Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

बलुन विवादले चीन र अमेरिकाबीच अविश्वास गहिरियो

खबरडबली संवाददाता

काठमाडौं । बलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बलुनलाई गोली हानेकोमा "कुनै माफी नमाग्ने" अडान दोहोर्‍याए।

जसको केही घण्टामा चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले "तनाव बढाउँदै वार्ताको लागि अनुरोध गर्न नसक्ने" जनायो।

चीनले अमेरिकी आकाशमा भेटिएका बलुनहरू जासुसी नभएको दाबी गरिरहँदा अमेरिकाले आफ्नो आरोपलाई समर्थन गर्ने थप विवरणहरू खुलासा गरिरहेको छ।

यस मामिलामा वासिङ्टन र बेइजिङले एकअर्काप्रति जनाएका प्रतिक्रियालाई अन्य देशहरूले भूराजनीतिक स्थिरता र राष्ट्रिय सुरक्षाको कसीमा नजिकबाट नियालिरहेको जनाएका छन्।

दुई देशबीचको सम्बन्धलाई नजिकबाट नियालिरहेका पर्यवेक्षकहरूले दुई देशबीचको सम्बन्धमा बढ्दै गएको खाडल कम गर्न चुनौती हुने बताएका छन्।

कतिपयका लागि बलुन प्रकरणले धेरै देशहरूलाई चीनको निगरानी क्षमतालाई लिएर चिन्ता बढाएको छ। किनभने सरकारहरूले चीनले गर्ने निगरानीबारे आफूलाई थाहा नभएका विषयहरूको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ।

ताइवानको आकाशमा चिनियाँ बलुन

अमेरिकाले चिनियाँ बलुन खसालिदिएपछि यसै साता अमेरिकाको एउटा प्रमुख सहयोगी देश जापानले समेत आफ्नो आकाशमा विगतमा देखिएका अज्ञान बस्तुको पुन: विश्लेषण गरिएको जनाएको छ।

जसमध्ये तीनवटा चिनियाँ जासुसी बलुन रहेको आफूहरूलाई “बलियो आशङ्का” रहेको अधिकारीहरूले बताएका छन्।

चीनले आफ्नो भूमि दाबी गर्दै आएको अर्को अमेरिकी साझेदार ताइवानको आकाशमा पनि विगतमा दर्जनौँ चिनियाँ सैन्य बलुनहरूले जासुसी गरिरहेको एकजना ताइवानी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सिअल टाइम्सले जनाएको थियो।

पछि ताइवानको रक्षा मन्त्रालयले आफ्नो भूभागमा चिनियाँ मौसम सम्बन्धी बलुनहरू मात्रै देखिएको प्रष्टीकरण दियो।

यद्यपि ताइवानले आफ्नो हवाई क्षेत्रमा कुनै पनि शङ्कास्पद सैन्य वस्तुहरू देखिए गोली प्रहार गर्न कुनै हिचकिचाहट नहुने चेतावनी दिएको छ।

“अरू देशले विगतमा के हुन्थ्यो भनेर थाहा पाएका थिइनन्। अब उनीहरूले थाहा पाए। यसले अरू देशहरूको हकमा बुझाइमा रहेको खाडल उजागर गरेको छ। र चीनले यो खाडलको फाइदा उठाएको कुरा नौलो होइन,” कार्नुगी चाइनाका गैरआवासीय अनुसन्धानकर्ता इयान चोङ भन्छन्।

अमेरिकी दाबीमा विश्वास गर्नेहरूले चीनको निगरानी क्षमताको कम आकलन भइरहेको ठानेका छन्।

“यसले के देखाउँछ भने चीनको जनमुक्ति सेनाले जुनसुकै प्रविधि र मिसन प्रयोग गरेर चीनको शक्ति प्रदर्शन गर्ने क्षमता देखाउन, निगरानी गर्न र अमेरिकालाई जोखिममा पार्न जे पनि गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयका पूर्व अधिकारी ड्रु थम्सनले भने।

उनले चीनले आफ्नो प्रतिष्ठामा पर्न सक्ने प्रभाव, अन्तर्राष्ट्रिय कानुनको दायित्व लगायतका विषयहरूलाई प्राथमिकता नदिई यस्ता गतिविधि गरिरहेको दाबी गरेका छन्।

'आवश्यकता भन्दा बढी प्रतिक्रिया'

अन्तर्राष्ट्रिय समुदायले यस विषयमा ठूलो विरोध नजनाउँदा विश्व थप असुरक्षित हुने दाबी गर्दै ड्रु थम्सनले अन्तर्राष्ट्रिय कानुनको कमजोरी समेत उजागर गरेको बताए।

कतिपय जानकारहरूले यस मामिलामा जनाएको प्रतिक्रिया विश्वको शक्ति राष्ट्र बन्ने प्रयास र त्यसका लागि विश्वास जित्ने चीनको प्रयत्न सुहाउँदो नभएको टिप्पणी गरेका छन्।

चीनले समेत उक्त बलुन मौसम अध्ययनका लागि छोडिएको गैरसैनिक दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने थप प्रमाणहरू सार्वजनिक गर्न सकेको छैन।

बलुन कुन कम्पनीले उडाएको थियो भन्नेजस्ता विवरण बाहिर आएका छैनन्। पारदर्शिताको अभावका कारण मानिसहरूमा थप शङ्का बढेको अनुसन्धानकर्ता चोङ बताउँछन्।

यस घटनासँगै बेइजिङले पनि विगतमा अमेरिकाले चीनमा १० वटा जासुसी बलुन उडाएको दाबी गरेको छ। अमेरिकाले अस्वीकार गरेको यस्तो दाबीले मानिसहरूलाई थप दोधार बनाएको चोङ बताउँछन्।

“एक अर्काको देशमाथि बलुन उडाउने स्वीकार्य अभ्यास भएको कुरा चीनले बताउन खोजेको हो?” चोङको प्रश्न छ।यस्तो दाबी आफ्नो सार्वभौमसत्तामा कुनै सम्झौता नगर्ने चिनियाँ अडान विपरीत मात्र नभई कुनै पनि आरोपलाई अर्को आरोप लगाएर खण्डन गर्ने शैली भएको थम्सन बताउँछन्।

तर यस मामिलामा अमेरिकाले जनाएको प्रतिक्रियाले चीनको पक्ष लिइरहेकाहरूलाई समेत निराश बनाएको छ।यसै साता उत्तर अमेरिकी क्षेत्रको आकाशबाट खसालिएका तीनवटा अन्य वस्तुहरू विदेशी जासुसी उपकरण नभएको अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन्।

आफ्ना निर्णयको प्रतिरक्षा गर्दै अमेरिकी राष्ट्रपति बाइडनले व्यावसायीक वायुयानहरूको सुरक्षा र संवेदनशील क्षेत्रमा जासुसी गर्न सक्ने भएका कारण ती वस्तुहरूलाई खसालिएको बताएका छन्।

बेइजिङस्थित थिङ्क ट्याङ्क सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेनका उपाध्यक्ष भिक्टर गाओ अमेरिकाले “आवश्यकता भन्दा बढी प्रतिक्रिया” जनाएर बलुनहरू खसालेको बताउँछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending