Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

देउवा प्रधानमन्त्री बन्ने दाउमा कि राष्ट्रपति बन्न तयार ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि नेपाली कांग्रेस हौसिएको देखिन्छ।

किन कि माओवादी नेताहरूले ‘राष्ट्रिय सहमति’ भने पनि त्यो ‘कांग्रेसलाई राष्ट्रपति दिऊँ’ भन्ने प्रस्ताव हो भन्ने कांग्रेस नेताहरूको बुझाइ छ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै माओवादी नेताहरूले त्यसलाई ‘राष्ट्रिय सहमति’को आधारको रूपमा प्रस्तुत गरिरहेका छन्।

त्यस्तै ‘सरकार गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको शैली प्रधानमन्त्री प्रचण्डलाई बिझाएको’ उल्लेख गर्दै शक्ति सन्तुलनका दृष्टिले पनि राष्ट्रपतिमा सहमति आवश्यक रहेको भन्ने कतिपय माओवादी नेताको सार्वजनिक अभिव्यक्तिले झन् स्पष्ट पारेको छ, माओवादीले राष्ट्रिय सहमति नेपाली कांग्रेसको नाममा खोज्न चाहेको छ।

पहिले गठबन्धन तोड्ने उद्देश्य?

तर राष्ट्रपतिमा आकाङ्क्षा राखिरहेको सबैभन्दा ठूलो दल कांग्रेस आफैले अर्को आकाङ्क्षी नेकपा एमालेसँग राष्ट्रिय सहमतिको निम्ति कुनै पहल गरेको देखिन्न।

कांग्रेसका प्रवक्ता प्रकाश शरण महत भन्छन्, “एमालेले पनि हामीले जस्तै आफै हुनुपर्छ भनिरहेको छ, त्यसबारे एमालेसँग छलफल गरेका छैनौँ।”

अर्थात् कांग्रेस माओवादीलाई एमालेबाट अलग गर्न चाहन्छ। आफूलाई राष्ट्रपतिमा माओवादीले साथ दिएमा गठबन्धन फुट्ने उसको विश्वास हो।

र, त्यो कुरा रामचन्द्र पौडेल लगायतका कांग्रेस नेताहरूले सार्वजनिक रूपमा भनी रहेकै पनि छन्। जबकि नयाँ सत्ता समीकरण गर्दा राष्ट्रपतिमा नेकपा एमालेलाई सघाउने सहमति जनाएरै प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

नाम उल्लेख नगर्ने सर्तमा एक माओवादी नेताले भने, “माओवादी अस्थिर नभएको भए अस्तित्व नै सकिने थियो। तर पार्टीको अस्थिरपना प्रगतिशील कि पश्चगामी भन्ने प्रश्न हो।”

उनका अनुसार माओवादी छलफल र बैठकहरूमा पनि त्यो विषयमा चर्चा र विश्लेषण भएको पनि छ।

राष्ट्रपति बन्लान् देउवा?

कांग्रेसले राष्ट्रपति पाउँदा नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको चर्चा चलिरहेको छ। तर सभापति देउवालाई नै राष्ट्रपति बन्न आग्रह भएको कुरा पनि उठेको केही नेताहरूले बीबीसीलाई बताए।

त्यो अवस्थामा पौडेललाई संसदीय दलको नेता बनाउने विषयमा पनि चर्चा भएको कांग्रेसका एक नेताको भनाइ छ।

सभापति नै राष्ट्रपति बनाउने कुरा पार्टीमा स्वीकार्य नहुने बताउँदै देउवा खेमाका ती नेताले भने, “त्यसको निम्ति सभापति त सर्वस्वीकार्य हो दल बाहिर पनि। तर हामीलाई गाह्रो हुन्छ। पार्टीमा साथीहरूले मान्दैनन्।”

पार्टी प्रवक्ता महतले पनि देउवा राष्ट्रपति बन्ने सम्भावना नरहेको बताए। उनले भने, “अरूले उहाँको बारेमा सोच्ने कुरा बेग्लै कुरा हो तर उहाँ सक्रिय पार्टी नेतृत्व छाडेर राष्ट्रपतिमा जान इच्छुक हुनुहुन्न।”

देउवा फेरि प्रधानमन्त्री?

कतिपयका बुझाइमा देउवा राष्ट्रपति भएमा कांग्रेसको तर्फबाट यही बीचमा प्रधानमन्त्री बन्ने खेल अन्त्य हुनसक्छ। र, त्यसको सिधा लाभ प्रधानमन्त्री प्रचण्डलाई पुग्न हुनसक्छ।

सत्ता गठबन्धनभित्र दबाव बढाएर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने गरी एमालेसँग लिखित सहमति गर्ने प्रयासमा रहेको सत्तापक्षका केही नेताहरूको आशङ्का छ।

कांग्रेसको विश्वासको मतले प्रचण्डलाई बलियो बनाएकाले पनि त्यस्तो आशङ्कालाई बल दिएको ठानिन्छ। तर कांग्रेस नेताहरू प्रचण्ड पुरानै गठबन्धनमा फर्किनेमा निकै आशावादी सुनिन्छन्।

नाम खुलाउन नचाहने बीबीसीसँग कुराकानी गरेका ती नेताहरूले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई साथ दिने बताए।

एक थरी नेता त प्रचण्डका निम्ति सत्ता सहयात्राका निम्ति ओलीभन्दा देउवा सहज भएको भन्दै प्रधानमन्त्रीमा आलोपालो गर्न समेत प्रचण्ड तयार हुनेमा विश्वस्त सुनिन्छन्।

सत्ताधारीबीच चरणबद्ध विवाद

उनीहरूका भनाइमा गृह मन्त्रालयको विवादको सृजना र त्यसै कारण स्वतन्त्र पार्टीको असन्तुष्टि अनि राप्रपाका मन्त्रीलाई गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताविरुद्ध बोल्ने छुट नभएको प्रधानमन्त्रीको भनाइ र त्यसलाई लिएर संसद्‌मा भएको वाद प्रतिवाद नयाँ समीकरणको निर्माणका खुड्किला हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले ढिलोचाँडो सरकार छोड्ने निर्णय गरेमा त्यसै योजनाअनुसारको पहिलो सफलता हुनेछ र राष्ट्रपति चुनावमा पुगेर निष्कर्षमा पुग्ने उनीहरूको विश्वास छ।

एमाले नेताहरूले भने माओवादीबाट सहमति नतोडिनेमा आफूहरू विश्वस्त रहेको बताउन छाडेका छैनन्। तर माओवादीभित्र वर्तमान समीकरणका पक्षधर कमजोर रहेको भन्दै त्यो पनि नयाँ समीकरणको पक्षमा बलियो आधार बनेको कांग्रेस नेताहरूको बुझाइ पाइन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending