Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

सन्दीप लामिछानेलाई थुनामा पठाउन माग गरिएको निवेदनमा सुनुवाइ हुँदै

निलम्बन फुकुवासँगै आजै बन्द प्रशिक्षणमा फर्किँदै

खबरडबली संवाददाता

काठमाडौं । जबरजस्तीकरणीको कसुरमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा फर्काउने मागसहित परेको रिटमा आज सर्वोच्च अदालतमा सनुवाइ हुने भएको छ। 

उच्च अदालत पाटनले २० लाख रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दीप ९९ सय दिन थुनामा बसेर रिहा भएका थिए। तर महान्यायाधिवक्ताको कार्यालयले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नपर्ने मागथसहित सर्वोच्चमा निवेदन दिएपछि आज पेसी तोकिएको हो। 

उच्च अदालतको आदेशले छुटेका सन्दीप आजैबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किँदैछन्। यता सर्वोच्च अदालतमा भने उनले प्रशिक्षण थालेकै दिन थुनामा पठाउने मुद्दामा सुनुवाइ हुने भएको छ। 

नेपाल क्रिकेट संघ क्यानले बिहीबारमात्रै उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो। यसअघि माघ १७ गते पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवाको निर्णय गरेको थियो। 

जबरजस्तीकरणीको मुद्दामा असोज २० गते पक्राउ परेसँगै तत्कालिन कप्तान लामिछाने निलम्बनमा परेका थिए। 

आगामी फागुन २ देखि ९ सम्म कीर्तिपुरमा हुने त्रिदेशीय सिरिजमा सन्दीपलाई समेट्दै २० सदस्यीय टोली घोषणा गरिएको छ। त्रिदेशीय सिरिजमा नेपालसहित नामविया र स्कटल्याण्डबीच खेल हुनेछ। 

सन्दीप उच्च अदालतको आदेश पुस २९ गते रिहा भएका हुन्। त्यसअघि जिल्ला अदालत काठमाडौंले भने उनलाई पुर्पक्षका लागि थुनामाा पठाएको थियो। अब सर्वोच्चले उच्चको आदेश सदर गरे सन्दीपले क्रिकेट खेल्न पाउनेछन्। 

जिल्ला अदालतले झैं पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो भने उनलाई पुनः कारागार फर्काइनेछ। तर सर्वोच्चले शुक्रबार भने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन मात्रै आदेश दिने सम्भावना छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending