काठमाडौं । युक्रेनमाथि रुसको आक्रमण सन्दर्भमा एक "असाधारण" फोन सम्पर्कमा भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र हमलाको धम्की दिएको बोरिस जोनसनले बताएका छन्।
तत्कालीन ब्रिटिश प्रधानमन्त्री जोनसनका अनुसार पुटिनले त्यस्तो आक्रमणका लागि "एक मिनेट मात्र लाग्ने" बताएका थिए।
जोनसनले सन् २०२२ को फेब्रुअरीमा भएको "निकै लामो" कुराकानीका क्रममा युद्ध "पूर्ण रूपमा विध्वंशकारी" हुने चेतावनी दिएपछि पुटिनले त्यस्तो टिप्पणी गरिएको बताए।
उक्त संवादको विवरण बीबीसी निर्मित वृत्तचित्रमा सार्वजनिक गरिएको छ जसमा पुटिनको विश्व नेताहरूसँगको अन्तरक्रियाबारे विश्लेषण गरिएको छ।
जोनसनले युक्रेनमाथि आक्रमण गर्दा पश्चिमी प्रतिबन्धहरू सामना गर्नुपर्ने र रुसको सिमानामा नेटो सेना थपिने चेतावनी दिएका थिए। उनले पुटिनलाई युक्रेन "निकट भविष्यमा" नेटोमा संलग्न नहुने बताउँदै रुसको कथित सैन्य कारबाहीलाई रोक्न खोजेका थिए।
जोनसनले भने, “उनले मलाई एक विन्दुमा धम्की दिँदै भने,’बोरिस, म तिमीलाई पीडा दिन चाहन्न तर क्षेप्यास्त्रले चोट पुर्याउन एक मिनेट मात्र लाग्छ।’”
"तर उनको एकदमै शान्त स्वर र सतही बोलीले रुसलाई वार्तामा ल्याउने मेरो प्रयासलाई भुलाउन खोजेको सङ्केत गर्थ्यो।“
"सबैभन्दा असाधारण फोन कल" भएको त्यस समयमा राष्ट्रपति पुटिन "धेरै चर्चामा" रहेको जोनसनले बताए।पुटिनको धम्की साँचो थियो कि थिएन भन्ने थाहा पाउन असम्भव छ।
यद्यपि, युकेमा रुसी आक्रमणहरू भएका छन्। सन् २०१८ मा सल्सबरीमा पछिल्लो आक्रमण भएको थियो। त्यसैले रुसी नेताले जतिसुकै हल्का रूपमा धम्की दिए पनि सम्भवतः जोनसनसँग त्यसलाई गम्भीरतापूर्वक लिनुको विकल्प थिएन।
नौ दिनपछि फेब्रुअरी ११ मा रक्षा मन्त्री बेन वालेस आफ्ना रुसी समकक्षी सर्गेई शेइगुलाई भेट्न मस्को पुगे। बीबीसी डकुमेन्ट्री पुटिन भर्सेस द वेस्टमा रुसले युक्रेनमा आक्रमण नगर्ने आश्वासन दिएपछि वालेस त्यहाँबाट फर्किएको खुलासा गरिएको छ। तर दुवै पक्षलाई त्यो झुटो आश्वासन हो भन्ने थाहा भएको उनले बताए।
उनले भनेका थिए: म तिमीसँग झुटो बोल्दै छु। तिमीलाई थाहा छ म झुटो बोल्दै छु र म त्यसो हुँदा पनि म झुटो बोल्दै छु। त्यसलाई वालेसले "धम्की वा शक्ति प्रदर्शन”को रूपमा व्याख्या गरे।
"मलाई लाग्छ कि यो 'म शक्तिशाली छु' भनेर देखाउने तरिका थियो," वालेसले भने। "धेरै चेतावनीपूर्ण र प्रत्यक्ष झुट"ले रुसले आक्रमण गर्ने उनको विश्वासलाई पुष्टि गरेको उनले बताए।
बैठकबाट बाहिरिने क्रममा रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभले उनलाई "फेरि कहिल्यै अपमानित नहुने" बताएको उनले सुनाए। त्यसको पन्ध्र दिनभन्दा कम समयपछि, फेब्रुअरी २४ मा ट्याङ्कहरू सीमामा घुमाउँदा जोनसनलाई राष्ट्रपति जेलेन्स्कीले मध्यराति फोन गरे।
"जेलेन्स्की निकै शान्त स्वभावका छन्," जोनसनले सम्झिए। "तर, उनले मलाई रुसले जताततै आक्रमण गरिरहेको सुनाएका थिए।“
जोनसनले आफूले युक्रेनी राष्ट्रपतिलाई सुरक्षित स्थानमा सार्न मद्दत गर्न प्रस्ताव गरेको बताउँछन्। "उनले मेरो उक्त प्रस्ताव स्वीकार गरेनन्। उनी वीरतापूर्वक जहाँ थिए त्यहीँ बसे।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: