Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

कांग्रेस नेतासँग 'भारतीय दूत'को चासो- पुरानो गठबन्धन कसरी भत्कियो?

खबरडबली संवाददाता

काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्राको काठमाण्डू-यात्राले नेपालमा जारी आन्तरिक राजनीतिक खेलबारे थप अड्कलबाजी बढेको देखिएको छ।

लामो समयदेखि नेपालको आन्तरिक राजनीतिमा प्रभाव राख्ने पहिचान बनाएको छिमेकी देशबाट क्वात्रा कूटनीतिज्ञको रूपमा ओर्लिए।

तर फर्किँदासम्म उनले गरेको सघन राजनीतिक भेटवार्ताका कारण कतिपयले उनको नेपाल आगमनलाई राजनीतिक यात्राको रूपमा अर्थ्याएको देखिन्छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधवार प्रतिनिधिसभाको बैठकमा उनको भ्रमणलाई आन्तरिक राजनीतिसँग जोडे।

उनले निर्वाचन तालिका प्रकाशित भइसकेको राष्ट्रपतिको चुनावसँग भारतीय विदेश सचिवको भ्रमणको सम्बन्ध रहेको आशङ्का प्रकट गरे।

क्वात्राको चासो

अघिल्लो सत्ता गठबन्धन नभत्कियोस् र नेपाली कांग्रेसकै नेतृत्वमा त्यो अघि बढोस् भन्ने चाहना भारतले राखेको भन्ने विश्लेषणहरू भइरहेका थिए। तर त्यो भत्कियो।

त्यसैले धरमराउने सङ्केत देखिएको नयाँ सत्ता समीकरण र त्यससँग जोडिएको राष्ट्रपति निर्वाचनसँग भारतीय विदेश सचिवको भ्रमणलाई जोडेर हेर्नेहरू पनि छन्।

तर क्वात्रासँग भेट गरेका कांग्रेस नेता बालकृष्ण खाणले आफू पूर्व गृहमन्त्री भएकाले देशको शान्ति सुरक्षाको चर्चा हुनुका साथै लुम्बिनीको विकास र भैरहवा विमानस्थलबारे भारतीय सहयोगको विषयमा भेटघाट केन्द्रित भएको बताए।

वर्तमान सत्ता समीकरण र राष्ट्रपतिबारे खासै कुरा नभएको उनको भनाइ छ।

उनका अनुसार प्रसङ्गवश विदेश सचिवले सोधे, “तपाईँहरू त तत्कालीन समीकरणलाई बचाएर लानुपर्छ भनेर लाग्नु भएको थियो, चुनावसम्म त बच्यो तर पछि कसरी फेरबदल भयो?”

एमालेले मौकाको सदुपयोग गरेको विश्लेषण

नेता खाणले त्यसको विश्लेषण सुनाए। उनका भनाइमा नेपालमा कांग्रेस र एमालेबीच पनि सहमति र सहकार्य होस् भन्ने चाहना रहेको थियो र त्यसमा कांग्रेसका नेताहरूले भरोसा गरे।

खाणले सुनाए, “कांग्रेस सबैभन्दा ठूलो पार्टी पनि बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बनोस् र अघि बढोस् भन्ने चाहनामा हाम्रा नेताहरू प्रस्तुत हुनु भएको हो। तर एमाले र माओवादीले नयाँ गठबन्धन गर्ने मौका पाए र त्यो मौकाको सदुपयोग एमालेले गर्‍यो भनिदिएँ मैले।”

त्यसपछि उनको प्रतिक्रिया? खाणका अनुसार भारतीय विदेश सचिव क्वात्राले ‘खासै’ प्रतिक्रिया दिएनन्। एमालेले पार्टी सभापति शेरबहादुर देउवालाई साथ दिने वचन दिएको उनको भनाइ छ।

खाणले भने, “मैले कसैलाई आरोप प्रत्यारोप गर्न चाहन्न। कांग्रेसले भरोसा गर्नु पनि स्वाभाविक हो तर हरेक कुरामा हामीले विश्लेषण गर्न पर्ने र चनाखो हुनुपर्ने अवस्था थियो र छ।”

एमालेका नेताहरूले भने अघिल्लो गठबन्धन फुटाउने आफूहरूको घोषित नीति रहेको र त्यसअनुसार कांग्रेसले ठोस प्रस्ताव नै नल्याउँदा माओवादीले चाँडो निर्णय गरेको भन्दै कांग्रेसलाई धोका दिएको कुरा अस्वीकार गर्दै आएका छन्।

राष्ट्रपति चुनावमा भ्रमणको प्रभाव?

आउँदो राष्ट्रपति चुनावका कारण वर्तमान सत्ता गठबन्धनभित्र पनि विवाद बढ्ने अनुमान भइरहेका छन्।जनमोर्चाका सांसद केसीले प्रतिनिधिसभाको बैठकमा बोल्दा विदेश सचिवको भ्रमणलाई त्यस प्रसङ्गसँग जोडे।

केसीले विगतमा शक्ति राष्ट्रले अप्रत्यक्ष रूप खेल खेल्ने गरेको बताउँदै भने, “अहिले त प्रत्यक्ष रूपले आफ्नो देशको अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने जुन खालको खेल चलिराखेको छ, यसले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइराखेको छ।”

क्वात्राले राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरेका थिए।

केसीले त्यसप्रति पनि असन्तुष्टि जनाए, “हामीलाई लाज लाग्दैन कि शक्ति राष्ट्रहरूका मान्छे आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट हामीले आफ्नो दुनो सोझ्याउने काम गरिराखेका छौँ।”

कूटनीतिज्ञ र राजनीतिक दूत?

भारतीय राजदूतको रूपमा नेपाल बसेका विदेश सचिव क्वात्राको सम्बन्ध नेपाली नेताहरूसँग स्वाभाविक रूपमा धेरै छ।

उनीसँग भेट गर्ने एक नेता हुन्, हृदयेश त्रिपाठी। आफू स्वास्थ्य मन्त्री भएका बेला कोभिड महामारीमा खोप लगायतका विषयमा समन्वय भएको र आफूहरूबीच खुला रूपमा कुराकानी हुने सम्बन्ध रहेको त्रिपाठीको भनाइ छ।

तर क्वात्राले राजनीतिप्रति चासो नदेखाएको बताउँदै त्रिपाठीले भने, “राजनीति तपाईँहरूको आफ्नो कुरा हो, चुनावपछि पनि जुन ढङ्गको संसद्को बनावट छ त्यसैअनुसार तपाईँहरू अघि बढी हाल्नुहुन्छ भन्दै मसँगको कुराकानीमा उहाँले राजनीतिक चासो लिएको पाइनँ। जबकि मसँग फ्र्याङ्कली (खुला) कुरा हुन्छ।”

उनका भनाइमा क्वात्राको भ्रमण ऊर्जा निर्यात लगायतका विकास परियोजनाहरूबारे नियमित काममा केन्द्रित रहेको उनले बुझेका छन्।

पृष्ठभूमि कूटनीतिज्ञको भए पनि क्वात्राको भेटघाटले उनी भारतको राजनीतिक दूतको रूपमा आएको अर्थ लगाएको पनि पाइन्छ। संयोगवश पूर्व विदेश सचिव एस जयशङ्कर अहिले भारतको विदेश मन्त्री छन्।

विदेश सचिव हुँदा उनी २०७२ सालमा काठमाण्डू आएर तत्काल हुबहु संविधान जारी नगर्न आग्रह गरेको नेपाली नेताहरूले बताउने गरेका छन्।

उनी भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा नेपाल आएका थिए। तर उनको प्रयास विफल भएको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending