काठमाडौं । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले दुई दिने नेपाल भ्रमणका क्रममा आफ्नो देशको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी कम्प्याक्ट)सहितका परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो व्यक्त गरेकी छन्।
दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका शीर्ष नेतासँगको भेटमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको पारदर्शी र प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्।
दाहाल नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमणमा आएकी उच्चअधिकारी नुल्यान्डले शीर्ष नेतासँगको भेटपछि पाटन दरबार क्षेत्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमसिसी परियोजना नेपाली जनताको हितमा भएकाले यसको कार्यान्वयन महत्वपूर्ण रहेको बताइन्।
‘धेरै अमेरिकी नेपालमा लगानी गर्न इच्छुक छन्,’ उनले भनिन्, ‘यहाँ उनीहरूलाई लगानीमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे पनि हामीले छलफल गर्यौं।’ नेपाली नेतासँगको भेटका क्रममा चार विषयमा कुरा गरेको जनाउँदै नुल्यान्डले नेपाल दुई ठूला छिमेकी चीन र भारतबीच रहेको भन्दै मुलुकको हितमा प्रयोग गर्न पनि सुझाएकी छन्।
भारतसँग अमेरिकाको सुमधुर सम्बन्ध रहेको र चीनसँगको सम्बन्ध सुधारमा पनि बाइडेन प्रशासन लागिरहेको बताइन्। ‘यी दुई ठुला मुलुकसँगको भूराजनीतिभन्दा पनि हामी नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहन्छौं,’ उनले भनिन्। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: