Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

प्रधानमन्त्रीलाई एमालले भन्यो: संसद् कुनै फुटबल खेल्ने मैदान वा फेसन शो गर्ने स्थान होइन

प्रधानमन्त्रीले देशवासीसमक्ष माफी नमागेसम्म संसद्मा विरोध जारी रहने एमालेको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति सच्याउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। उनले संविधान र राष्ट्रिय हितविरुद्ध जाने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महरले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र आपत्तिजनक भएको टिप्पणी गरे।

“यो सदन, यो व्यवस्था र यो संविधान नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको हो। तर प्रधानमन्त्रीबाट राष्ट्रघाती र देशद्रोही प्रकृतिको अभिव्यक्ति आएको छ,” उनले भने, “उक्त अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले माफी माग्नुपर्छ।”

महरले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अभिन्न भूभाग भएको दोहोर्‍याउँदै नेपालले कुनै पनि देशको भूमि अतिक्रमण नगरेको दाबी गरे।

'नेपालले कतै पनि एक इन्च भूमि मिचेको छैन। यदि थाहा छैन भने अध्ययन गर्नुस्, पढ्नुस्, आवश्यक परे हामीसँग सिक्न आउनुस्,' उनले भने।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमानमा चोट पुगेको आरोप लगाउँदै विदेशी सञ्चारमाध्यममा समेत त्यसको चर्चा भएको बताए।

“आज सिंगो नेपालीको शिर झुकाउने काम भएको छ। भारतीय सञ्चारमाध्यममा यसलाई खुसीयालीका रूपमा प्रस्तुत गरिएको छ,” उनले भने, “प्रधानमन्त्रीबाट विदेशीलाई खुसी पार्ने काम भएको हो कि भन्ने आशंका उत्पन्न भएको छ।”

महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणलाई समेत जोड्दै प्रश्न उठाए, 'भारत जानुअघि गरिएको चाकडी त होइन ?'

प्रधानमन्त्रीको पोशाकप्रति पनि आपत्ति जनाउँदै उनले संसद्को गरिमा कायम राख्न आग्रह गरे।

“संसद् कुनै फुटबल खेल्ने मैदान वा फेसन शो गर्ने स्थान होइन,” उनले भने, “अन्य कार्यक्रममा नेपाली पोशाकमा सहभागी हुने प्रधानमन्त्री सदनमा भने खेलकुद पोशाकजस्तै देखिने पोशाकमा आउनु उचित होइन।”

महरले प्रधानमन्त्रीले देशवासीसमक्ष माफी नमागेसम्म संसद्मा विरोध जारी रहने चेतावनी दिएका छन्। “प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर माफी नमागेसम्म हाम्रो विरोध जारी रहनेछ,” उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समस्या समाधानमा विपक्षीको साथ नपाएको सभामुख अर्यालको गुनासो गुनासो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...

संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्‌मा विपक्षीको विरोध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकका क्रममा देखिएको असहज अवस्था र विपक्षी दलहरूको निरन्तर विरोधका बीच सभाको कारबाही अ...

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म सदन अघि नबढाउन नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नभएसम्म संसद्को कामकारब...

प्रधानमन्त्रीलाई एमालले भन्यो: संसद् कुनै फुटबल खेल्ने मैदान वा फेसन शो गर्ने स्थान होइन

प्रधानमन्त्रीले देशवासीसमक्ष माफी नमागेसम्म संसद्मा विरोध जारी रहने एमालेको चेतावनी

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै बैठकमा अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबा...

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध भएपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठकको क्रममा विभिन्न दलका स...

प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन विपक्षी दलहरू एकमत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु, आमा घाइते

घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending