काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन्। इलामको फिक्कलमा पत्रकारहरुसंग कुराकानीका गर्दै कांग्रेसले प्रस्ताव गरेको र कांग्रेसको सहभागिता संलग्नतासहितको उम्मेदवार राष्ट्रपति बन्ने बताए।
उनले भने, ‘अहिले मैले फलानो फलानो भनेर नाम भन्नु उचित हुँदैन। एक सय एक योग्य नेतृत्व हामीसंग उपलब्ध छ अनुभवी नेतृत्व छ। जसले संविधानको रक्षाको लागि शितल निवासमा बसेर राष्ट्रपति निवासमा बसेर बढो शितल ढंगले सोचेर राजनीतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर संविधानको संरक्षण गर्ने हामीसंग एक दर्जन नेताहरु उम्मेदवारको रुपमा हुनुहुन्छ। त्यसले गर्दा म काठमाडौ फर्किएपछि बैठक बस्छौ।’
उनले कांग्रेस एक्लैलेभन्दा पनि सवैदलको साझा सहमतिबाट देशले योग्य राष्ट्रपति पाउने बताए। उनले कांग्रेसको मतभार मात्र राष्ट्रपति बन्नका लागि पर्याप्त नभएकाले अन्य दलसंग समेत छलफल अघि बढाइने बताए।
उनले भने, ‘हामीले नै छलफल गरेर टुङ्ग्याउन गणित पुग्दैन्। २५–२६ हजार मतभार चाहिन्छ हामीसंग केबल १६ हजार मतभार छ। १६ हजार मतभारमा अरु दलको पनि मतभार गाँसेर जाँदै गर्दा छलफल र बिमर्शपछि उम्मेदवार टुङ्ग्याउन बढि उचित हुन्छ।’
शर्माले राष्ट्रपति नेपाली कांग्रेसले पाउने माओवादी वा अर्को पाउने भन्ने कोणभन्दा माथि राखेर साझा अपनत्व ग्रहण गर्न सक्ने व्यक्ति छानिनुपर्ने बताए। कांग्रेस जनताबाट निर्वाचित ठूलो दल भए पनि राजनीतिक परिस्थितीका कारण सरकार बाहिर बलियो प्रतिपक्षी भएको बताए।
उनले प्रतिपक्षी भए पनि राष्ट्रपति चयनका लागि कांग्रेस नै निर्णायक बन्ने जिकिर गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: