काठमाडौ । वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ । त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरुलाई विदेश पठाएको पाइएको छ ।
त्यसैगरी विदेश जान लागेको र मानव बेचबिखनको उच्च जोखिममा पर्ने देखिएका दुई सय ५० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्युरोको प्रहरी टोलीले फिर्ता गराएको पनि उहाँले जानकारी दिए।
यस्तै माघमा मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको आरोपमा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ । गएको एक महिनामा एक महिला र पाँच पुरुष गरी छ जनामाथि अनुसन्धान सम्पन्न गरी अदालतमा मुद्दा चलाइएकामा उनीहरु पूर्वपक्षका लागि कारागार चलान भएका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - १५:३१
काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...
जेष्ठ १८ गते, २०८३ - १५:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...
जेष्ठ १८ गते, २०८३ - १४:५७
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकका क्रममा देखिएको असहज अवस्था र विपक्षी दलहरूको निरन्तर विरोधका बीच सभाको कारबाही अ...
जेष्ठ १८ गते, २०८३ - १४:५१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नभएसम्म संसद्को कामकारब...
जेष्ठ १८ गते, २०८३ - १४:४७
प्रधानमन्त्रीले देशवासीसमक्ष माफी नमागेसम्म संसद्मा विरोध जारी रहने एमालेको चेतावनी
जेष्ठ १८ गते, २०८३ - १४:४०
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै बैठकमा अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबा...
जेष्ठ १८ गते, २०८३ - १४:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठकको क्रममा विभिन्न दलका स...
जेष्ठ १८ गते, २०८३ - १३:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन...
जेष्ठ १८ गते, २०८३ - १३:२४
घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरप...
जेष्ठ १८ गते, २०८३ - १३:१६
डडेल्धुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ । परशुराम नगरपालिका–५ परिगाउँ क्षेत्रस्थित महाकाली ...



प्रतिकृया लेख्नुहोस्: