Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

अमेरिकी आकाशमा 'चीनको जासुसी बलुन', निगरानीका क्रममा के देखियो?

खबरडबली संवाददाता

काठमाडौं ।  यसै साता उत्तरी अमेरिकाको आकाशमा देखिएको एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको अमेरिकाले निगरानी गरिरहेको छ।

एक सम्मेलनमा पेन्टागनका अधिकारीहरूले आफूहरू "उच्च स्थानमा उड्ने उक्त निगरानी बलुन चीनकै भएकोमा विश्वस्त रहेको" बताए।

अमेरिकी सेना प्रमुखहरूले सुरक्षा जोखिमका कारण देखाउँदै कथित जासुसी उपकरणलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवस्थाबारे जानकारी गराइएको पेन्टागनले जनाएको छ।

ह्वाइट हाउसले अधिकारीहरूलाई उक्त बलुनलाई प्रहार गर्ने आदेश दिएको खण्डमा अमेरिकी सरकार एफ-२२ लगायतका लडाकु विमानहरूसहित तयारी अवस्थामा रहेको पहिचान गोप्य राख्ने सर्तमा एक जना रक्षा अधिकारीले जानकारी दिए।

उक्त उड्डयन सामग्री बुधवार निकै कम जनसङ्ख्या भएको पश्चिमी अमेरिकी राज्य मोन्टानामा देखियो। त्यहाँ पारमाणविक क्षेप्यास्त्रको अड्डा छ।

पेन्टागनका अधिकारीहरूका अनुसार बुधवार खतराको आकलन गर्न रक्षामन्त्री लोइड अस्टिन र यूएस चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिली लगायत अमेरिकी सेनाका उच्च अधिकारीहरूको बैठक बसेका थिए।

सैन्य कमान्डरहरूले बलुनविरुद्ध "गति केन्द्रित कारबाही" नगर्न सल्लाह दिए। त्यसो गर्दा त्यसको भग्नावशेष भुईँमा खस्ने जोखिम हुने उनीहरूको राय छ।

"त्यो बेलुन ठ्याक्कै कहाँ छ र कता जाँदै छ भनेर थाहा भएका"ले अमेरिकी गुप्तचरविरुद्ध "उल्लेखनीय रूपमा खतरा" नभएको वरिष्ठ रक्षा अधिकारीले बताए। बलुन व्यावसायिक एअरलाइन्सको विमान उड्नेभन्दा "धेरै" माथि रहेकाले नागरिक उड्डयनमा पनि कुनै खतरा नभएको उनले बताए।

अमेरिकाले वासिङ्टन डिसीस्थित चिनियाँ दूतावास र बेइजिङमा रहेका चिनियाँ अधिकारीहरू समक्ष यस विषय उठाएको रक्षा अधिकारीले जानकारी दिए। "हामीले यस मुद्दालाई गम्भीरताका साथ लिएको बारे उनीहरूलाई जानकारी गराएका छौँ," अधिकारीले भने।

वासिङ्टन डिसीस्थित चिनियाँ दूतावासले यस विषयमा तत्काल टिप्पणीका लागि गरिएको अनुरोधमा प्रतिक्रिया जनाएन। सन्दिग्ध वस्तु बुधवार मोन्टाना सहरमा देखा पर्नुअघि अलास्काको अलेउटियन टापुहरू र क्यानडा हुँदै बिलिङ्ग्समा उडेको अधिकारीहरूले बताए।

पेन्टागनमा बिहीवार भएको ब्रिफिङका क्रममा भने अधिकारीहरूले उक्त बलुन अहिले कहाँ छ भन्ने कुरा खुलाउन चाहेनन्। उनीहरूले त्यसको आकारसहित थप विवरणहरू उपलब्ध गराउन समेत अस्वीकार गरे।

"आकाशमा धेरै माथि भए पनि विमानचालकहरूले त्यसलाई देखेको विवरण आएका छन्," नाम नखुलाएका रक्षा अधिकारीले भने। "त्यसैले यो ठूलो छ।"

उनका अनुसार विगत केही वर्षहरूयता अमेरिकाको आकाशमा यस्तै बलुनहरू देखा परेका छन्। तर अहिले देखिएको बलुन "लामो समयको लागि यताउता गरिरहेको देखिन्छ" र अघिल्ला जासुसी उपकरणहरूभन्दा "बढी दृढ" रहेको छ।

यो अमेरिकाको विशेष क्षेत्रमै किन देखियो भन्ने कुरा स्पष्ट छैन। बिलिङ्स माल्मस्ट्रोम एअर फोर्स बेसको करिब ४०० किलोमिटर दक्षिणपश्चिम भेगमा पर्छ। यो एअर बेस ती तीन अमेरिकी हवाई अड्डाहरूमध्ये एक हो जहाँ पारमाणविक योग्यता भएको माइन्यूटम्यान थ्री अन्तरमहाद्वीपीय बलिस्टिक क्षेप्यास्त्र राखिएको छ।

पेन्टागनका अधिकारीहरूले त्यही हवाई अड्डा निगरानी गर्ने उद्देश्य थियो कि भन्ने कुरा पुष्टि गर्न अस्वीकार गरे। तर "हालको उडान मार्ग प्रयोग गरेर निकै संवेदनशील क्षेत्रहरूमा जान सक्ने" कुरामा सहमत भए।

कथित जासुसी उपकरणहरूले बुधवार मोन्टानाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अन्योलमा पारेको छ। मानिसहरूले आकाशमा पहेँलो गोलो वस्तुको तस्बिरहरू साझा गरे जुन चन्द्रमाबाट पर देखिन्थ्यो। अन्य केहीले उक्त क्षेत्रमा अमेरिकी सैन्य विमानहरू देखेको बताए।

फलस्वरूप, उड्डयन अधिकारीहरूले बिलिङ्स लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ग माइल एअरस्पेस दुई घण्टाको लागि बन्द गरे। यो घटना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको चीन भ्रमण अघि घटेको हो।

यी शीर्ष अमेरिकी कूटनीतिज्ञ अर्को साता बेइजिङमा सुरक्षा, ताइवान र कोभिड-१९ लगायतका विभिन्न विषयहरूमा वार्ता गर्न जाने बताइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending