Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

यती एयरको पखेटामा समस्या

खबरडबली संवाददाता

काठमाडौँ । माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एन–एएनसी एटीआर विमान दुर्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ । 

दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको पाइएको हो तर यो मानवीय वा प्राविधिक के कारणले हो भन्ने निष्कर्ष भने अझै पत्ता लागेको छैन ।

दुर्घटना जाँच आयोग २०७९ का सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर (ब्लेड)हरू फेदर (छड्के नभई सिधा) अवस्थामै रहेको देखिएको बताए । इन्जिनका प्रोपेलरहरू फेदर हुनु भनेको इन्जिनमा पावर कम हुनु हो । यस्तो अवस्थाा इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्थालाई बुझ्ने गरिन्छ ।

उनले भने, “दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गए ? यस्तो अवस्थामा पाइलटले पावर नदिएको हो वा इन्जिन बिग्रिएर समस्या आएको थियो भन्नेबारे प्राविधिक र मानवीय पक्षबारे हुने थप अनुसन्धानबाट प्रष्ट हुनेछ ।” जाँचबुझ समितिका सदस्य एकराजजङ्ग थापाले दुर्घटनाका कारण जहाजको इन्जिनमा समस्या वा मानवीय त्रुटिमध्ये यही नै प्रमुख कारण हो भन्नेबारे यकिन भइनसकेको बताए ।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको सिङ्गापुरमा अध्ययन अनुसन्धान गरिएको हो। त्यस कार्यमा आयोगको नेतृत्वमा ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टीएसआईबी) सिङ्गापुर, टीएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र ईएएसएका प्रतिनिधिहरू संलग्नतामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ। त्यस क्रममा सिङ्गापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न उडान र प्राविधिक पक्षहरूको थप अध्ययन गरिएको थियो।

गत साता गरिएको डाटा विश्लेषण तथा अनुसन्धान गर्दा दुवै इन्जिनमा रहेका प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। तर त्यो किन भयो भन्ने अध्ययन भइरहेको आयोगले जनाएको छ। त्यसबारे पूर्ण प्रतिवेदन आउन समय लाग्ने जनाउँदै प्रारम्भिक प्रतिवेदन भने चाँडै सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ। 

काठमाडौँबाट पोखराका लागि चालक दल र यात्रुसहित ७२ जना सवार विमान पोखरा विमानस्थलमा अवतरण गर्नु केही समयअघि सेतीखोँचमा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा सबैको मृत्यु भएको थियो। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending