काठमाडौं । टर्की र सीरियाको सीमामा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी चार हजार मानिस मृत्यु भएको छ।
टर्कीमा २९ सय र सिरियामा ११ सय जनाको मृत्यु भएको टर्कीको सरकारी सञ्चारमाध्यम अनदलु न्यूजले जनाएको छ। भूकम्पका कारण दुवै देशमा हजारौं घाइते भएका छन्।
टर्कीको गाजियान्टेप प्रान्तको नुरडागीबाट २३ किलोमिटर पूर्वी क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो।
टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले टर्कीमा मात्रै १३ हजार जना घाइते भएको जनाएका छन्। भूकम्पका कारण सिरियामा ३ हजार घाइते भएका छन्।

घाइते मध्ये अधिकाशंको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझ बढ्न सक्नेछ। अध्याधिक चिसोका कारण उद्धार कठिनाइ भएको छ।
टर्कीका १० वटा सहरमा क्षति पुगेका छन् भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्। सिरियाको एलेप्पो, हामा, लाटाकिया र टार्टसमा बढी क्षति पुगेको छ।
यो भूकम्प यस क्षेत्रमा १ सय वर्षयताकै ठूलो भएको बताइएको छ। भूकम्पपछि दर्जनौं परकम्प गएको टर्कीको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ।




यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: