Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

उन्नाइस वर्षमा टेलिकम, सेवा गुणस्तर तथा ग्राहकको सन्तुष्टिमा अझै मेहनत आवश्यक

खबरडबली संवाददाता

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमको सेवा भरपर्दो र गुणस्तरीय नभएको आलोचना गरे । “सेवा प्रदायकका लागि चुनौतीका रूपमा रहेको मैले पाएको छु, विशेषतः सेवा महँगो भयो, सेवाको उपलब्धता छैन भन्ने आम गुनासो रहेका छन् । उपभोक्ताको चाहनाअनुरूप गुणस्तरीय एवं भरपर्दो सेवा उपलब्ध गराउन सेवाप्रदायक विशेषतः नेपाल टेलिकमलाई अनुरोध गर्न चाहन्छु”, उनले भने ।

टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नियामक निकाय पनि बल्ल नियामक जस्तो भएको बताए। उनले भने, “प्राधिकरणका अध्यक्षज्यूले भर्खरै जुन कुरा राख्नुभो त्यो कुरामा राम्रैसँग मनन गर्नुपर्छ, प्राधिकरणका अध्यक्षलाई हामीले बेलाबेलामा भन्ने गर्थ्यौँ, अलिक नियामक जस्तै त होइदिनुस् न । आज चाहिँ नियामकले नियामकै जस्तो भाषण गरेको छन् । त्यो भाषण मात्रै हैन हामीलाई झकझक्याउनु पनि भएको छ हामीले हाम्रा कामलाई कसरी सुधार गर्ने, काममा कसरी तदारुकता देखाउनुपर्ने भनेर राम्ररी व्याख्या गर्नुभएको छ, यो कुरो सबैले बुझेको हुनुपर्छ । सञ्चालक समितिका अध्यक्षको हैसियतले मैले गम्भीरतापूर्वक लिएको छु ।” 

टेलिकमको १९औँ वार्षिकोत्सवमा नियामक र सेवा प्रदायकबीचको सवाल जवाफले टेलिकमको सेवा र गुणस्तरीयताको साङ्केतिक झझल्को दिन्थ्यो । तथापि अनेकौँ चुनौती र व्यवधानको सामना गर्दै राष्ट्रको सञ्चार टेलिकमले सेवा विस्तार र राजस्व अभिवृद्धिमा उल्लेखनीय भूमिका खेलेको दुवै वक्ताको कथन थियो । 
 
सचिव अर्यालले आगामी दिनमा टेलिकमको सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले टेलिकमको सेवालाई सुलभ र सुपथ दरमा देशभर विस्तार गर्न आग्रह गरे । गुनासो आउने संयन्त्र  र तत्कालै सम्बोधन गर्ने प्रणाली विकास नभए प्रतिस्पर्धी बजारमा ग्राहकको आकर्षण र सेवामा सन्तुष्टि दिन नसकिने भन्दै तत्काल यस्तो प्रणालीको व्यवस्था गर्न अनुरोध गर्नुभयो । सचिव अर्यालले डाटा सेवालाई सहज र सुलभ बनाई बजार हिस्सा अभिवृद्धिमा ध्यान दिनसमेत आग्रह गरे।

टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत गर्ने उद्देश्य हासिल गर्न सेवा विस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिँदै आइरहेको उल्लेख गरे । नियामक निकायले दूरसञ्चार सेवा गुणस्तीय हुन नसकेको र ग्राहकबाट बारम्बार गुनासो बढिरहेको भनी आलोचना गरिरहँदा सेवाप्रदायक टेलिकमले सेवालाई नियमित, सरल, सुलभ र गुणस्तरीय बनाउन लागि परेको जनाएको छ ।

प्राधिकरणका अध्यक्ष खनालले सेवा विस्तारसँगै सेवाको भरपर्दोपना, निरन्तरता र गुणस्तरीय बनाउन पनि ध्यान दिन टेलिकमलाई अनुरोध गरे । सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउनुका साथै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा पूरा गर्ने चुनौती थपिएको उल्लेख गर्दै उहाँले सूचना प्रविधि महामार्ग निर्माणको काम प्रभावकारी अघि बढाउन निर्देशन दिए। उनले भने, “सूचना महामार्ग निर्माणको काममा किन विलम्ब भइरहेको छ, ठेकेदारलाई कारबाही किन गरिएन जवाफ कसले दिन्छ ? डिजिटल नेपालको अवधारणा पूरा गर्न दुई वर्षसम्म कामै नगरी बस्ने छुट कसले दियो ?”

अध्यक्ष खनालले फोरजी सेवा विस्तार हुनु खुसीको कुरा भए पनि यसको गुणस्तरीयताबारे प्रश्न उठेको उल्लेख गर्नुभयो । “रिङरोडभित्र सबै ठाउँमा फोरजी सेवा छ भनेर कम्पनीले भन्न सक्छ । नेटवर्क टिप्दैन । गुणस्तरीय सेवा दिन हामी कता चुकिरहेका छौँ ।”

प्रतिस्पर्धी बजारमा भित्रिएका अत्यधुनिक सूचना प्रविधिको उच्चतम उपभोग गर्दै राष्ट्रको सञ्चार नेपाल टेलिकमले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउने कसरत गरिरहेको छ । उन्नाइस वर्षअघि ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रूपान्तरण भएको नेपाल टेलिकमसामु प्रतिस्पर्धी बजार र विश्वबजारमा विकसित भएका अत्यधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने चुनौती छ ।

नेपाल टेलिकका सञ्चालक समिति सदस्य एवं टेलिकम आधिकारिक ड्रेड युनियनका अध्यक्ष शङ्कर लामिछानेले आधुनिक प्रविधिको प्रयोग गरी समयानुकूल सेवा परिमार्जन र प्रतिस्पर्धी बजारमा खरो रूपमा उत्रनु संस्थाका लागि चुनौती रहेको भन्दै लगानी पहिचान, सेवा विस्तार तथा डेटा बिजनेस बढाउनेतर्फ कम्पनीको ध्यान जानुपर्नेमा जोड दिए।

सेवा प्रवाह र आधुनिक प्रविधिको अभ्यासलाई समयानुकूल परिमार्जनसहित सेवालाई विविधीकरण गर्नुपर्ने चुनौतीको सामना गर्दै कम्पनीले सेवा विस्तार र ग्राहक तथा बजार हिस्सा उकास्न उल्लेखनीय भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।

मुलुकमा दूरसञ्चार सेवाको एक सय छ वर्ष लामो इतिहासमा विभिन्न आरोह अवरोह पार गर्दै टेलिकम अहिलेको अवस्थामा आइपुगेको हो । सेवा गुणस्तर तथा ग्राहकको सन्तुष्टिका लागि कम्पनीले अझै मेहनत गर्नुपर्ने नियामक तथा सरोकारवालाले औँल्याउनुभएको छ । आधुनिक पुस्ताको प्रविधि अङ्गालेर नियमित, सरल र सुलभ सेवा उपलब्ध गराउन टेलिकमले आफ्ना अल्पकालीन र दीर्घकालीन योजना कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँहरूको सुझाव छ ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार कम्पनीले आफ्नो स्थापनाकालदेखि नै विश्वबजारमा उपलब्ध भएका अत्याधुनिक प्रविधि भित्र्याई प्राविधिकरूपले सम्भव भएसम्म देशभर सेवा विस्तार र आर्थिक क्षमताले भ्याएसम्म सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको छ ।

उन्नाइस वर्षअघि कम्पनीमा रूपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकोमा चालु आवको मङ्सिर मसान्तसम्ममा कम्पनीको ग्राहक आधार दुई करोड १३ लाख नाघिसकेको छ । हाल मुलुकको करिब ७५ प्रतिशत जनसङ्ख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता एक करोड १५ लाखभन्दा बढी पुगेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसभित्र ‘हुकुमी शासन’को प्रवृत्ति देखिन थालेको छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...

कालिकोटको सडक निर्माणमा अनियमितता, पूर्वउपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...

‘सामाजिक लोकतन्त्र’ अपनाउनु कांग्रेसका लागि पश्चगमन हुन्छ : बिमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...

दैलेखमा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु

दैलेख​। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...

मन्त्रीपरिषद्‍ बैठकका सात निर्णय : विशेष र श्रम अदालतमा अध्यक्ष तोकिए, मिटरब्याजसम्बन्धी फर्जी लिखत अवैध घोषणा

काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...

गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...

गगन थापालाई एक्लै पार्टी चलाउने रोग लागेको छ: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रीपरिषद्‍मा पेस

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending