काठमाडौं । युक्रेनमाथि रुसको आक्रमण सन्दर्भमा एक "असाधारण" फोन सम्पर्कमा भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र हमलाको धम्की दिएको बोरिस जोनसनले बताएका छन्।
तत्कालीन ब्रिटिश प्रधानमन्त्री जोनसनका अनुसार पुटिनले त्यस्तो आक्रमणका लागि "एक मिनेट मात्र लाग्ने" बताएका थिए।
जोनसनले सन् २०२२ को फेब्रुअरीमा भएको "निकै लामो" कुराकानीका क्रममा युद्ध "पूर्ण रूपमा विध्वंशकारी" हुने चेतावनी दिएपछि पुटिनले त्यस्तो टिप्पणी गरिएको बताए।
उक्त संवादको विवरण बीबीसी निर्मित वृत्तचित्रमा सार्वजनिक गरिएको छ जसमा पुटिनको विश्व नेताहरूसँगको अन्तरक्रियाबारे विश्लेषण गरिएको छ।
जोनसनले युक्रेनमाथि आक्रमण गर्दा पश्चिमी प्रतिबन्धहरू सामना गर्नुपर्ने र रुसको सिमानामा नेटो सेना थपिने चेतावनी दिएका थिए। उनले पुटिनलाई युक्रेन "निकट भविष्यमा" नेटोमा संलग्न नहुने बताउँदै रुसको कथित सैन्य कारबाहीलाई रोक्न खोजेका थिए।
जोनसनले भने, “उनले मलाई एक विन्दुमा धम्की दिँदै भने,’बोरिस, म तिमीलाई पीडा दिन चाहन्न तर क्षेप्यास्त्रले चोट पुर्याउन एक मिनेट मात्र लाग्छ।’”
"तर उनको एकदमै शान्त स्वर र सतही बोलीले रुसलाई वार्तामा ल्याउने मेरो प्रयासलाई भुलाउन खोजेको सङ्केत गर्थ्यो।“
"सबैभन्दा असाधारण फोन कल" भएको त्यस समयमा राष्ट्रपति पुटिन "धेरै चर्चामा" रहेको जोनसनले बताए।पुटिनको धम्की साँचो थियो कि थिएन भन्ने थाहा पाउन असम्भव छ।
यद्यपि, युकेमा रुसी आक्रमणहरू भएका छन्। सन् २०१८ मा सल्सबरीमा पछिल्लो आक्रमण भएको थियो। त्यसैले रुसी नेताले जतिसुकै हल्का रूपमा धम्की दिए पनि सम्भवतः जोनसनसँग त्यसलाई गम्भीरतापूर्वक लिनुको विकल्प थिएन।
नौ दिनपछि फेब्रुअरी ११ मा रक्षा मन्त्री बेन वालेस आफ्ना रुसी समकक्षी सर्गेई शेइगुलाई भेट्न मस्को पुगे। बीबीसी डकुमेन्ट्री पुटिन भर्सेस द वेस्टमा रुसले युक्रेनमा आक्रमण नगर्ने आश्वासन दिएपछि वालेस त्यहाँबाट फर्किएको खुलासा गरिएको छ। तर दुवै पक्षलाई त्यो झुटो आश्वासन हो भन्ने थाहा भएको उनले बताए।
उनले भनेका थिए: म तिमीसँग झुटो बोल्दै छु। तिमीलाई थाहा छ म झुटो बोल्दै छु र म त्यसो हुँदा पनि म झुटो बोल्दै छु। त्यसलाई वालेसले "धम्की वा शक्ति प्रदर्शन”को रूपमा व्याख्या गरे।
"मलाई लाग्छ कि यो 'म शक्तिशाली छु' भनेर देखाउने तरिका थियो," वालेसले भने। "धेरै चेतावनीपूर्ण र प्रत्यक्ष झुट"ले रुसले आक्रमण गर्ने उनको विश्वासलाई पुष्टि गरेको उनले बताए।
बैठकबाट बाहिरिने क्रममा रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभले उनलाई "फेरि कहिल्यै अपमानित नहुने" बताएको उनले सुनाए। त्यसको पन्ध्र दिनभन्दा कम समयपछि, फेब्रुअरी २४ मा ट्याङ्कहरू सीमामा घुमाउँदा जोनसनलाई राष्ट्रपति जेलेन्स्कीले मध्यराति फोन गरे।
"जेलेन्स्की निकै शान्त स्वभावका छन्," जोनसनले सम्झिए। "तर, उनले मलाई रुसले जताततै आक्रमण गरिरहेको सुनाएका थिए।“
जोनसनले आफूले युक्रेनी राष्ट्रपतिलाई सुरक्षित स्थानमा सार्न मद्दत गर्न प्रस्ताव गरेको बताउँछन्। "उनले मेरो उक्त प्रस्ताव स्वीकार गरेनन्। उनी वीरतापूर्वक जहाँ थिए त्यहीँ बसे।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: