स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिबब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो ।
नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए । नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही रु १० हजार आठ सय प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उनले जानकारी दिए ।
“क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्”, उानले भने, “प्राप्त आवेदनमाथि विद्यालयले छानविन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौँ ।”
पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन् । अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए। आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । नगरको शैक्षिक रुपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उहाँको विश्वास छ । नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई रु १२ लाख ६९ हजार छात्रवृत्तिस्वरुप प्रदान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - १०:४८
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ । आज ब...
जेष्ठ १८ गते, २०८३ - १०:३९
मुस्ताङ। चार दिन लामो सार्वजनिक विदामा मुस्ताङमा ३५ हजारभन्दा बढी पर्यटक पुगेका छन् । बेनी–जोमसोम–कोरला सडक र हवाई मार्ग हुँदै चार दिनको अवधिमा ३५ हजा...
जेष्ठ १८ गते, २०८३ - १०:२५
नेपालगन्ज। बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले पानीको अभाव हुँदा चराचुरुङ्गीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्थापन गर्ने उद्देश्यल...
जेष्ठ १८ गते, २०८३ - १०:१३
पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको ...
जेष्ठ १८ गते, २०८३ - १०:०१
बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदे...
जेष्ठ १७ गते, २०८३ - १७:५१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...
जेष्ठ १७ गते, २०८३ - १७:३९
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...
जेष्ठ १७ गते, २०८३ - १७:१०
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...
जेष्ठ १७ गते, २०८३ - १६:५८
काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...
जेष्ठ १७ गते, २०८३ - १६:३२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...



प्रतिकृया लेख्नुहोस्: