Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

नागरिक उन्मुक्तिको अडानले सुदूरपश्चिम सरकार संकटमा, विश्वासको मत नपाए कांग्रेसको ढोक्सामा

खबरडबली संवाददाता

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने आज अन्तिम दिन। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसके सरकार कामचलाउ हुनेछ। 

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै संकटमा परेको छ। बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नलिए अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। 

तर बुधबार साँझसम्म पनि नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत दिन तयार भएको छैन, एमाले नेताहरु फकाउन लगातार लागिपरेका छन्। आफ्नो माग पूरा नभएसम्म विश्वासको मत नदिने अडानसहित नागरिक उन्मुक्तिका सातै जना प्रदेश सांसद काठमाडौंमा छन्। 

सुदूरपश्चिमको निर्णायक शक्ति रहेको नागरिक उन्मुक्तिका सांसदहरु, काठमाडौंमा भएकैले बुधबार मुख्यमन्त्री रावलले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची स्थगित भएको छ। २७ पुसमा मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको नागरिक उन्मुक्तिले साथ दिएको थियो।

मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने कार्यक्रम तय गरिएको भए पनि नागरिक उन्मुक्ति पार्टीले रिहाइको सर्त राख्दै मत नदिने निर्णय गरेपछि बिहीबारका लागि विश्वासको मत लिने कार्यक्रम सारिएको छ।  

बैठक आज मुख्यमन्त्रीले विश्वासको मत लिने उद्देश्यसहित दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। प्रदेश सभा सचिवालयका सूचना  अधिकारी  युवराज  जैसीका  अनुसार  मुख्यमन्त्री रावलले प्रदेश सभाबाट विश्वासको मत लिने समयसीमाको बिहीबार अन्तिम दिन हो।

यसअघि  विश्वासको  मत  लिनका  लागि  बुधबार  दिउँसो  १  बजे  प्रदेश  सभाको  बैठक  बोलाइएको थियो तर मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने वातावरण नबनेपछि सो बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो। सभामुख भीमबहादुर भण्डारीको आदेशमा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

रावल संविधानको धारा १६८ को उपधारा (२) बमोजिम  मुख्यमन्त्रीमा  नियुक्त भएका थिए।  यसरी  दुई  वा  दुईभन्दा  बढी  दलको  समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले निरन्तरता पाउनका लागि एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

गत पुस २७ गते उनी सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र  राप्रपाको  समर्थनमा  मुख्यमन्त्रीमा  नियुक्त भएका थिए। ती दलहरूसँग २८ जना प्रदेश सभा सदस्य छन्। 

नागरिक उन्मुक्ति पार्टीका सात जनाले मत नदिँदा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन।  नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताएका छन्। 

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले  टीकापुर  घटनाका  कैदीबन्दी  रिहा  भएमा मात्रै प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ तर रेशम चौधरीसहितका बन्दीहरू तत्कालै छुट्न सक्ने कुनै छाँटकाँट नदेखिएकाले  रावल   नेतृत्वको   सरकार   अप्ठ्यारोमा परेको हो।

एमालेका  सुदूरपश्चिम  प्रदेश  कमिटी सचिव एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले नागरिक उन्मुक्ति पार्टीको मागप्रति सबै दल सकारात्मक रहेको बताए। उनले अन्तिम अवस्थामा नागरिक उन्मुक्तिले सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरे। 

५३ सदस्यीय प्रदेशसभामा सत्तापक्षमा एमालेका १०, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य छन्। बहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। 

विपक्षमा रहेका नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्र सदस्य छन्। तर, प्रमुख  प्रतिपक्षी  दल  नेपाली  कांग्रेसले मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक स्थगित गरेर अर्को दिनका लागि सारिएपछि विरोध जनाएको  छ।

सर्वदलीय  बैठकमा  बुधबार  ११  बजे बोलाइएको बैठक १ बजे सार्ने निर्णय भए पनि सभामुख भण्डारीले आफूखुसी अर्को दिन बैठक सारेको सो पार्टीका संसदीय दलका नेता कमलबहादुर शाहले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending