Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म सदन अघि नबढाउन नेकपाको माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नभएसम्म संसद्को कामकारबाही अघि नबढाउन माग गरेको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा दलको धारणा राख्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन र राष्ट्रहितविपरीत रहेको आरोप लगाए।

उनले यस्तो अभिव्यक्ति सीमासम्बन्धी विषयमा गम्भीर अज्ञानताको परिणाम भएको दाबी गर्दै आपत्ति जनाए।

“सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले यसरी तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती हो। परराष्ट्र मन्त्रालयले पनि क्रस बोर्डर अतिक्रमण जस्ता शब्द प्रयोग गरेर गलत व्याख्या गर्नु अर्को त्रुटि हो,” दुलालले भने।

उनले लिपुलेक क्षेत्रमा करिब ६० हजार नेपाली भूमि भारतले अतिक्रमण गरेको दाबी दोहोर्‍याउँदै नेपालले भारतको भूमि मिचेको भन्ने कुराको कुनै तथ्य नभएको बताए।

दुलालले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् अघि नबढाउन आग्रह गर्दै यसलाई गम्भीर राजनीतिक विषयका रूपमा लिनुपर्ने धारणा राखे।

उनको भनाइसँगै संसद्मा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर जारी विवाद थप चर्किएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समस्या समाधानमा विपक्षीको साथ नपाएको सभामुख अर्यालको गुनासो गुनासो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...

संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्‌मा विपक्षीको विरोध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकका क्रममा देखिएको असहज अवस्था र विपक्षी दलहरूको निरन्तर विरोधका बीच सभाको कारबाही अ...

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म सदन अघि नबढाउन नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नभएसम्म संसद्को कामकारब...

प्रधानमन्त्रीलाई एमालले भन्यो: संसद् कुनै फुटबल खेल्ने मैदान वा फेसन शो गर्ने स्थान होइन

प्रधानमन्त्रीले देशवासीसमक्ष माफी नमागेसम्म संसद्मा विरोध जारी रहने एमालेको चेतावनी

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै बैठकमा अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबा...

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध भएपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठकको क्रममा विभिन्न दलका स...

प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन विपक्षी दलहरू एकमत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु, आमा घाइते

घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending