष नेतासँगको भेटपछि पाटन दरबार क्षेत्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमसिसी परियोजना नेपाली जनताको हितमा भएकाले यसको कार्यान्वयन महत्वपूर्ण रहेको बताइन्।  

‘धेरै अमेरिकी नेपालमा लगानी गर्न इच्छुक छन्,’ उनले भनिन्, ‘यहाँ उनीहरूलाई लगानीमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे पनि हामीले छलफल गर्‍यौं।’ नेपाली नेतासँगको भेटका क्रममा चार विषयमा कुरा गरेको जनाउँदै नुल्यान्डले नेपाल दुई ठूला छिमेकी चीन र भारतबीच रहेको भन्दै मुलुकको हितमा प्रयोग गर्न पनि सुझाएकी छन्।

भारतसँग अमेरिकाको सुमधुर सम्बन्ध रहेको र चीनसँगको सम्बन्ध सुधारमा पनि बाइडेन प्रशासन लागिरहेको बताइन्। ‘यी दुई ठुला मुलुकसँगको भूराजनीतिभन्दा पनि हामी नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहन्छौं,’ उनले भनिन्। यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending