Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

निर्वाचन आयोगको चेतावनी- खर्च विवरण नबुझाउने सत्र हजार जनप्रतिनिधिको पद जानसक्छ

खबरडबली संवाददाता

काठमाडौं । निर्धारित समयमा चुनावी खर्च विवरण नबुझाएर अथवा म्याद नाघेर बुझाएपछि निर्वाचन आयोगले जरिबाना तोकेका स्थानीय जनप्रतिनिधिहरू आफ्नो पद नै जाने हो कि भन्ने चिन्तामा परेका छन्।

आयोगले निर्वाचित र पराजितसमेत गरी एक लाख २३ हजार ६२४ जना स्थानीय तहको चुनावका उम्मेदवारलाई जरिबाना तोकेको छ।

फागुन मसान्तसम्म जरिबाना नतिरे निर्वाचितमध्ये करिब १७ हजार जनप्रतिनिधिको पद नै जोखिममा पर्नसक्ने आयोगका एक अधिकारीले बीबीसीलाई बताएका छन्।

तर पराजित उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधिहरू जरिबाना तिर्नुभन्दा मिनाहा गराउने प्रयासमा जुटेका छन्। त्यसका लागि उनीहरूले देशभरिबाट सङ्कलन गरी गृह मन्त्रालयमा निवेदन समेत दिइसकेको बताएका छन्।

कतिपय नेताले भने जरिबाना तिरेर प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दिएका थिए।

कति जरिबाना तिर्नुपर्छ?

आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावका उम्मेदवारहरूलाई तोकिएको निर्वाचन खर्चको सीमा बराबर नै जरिबाना तोकेको छ। त्यसअनुसार उम्मेदवारले जनही न्यूनतम डेढ लाख रुपैयाँदेखि साढे सात लाखसम्म जरिबाना तिर्नुपर्ने हुन्छ।

आयोगले महानगरपालिका प्रमुख तथा उपप्रमुखलाई साढे सात रुपैयाँ, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित सदस्यलाई तीन लाख, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखलाई साढे पाँच लाख, वडा सदस्य, महिला सदस्य र दलित सदस्यलाई साढे दुई लाख रुपैयाँ खर्च सीमा तोकेको थियो।

नगरपालिकाका प्रमुख र उपप्रमुखलाई साढे चार लाख रुपैयाँ, वडा सदस्य, महिला सदस्य र दलित सदस्यलाई दुई लाख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई साढे तीन लाख, वडा सदस्य, महिला सदस्य र दलित सदस्यलाई डेढ लाख रुपैयाँ खर्च सीमा आयोगले तोकेको थियो।

न्यूनतम डेढ लाखकै हिसाब गर्ने हो भने एक लाख २३ हजार ६२४ जनाबाट आयोगले जरिबाना बापत साढे १८ अर्ब रुपैयाँभन्दा बढी रकम पाउने देखिन्छ।

जनप्रतिनिधि के भन्छन्?

गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय महासङ्घले संयुक्त रूपमा गृह मन्त्रालयमा निवेदन दिएका हुन्।

“हाम्रो संयुक्त बैठकले अन्यायमा परेको निष्कर्ष निकाल्दै मिनाहाका लागि अपील गर्ने निर्णय गरेपछि हामीले मन्त्रालयमा निवेदन दिएका हौँ,” गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बीबीसीसँग भनिन्।

जरिबाना बापत त्यत्रो रकम दिनसक्ने हैसियत स्थानीय तह निर्वाचनका उम्मेदवार र जनप्रतिनिधिको नरहेको उनको दाबी छ। “आरा चिर्दै आएका मान्छे, लुगा सिलाउने मान्छे, चुल्होचौका सम्हाल्दै आएकाहरू पनि स्थानीय तहका जनप्रतिनिधि बनेका छन्,” पाण्डेले भनिन्।

“धरौटी नभएर अर्काको सहयोगबाट उम्मेदवारी दर्ताका गराएका विपन्न वर्गका पनि मान्छे छन्।” नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना ठूलो जरिबाना तिराउने आयोगको निर्णय “अव्यावहारिक” भएको बताउँछन्।

कतिपय उम्मेदवार वा निर्वाचित जनप्रतिनिधिको श्रीसम्पत्ति नै आयोगले तोकेको जरिबाना रकम बराबर पनि नभएको उनको दाबी छ। “विपन्न, दलित, भुइँमान्छे जसका हात समातेर उम्मेदवारी दिन लगाइएको थियो उहाँहरूले त्यत्रो रकम कसरी तिर्न सक्नुहुन्छ?,” ढुङ्गानाको प्रश्न छ।

“अर्को कुरा खर्च विवरण निर्धारित समयसीमाभित्र अनिवार्य रूपमा बुझाउनैपर्छ भन्ने विषयमा आयोगले जनचेतनाका कति कार्यक्रम गरेको थियो त?”

निर्वाचन आयोग के भन्छ?

विद्यमान ऐन, कानुनमा टेकेर मात्र आफूहरूले केही गर्न सक्ने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन्। “मौजुदा ऐन, कानुनअनुसार मिनाहा गर्ने व्यवस्था छैन। राष्ट्रपतिज्यूबाट माफी, मुलतबी, मिनाहा गर्न सक्ने व्यवस्थालाई लिएर उहाँहरूले सोच्नुभएको होला,” उनले भने।

“तर आयोगले त्यतापट्टि केही सोचेको छैन। आयोगले त मौजुदा निर्वाचन ऐन अनुसार काम गर्छ। त्यो अनुसार नै आफ्नो कारबाही अगाडि बढाएको हो।” आयोगसँग न ढिला बुझाएकालाई छुट दिने न त खर्च विवरण नबुझाएकालाई मिनाहा गर्ने अधिकार रहेको अर्याल बताउँछन्।

“अब विद्यमान कानुनमा केही संशोधन वा परिमार्जन गर्नुपर्ने भए सम्बन्धित पक्षले गर्ने हो। हामीले त भएको व्यवस्था कार्यान्वयन मात्रै गरेको अवस्था हो।”

“भदौ ३१ गतेबाट गणना हुनेगरी ६ महिनाभित्र बुझाउनुपर्ने हो। नत्र निर्वाचित जनप्रतिनिधिको हकमा पद नै जोखिममा पर्छ,” सहायक प्रवक्ता अर्यालले भने।

गृह मन्त्रालय के भन्छ?

राष्टपतिबाट जरिबाना मिनाहा गराइदिनका लागि भन्दै निवेदन परेको भए पनि त्यसबारे अहिले अध्ययन भइरहेको गृह मन्त्रालयले जनाएको छ।

“माफी, मुलतबी दिनुपर्ने खण्डमा गृह मन्त्रालयमार्फत्‌ राष्ट्रपतिसमक्ष निवेदन गर्ने प्रावधान छ। सोहीअनुसार उहाँहरूको निवेदन आएको हो,” मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले बीबीसीसँग भने।

उनका अनुसार आर्थिक दायित्वसम्बन्धी विषय भएकोले अर्थ मन्त्रालय र कानुनी विषय समेत जोडिकोले महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श गर्नुपर्ने हुन्छ। “त्यसपछि बल्ल के गर्ने भन्ने सन्दर्भमा मन्त्रालयले निर्णय गर्ला। राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्‌मार्फत्‌ नै जाने हो,” बस्नेतले थपे।

जनप्रतिनिधिहरू भने आयोगले तोकेको जरिबाना मिनाहा हुनेमा विश्वस्त देखिन्छन्। “स्थानीय जनभावनाको कदर हुनेछ भनी हाम्रो विश्वास छ। यो नहुने भन्ने प्रश्न हुँदै हुँदैन,” गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष पाण्डेले भनिन्।

“सङ्घीयता कार्यान्वयन गर्ने आधारशिलाका रूपमा रहेको स्थानीय तहका जनप्रतिनिधिलाई सङ्घीय वा प्रादेशिक राजधानीमा बस्ने जनप्रतिनिधिलाई जस्तो हेरिने छैन भन्ने हाम्रो विश्वास छ।”

नेपाल नगरपालिका सङ्घका अध्यक्ष ढुङ्गाना पनि राष्ट्रपतिबाट जरिबाना मिनाहा गराउनुको विकल्प नभएको तर्क गर्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending