काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने कार्यसूची भए पनि निर्णायक मानिएको नागरिक उन्मुक्तिले आफ्ना माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान लिएको हो।
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका दोषी रेशम चौधरी लगायतको रिहाइ मुख्य शर्त बनाएको छ। हिजो दिउँसो सुदूरपश्चिम प्रदेशसभाका नागरिक उन्मुक्ति पार्टीका सबै ७ जना सांसदसँग चौधरीले काठमाडौंको डिल्लीबजार स्थित जेलमै छलफल गरेका थिए।
पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफूहरुले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताइन्। उनले भनिन्, ‘हामीले समर्थन गरेर हेर्यौं, हाम्रा माग सुनुवाइमा कुनै पहल भएको छैन। हाम्रा सांसदहरु आज तटस्थ बस्नुहुन्छ।’
श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीसँग हिजो साँझ भएको छलफल पनि सकारात्मक नभएकाले विश्वासको मत नदिने निष्कर्षमा पुगेको बताइन्।
उनले आफ्ना सांसद केही प्रदेशमा पुगिसकेको र केही आज विहान पुग्ने बताइन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा सुदूरपश्चिम सरकार आजै ढल्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: