Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

राष्ट्रपतिको निर्वाचनबारे माओवादी केन्द्रमा दुई धार

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन्। 

माओवादी केन्द्रको एउटा समूहले यही गठबन्धनभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने बताइरहँदा अर्कोले दलविहीन व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ। माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान 

दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन्। जिल्लाजिल्लाबाट पनि एमालेसँगको सहकार्य गर्ने तर झुकेर नभई एमालेकै व्यक्तिलाई राष्ट्रपति बनाए पनि सबै दलको भावना बुझ्नेलाई ल्याउनुपर्ने सुझाव आइरहेको बताइएको छ।  

‘अहिलेको अवस्थामा वामपन्थी दलहरूबीचको सहकार्य र समन्वय आवश्यक देखिन्छ। राष्ट्रिय हितलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। राष्ट्रपति भएपछि एक दललाई होइन, सबै दलको भावना समेट्नुपर्छ भन्ने आवाज आएको छ। त्यसले गर्दा राजनीतिक दलभन्दा माथिको व्यक्तिलाई समर्थन गरेर जान सकिन्छ भन्ने धारणा पनि आएको छ। अर्थात्, राष्ट्रपतिबारे दुवै कोणबाट छलफल हुँदैछ,’ माओवादी केन्द्रका एक उच्च नेताले भने। 

ती नेताका अनुसार सबैको सुझाव लिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको विषयलाई अघि सारेका हुन्।

माओवादीका स्थायी कमिटी सदस्यहरूले अहिलेको अवस्थालाई मात्रै ध्यान दिने नभई पार्टीलाई भोलिका दिनमा पनि बचाएर लैजान वामपन्थी शक्तिहरूबीच नै सहकार्य गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छन्। 

सहकार्य र गठबन्धन फेरिरहँदा जनमानसमा राम्रो सन्देश नजाने र एमालेलाई बाहिर राखेर वाम गठबन्धन वा सहकार्य गर्दा पनि एमालेभन्दा ठुलो हुने अवस्था नभएकाले एमालेलाई चिढ्याउनेभन्दा फकाउने नीतिमा गए परिस्थिति अनुकूल हुन सक्ने सुझावसमेत आएको माओवादीका ती पदाधिकारीको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: