Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

राष्ट्रपतिमा माधव नेपालको ‘तयारी’, माओवादी ‘सकारात्मक’

प्रचण्डको रणनीति- राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने, गठबन्धन पनि जोगाउने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्चा चुलिएको छ। उनको दलका एक जना नेताले राष्ट्रपतिको प्रस्ताव आएमा पार्टीले स्वीकार गर्ने बताएका छन्।

उपमहासचिव गङ्गालाल तुलाधरले भने, “कसैको प्रस्तावमा उम्मेदवार हुन पाउने वा नपाउने कुराले त्यति धेरै उत्साहित हुने कुरा छैन। तर प्रस्ताव आयो भने स्वीकार गर्नुपर्छ भन्ने नै छ।”

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेता नेपालको नाम विकल्पको रूपमा चर्चा गरेको खबरबारे टिप्पणी गर्दै उनले त्यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेस नेतासँगको औपचारिक छलफलमा नेकपा एमालेबाट नेता नेपालको नाम प्रस्ताव हुनसक्ने सम्भावना औँल्याएको खबर बाहिर आएको छ।

समीकरण फेर्न सक्ने हैसियत?

नेता तुलाधरका बुझाइमा उनको दलसँग राष्ट्रपति चुनावमा आवश्यक पर्ने मत भार राम्रै छ।

उनले भने, “दोस्रो कुरा गठबन्धन तोडिने, नयाँ गठबन्धन बन्ने, पुरानो सरकार जाने, नयाँ सरकार बन्ने स्थिति पनि होला। त्यसो हुँदा हामीसँग रहेका १० जना सांसदको भूमिका महत्त्वपूर्ण नै हुन्छ।”

त्यसैले आफ्नो दललाई अरूले प्रस्ताव गर्दा स्वीकार गर्नुपर्ने कुरा भएको उनको भनाइ छ, “त्यसकारण अरूलाई बनाउने मात्र होइन, आफू बन्ने सम्भावना भयो भने होइन होइन हामी बन्दैनौँ किन भन्नु पर्‍या छ र?”

माधव नेपालको पार्टीले साथ दिएमा सरकार बनाउँदा सुरुमा समर्थन गर्ने दलहरू एक ढिक्का रहे तर माओवादी मात्रै बाहिरियो भने पनि नयाँ सरकार बनाउने बहुमत उनीहरूसँग रहने देखिन्छ।

एमाले अध्यक्ष केपी ओली र नेता नेपालबीचको कटुतापूर्ण सम्बन्धका कारण एमालेले प्रस्ताव गर्ने अनि कांग्रेस र माओवादी छाडेर माधव नेपाल एमालेसँग नजिक हुने सम्भावना कमजोर रहेको ठान्नेहरू पनि छन्।

कांग्रेसलाई धोका हुन्न?

तर एमालेले कांग्रेस आफूसँग नयाँ समीकरण गर्न तयार नहुने र माओवादीले कुनै हालतमा राष्ट्रपति नदिए एमालेले कांग्रेस-माओवादी सम्भावित समीकरण रोक्न जुनसुकै विकल्पहरू अघि सार्न सक्ने विश्लेषण पनि गरिन्छ।

त्यसैले नेता नेपालको नाम चर्चामा आएको बताइन्छ। त्यसको निम्ति अनौपचारिक कुराकानी र छलफल पनि दुई पक्षबीच भएको नेकपा एकीकृत समाजवादीका नेताहरूले नै स्वीकार गरेका छन्।

‘एमालेले नेपालको नाम अघि सार्ने तर कांग्रेसमाथि विश्वासघात भएको मनोविज्ञान बन्ने अवस्था आफ्नो निम्ति प्रिय नहुने कुरा आफूहरूबीच हुने गरेको’ नेता तुलाधरले बताए।

उनका अनुसार यदि ओली अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन दिनुभन्दा माधव नेपाललाई सबैले स्वीकार गर्ने अवस्था बन्दा त्यसबारे छलफल र बहस गर्न सकिने अनौपचारिक कुराकानी कांग्रेससँग विगतमा भएको थियो।

माओवादी केन्द्रले समर्थन गरेमा कांग्रेसलाई पनि मनाउन सकिने दाबी गर्दै उनी भन्छन्, “कांग्रेसले पनि हामीलाई भोट हाल्न सक्ने परिस्थिति सिर्जना गर्नुपर्ने हुन्छ, त्यो अलिकति गाह्रो काम छ, तर हामी गर्छौँ।”

प्रचण्डले साँच्चै कांग्रेसलाई राष्ट्रपति दिन्छन्?

नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका प्रमुख सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव अघिल्लो भेटमा गरिसकेका छन्।

गजुरलेले पनि गठबन्धन बचाएर राष्ट्रिय सहमति गर्ने आफ्नो पार्टीको अप्ठेरो नीति रहेको टिप्पणी गरे। तर एमालेले अडान नछाडेका बेला कांग्रेसलाई राष्ट्रपति दिने प्रस्तावमा कसरी राष्ट्रिय सहमति हुन्छ?

नेता गजुरेलको जबाफ थियो, “हामीले भन्ने त त्यही त हो नि। नत्र माओवादी र एमाले मिलेर सबै लिने अनि राष्ट्रिय सहमति गरौँ भन्नुको के अर्थ हुन्छ? एमाले र कांग्रेसबीच कुरा मिलेन भने सहमतिको कुनै विन्दु भेटियो भने त्यो बेला हामीले ठिक छ भन्ने कुरो हो।”

एमाले र कांग्रेसले नमान्दा भने माओवादी केन्द्रले उठाउँदै आएको राष्ट्रिय सहमति बन्ने छैन त्यसैले विकल्पबारे चर्चा हुन थालेको हो। त्यो विकल्प भनेको माधवकुमार नेपाल वा अन्य कुनै नेता हुन सक्ने बताइएको छ।

उक्त कुरा स्वीकार गर्दै गजुरेलको जबाफ छ, “सहमतिको प्रयास अन्तिम समयसम्म गर्ने हो। राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने तर गठबन्धन जोगाउने भन्ने नै छ।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending