Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

निर्वाचन आयोगको चेतावनी- खर्च विवरण नबुझाउने सत्र हजार जनप्रतिनिधिको पद जानसक्छ

खबरडबली संवाददाता

काठमाडौं । निर्धारित समयमा चुनावी खर्च विवरण नबुझाएर अथवा म्याद नाघेर बुझाएपछि निर्वाचन आयोगले जरिबाना तोकेका स्थानीय जनप्रतिनिधिहरू आफ्नो पद नै जाने हो कि भन्ने चिन्तामा परेका छन्।

आयोगले निर्वाचित र पराजितसमेत गरी एक लाख २३ हजार ६२४ जना स्थानीय तहको चुनावका उम्मेदवारलाई जरिबाना तोकेको छ।

फागुन मसान्तसम्म जरिबाना नतिरे निर्वाचितमध्ये करिब १७ हजार जनप्रतिनिधिको पद नै जोखिममा पर्नसक्ने आयोगका एक अधिकारीले बीबीसीलाई बताएका छन्।

तर पराजित उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधिहरू जरिबाना तिर्नुभन्दा मिनाहा गराउने प्रयासमा जुटेका छन्। त्यसका लागि उनीहरूले देशभरिबाट सङ्कलन गरी गृह मन्त्रालयमा निवेदन समेत दिइसकेको बताएका छन्।

कतिपय नेताले भने जरिबाना तिरेर प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दिएका थिए।

कति जरिबाना तिर्नुपर्छ?

आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावका उम्मेदवारहरूलाई तोकिएको निर्वाचन खर्चको सीमा बराबर नै जरिबाना तोकेको छ। त्यसअनुसार उम्मेदवारले जनही न्यूनतम डेढ लाख रुपैयाँदेखि साढे सात लाखसम्म जरिबाना तिर्नुपर्ने हुन्छ।

आयोगले महानगरपालिका प्रमुख तथा उपप्रमुखलाई साढे सात रुपैयाँ, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित सदस्यलाई तीन लाख, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखलाई साढे पाँच लाख, वडा सदस्य, महिला सदस्य र दलित सदस्यलाई साढे दुई लाख रुपैयाँ खर्च सीमा तोकेको थियो।

नगरपालिकाका प्रमुख र उपप्रमुखलाई साढे चार लाख रुपैयाँ, वडा सदस्य, महिला सदस्य र दलित सदस्यलाई दुई लाख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई साढे तीन लाख, वडा सदस्य, महिला सदस्य र दलित सदस्यलाई डेढ लाख रुपैयाँ खर्च सीमा आयोगले तोकेको थियो।

न्यूनतम डेढ लाखकै हिसाब गर्ने हो भने एक लाख २३ हजार ६२४ जनाबाट आयोगले जरिबाना बापत साढे १८ अर्ब रुपैयाँभन्दा बढी रकम पाउने देखिन्छ।

जनप्रतिनिधि के भन्छन्?

गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय महासङ्घले संयुक्त रूपमा गृह मन्त्रालयमा निवेदन दिएका हुन्।

“हाम्रो संयुक्त बैठकले अन्यायमा परेको निष्कर्ष निकाल्दै मिनाहाका लागि अपील गर्ने निर्णय गरेपछि हामीले मन्त्रालयमा निवेदन दिएका हौँ,” गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बीबीसीसँग भनिन्।

जरिबाना बापत त्यत्रो रकम दिनसक्ने हैसियत स्थानीय तह निर्वाचनका उम्मेदवार र जनप्रतिनिधिको नरहेको उनको दाबी छ। “आरा चिर्दै आएका मान्छे, लुगा सिलाउने मान्छे, चुल्होचौका सम्हाल्दै आएकाहरू पनि स्थानीय तहका जनप्रतिनिधि बनेका छन्,” पाण्डेले भनिन्।

“धरौटी नभएर अर्काको सहयोगबाट उम्मेदवारी दर्ताका गराएका विपन्न वर्गका पनि मान्छे छन्।” नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना ठूलो जरिबाना तिराउने आयोगको निर्णय “अव्यावहारिक” भएको बताउँछन्।

कतिपय उम्मेदवार वा निर्वाचित जनप्रतिनिधिको श्रीसम्पत्ति नै आयोगले तोकेको जरिबाना रकम बराबर पनि नभएको उनको दाबी छ। “विपन्न, दलित, भुइँमान्छे जसका हात समातेर उम्मेदवारी दिन लगाइएको थियो उहाँहरूले त्यत्रो रकम कसरी तिर्न सक्नुहुन्छ?,” ढुङ्गानाको प्रश्न छ।

“अर्को कुरा खर्च विवरण निर्धारित समयसीमाभित्र अनिवार्य रूपमा बुझाउनैपर्छ भन्ने विषयमा आयोगले जनचेतनाका कति कार्यक्रम गरेको थियो त?”

निर्वाचन आयोग के भन्छ?

विद्यमान ऐन, कानुनमा टेकेर मात्र आफूहरूले केही गर्न सक्ने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन्। “मौजुदा ऐन, कानुनअनुसार मिनाहा गर्ने व्यवस्था छैन। राष्ट्रपतिज्यूबाट माफी, मुलतबी, मिनाहा गर्न सक्ने व्यवस्थालाई लिएर उहाँहरूले सोच्नुभएको होला,” उनले भने।

“तर आयोगले त्यतापट्टि केही सोचेको छैन। आयोगले त मौजुदा निर्वाचन ऐन अनुसार काम गर्छ। त्यो अनुसार नै आफ्नो कारबाही अगाडि बढाएको हो।” आयोगसँग न ढिला बुझाएकालाई छुट दिने न त खर्च विवरण नबुझाएकालाई मिनाहा गर्ने अधिकार रहेको अर्याल बताउँछन्।

“अब विद्यमान कानुनमा केही संशोधन वा परिमार्जन गर्नुपर्ने भए सम्बन्धित पक्षले गर्ने हो। हामीले त भएको व्यवस्था कार्यान्वयन मात्रै गरेको अवस्था हो।”

“भदौ ३१ गतेबाट गणना हुनेगरी ६ महिनाभित्र बुझाउनुपर्ने हो। नत्र निर्वाचित जनप्रतिनिधिको हकमा पद नै जोखिममा पर्छ,” सहायक प्रवक्ता अर्यालले भने।

गृह मन्त्रालय के भन्छ?

राष्टपतिबाट जरिबाना मिनाहा गराइदिनका लागि भन्दै निवेदन परेको भए पनि त्यसबारे अहिले अध्ययन भइरहेको गृह मन्त्रालयले जनाएको छ।

“माफी, मुलतबी दिनुपर्ने खण्डमा गृह मन्त्रालयमार्फत्‌ राष्ट्रपतिसमक्ष निवेदन गर्ने प्रावधान छ। सोहीअनुसार उहाँहरूको निवेदन आएको हो,” मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले बीबीसीसँग भने।

उनका अनुसार आर्थिक दायित्वसम्बन्धी विषय भएकोले अर्थ मन्त्रालय र कानुनी विषय समेत जोडिकोले महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श गर्नुपर्ने हुन्छ। “त्यसपछि बल्ल के गर्ने भन्ने सन्दर्भमा मन्त्रालयले निर्णय गर्ला। राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्‌मार्फत्‌ नै जाने हो,” बस्नेतले थपे।

जनप्रतिनिधिहरू भने आयोगले तोकेको जरिबाना मिनाहा हुनेमा विश्वस्त देखिन्छन्। “स्थानीय जनभावनाको कदर हुनेछ भनी हाम्रो विश्वास छ। यो नहुने भन्ने प्रश्न हुँदै हुँदैन,” गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष पाण्डेले भनिन्।

“सङ्घीयता कार्यान्वयन गर्ने आधारशिलाका रूपमा रहेको स्थानीय तहका जनप्रतिनिधिलाई सङ्घीय वा प्रादेशिक राजधानीमा बस्ने जनप्रतिनिधिलाई जस्तो हेरिने छैन भन्ने हाम्रो विश्वास छ।”

नेपाल नगरपालिका सङ्घका अध्यक्ष ढुङ्गाना पनि राष्ट्रपतिबाट जरिबाना मिनाहा गराउनुको विकल्प नभएको तर्क गर्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: