काठमाडौँ । पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुगेका छन्। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थालेका हुन्।
सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्छिन्। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थालेकी हुन् ।
उनले घरव्यवहार धान्नकै लागि श्रीमान् खाडी मुलुक गएको बताए। भाषा परीक्षा पास भए छोरीलाई माइतमै छोडेर कोरिया जाने योजनामा छन् उनी।
बिन्दुले भनिन्, “यहाँ जति दुःख गरे पनि सम्भावना छैन, एक पटक कोरिया छिर्न पाए एक पुस्ता पुग्ने कमाइएला भनेर यतातिर लागेँ।” कोरियाको चक्करमा रहेकी सरु मगरका पति वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको पाँच वर्ष भयो। “अहिले कार्यरत कम्पनीमा सोचेजस्तो कमाइ नभएपछि भाषा पढेर कोरिया जानुस् भन्दा म पास गर्न सक्दिनँ तिमी पढेर जाऊ म आएर छोरी र व्यवहार सम्हाल्छु भनेपछि इन्स्टिच्युट धाउन थालेकी हुँ,” सरु भन्छिन्।
पाँचथरको फिदिममा सञ्चालन भइरहेका कोरिया भाषा सिकाइ केन्द्रहरूमा भेटिने सरु र बिन्दु वैदेशिक रोजगारीको चक्करमा रहेका महिलाको प्रतिनिधि पात्र हुन्।
यहाँ सञ्चालित पाँचवटा सिकाइ केन्द्रमा भाषा पढ्नेहरूको लाममा भेटिने १७ देखि ३५ वर्ष उमेर समूहका महिलामध्ये प्रायः नेपालमा रोजगारी नपाइने र पाइहाले घरव्यवहार धान्नै कठिन हुने देखेर यसतर्फ आकर्षित भएको बताँउछन्।
फिदिमको एक लघुबित्त कम्पनीमा काम गरिरहेकी २२ वर्षीया अल्का लिम्बू यहाँको आम्दानीले पेट पाल्नै मुस्किल परेकाले कोरियन भाषा सिक्न सिकाइ केन्द्र धाउन थालेको बताइन्।
“रोजगारदाता वित्तीय संस्थाले दिएको लक्ष्य पूरा गर्न रातोदिन खट्छु, महिना मर्दा पाएको पारिश्रमिकले व्यवहार धान्नै कठिन, रोजगारीका अरू सम्भावना छैनन्, विदेश नगएर के गर्ने ?” उनले भनिनन् ।
फालेलुङ–२ की १७ वर्षीया अम्बिका अधिकारी पनि कोरियन भाषा सिकिरहेकी छन्। सिद्वकाली मावि कक्षा १२ मा अध्ययनरत उनी तीन महिनादेखि सदरमुकाममा डेरा लिएर बिहान कोरियन भाषा र दिउँसो विद्यालयको कोर्स ट्युसन पढ्छन्।
गाउँठाउँका अग्रज धेरै पढेलेखे पनि जागिर नपाएर भौँतारिनुपरेको, सानोतिनो जागिरका लागि पहुँचमा भएका नेता र आफन्त गुहार्नुपरेको देखेर बेलैमा विकल्प खोज्न थालेको उनले बताए । यो समाचार गोरखपात्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: