Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

राष्ट्रपतिमा माधव नेपालको ‘तयारी’, माओवादी ‘सकारात्मक’

प्रचण्डको रणनीति- राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने, गठबन्धन पनि जोगाउने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्चा चुलिएको छ। उनको दलका एक जना नेताले राष्ट्रपतिको प्रस्ताव आएमा पार्टीले स्वीकार गर्ने बताएका छन्।

उपमहासचिव गङ्गालाल तुलाधरले भने, “कसैको प्रस्तावमा उम्मेदवार हुन पाउने वा नपाउने कुराले त्यति धेरै उत्साहित हुने कुरा छैन। तर प्रस्ताव आयो भने स्वीकार गर्नुपर्छ भन्ने नै छ।”

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेता नेपालको नाम विकल्पको रूपमा चर्चा गरेको खबरबारे टिप्पणी गर्दै उनले त्यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेस नेतासँगको औपचारिक छलफलमा नेकपा एमालेबाट नेता नेपालको नाम प्रस्ताव हुनसक्ने सम्भावना औँल्याएको खबर बाहिर आएको छ।

समीकरण फेर्न सक्ने हैसियत?

नेता तुलाधरका बुझाइमा उनको दलसँग राष्ट्रपति चुनावमा आवश्यक पर्ने मत भार राम्रै छ।

उनले भने, “दोस्रो कुरा गठबन्धन तोडिने, नयाँ गठबन्धन बन्ने, पुरानो सरकार जाने, नयाँ सरकार बन्ने स्थिति पनि होला। त्यसो हुँदा हामीसँग रहेका १० जना सांसदको भूमिका महत्त्वपूर्ण नै हुन्छ।”

त्यसैले आफ्नो दललाई अरूले प्रस्ताव गर्दा स्वीकार गर्नुपर्ने कुरा भएको उनको भनाइ छ, “त्यसकारण अरूलाई बनाउने मात्र होइन, आफू बन्ने सम्भावना भयो भने होइन होइन हामी बन्दैनौँ किन भन्नु पर्‍या छ र?”

माधव नेपालको पार्टीले साथ दिएमा सरकार बनाउँदा सुरुमा समर्थन गर्ने दलहरू एक ढिक्का रहे तर माओवादी मात्रै बाहिरियो भने पनि नयाँ सरकार बनाउने बहुमत उनीहरूसँग रहने देखिन्छ।

एमाले अध्यक्ष केपी ओली र नेता नेपालबीचको कटुतापूर्ण सम्बन्धका कारण एमालेले प्रस्ताव गर्ने अनि कांग्रेस र माओवादी छाडेर माधव नेपाल एमालेसँग नजिक हुने सम्भावना कमजोर रहेको ठान्नेहरू पनि छन्।

कांग्रेसलाई धोका हुन्न?

तर एमालेले कांग्रेस आफूसँग नयाँ समीकरण गर्न तयार नहुने र माओवादीले कुनै हालतमा राष्ट्रपति नदिए एमालेले कांग्रेस-माओवादी सम्भावित समीकरण रोक्न जुनसुकै विकल्पहरू अघि सार्न सक्ने विश्लेषण पनि गरिन्छ।

त्यसैले नेता नेपालको नाम चर्चामा आएको बताइन्छ। त्यसको निम्ति अनौपचारिक कुराकानी र छलफल पनि दुई पक्षबीच भएको नेकपा एकीकृत समाजवादीका नेताहरूले नै स्वीकार गरेका छन्।

‘एमालेले नेपालको नाम अघि सार्ने तर कांग्रेसमाथि विश्वासघात भएको मनोविज्ञान बन्ने अवस्था आफ्नो निम्ति प्रिय नहुने कुरा आफूहरूबीच हुने गरेको’ नेता तुलाधरले बताए।

उनका अनुसार यदि ओली अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन दिनुभन्दा माधव नेपाललाई सबैले स्वीकार गर्ने अवस्था बन्दा त्यसबारे छलफल र बहस गर्न सकिने अनौपचारिक कुराकानी कांग्रेससँग विगतमा भएको थियो।

माओवादी केन्द्रले समर्थन गरेमा कांग्रेसलाई पनि मनाउन सकिने दाबी गर्दै उनी भन्छन्, “कांग्रेसले पनि हामीलाई भोट हाल्न सक्ने परिस्थिति सिर्जना गर्नुपर्ने हुन्छ, त्यो अलिकति गाह्रो काम छ, तर हामी गर्छौँ।”

प्रचण्डले साँच्चै कांग्रेसलाई राष्ट्रपति दिन्छन्?

नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका प्रमुख सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव अघिल्लो भेटमा गरिसकेका छन्।

गजुरलेले पनि गठबन्धन बचाएर राष्ट्रिय सहमति गर्ने आफ्नो पार्टीको अप्ठेरो नीति रहेको टिप्पणी गरे। तर एमालेले अडान नछाडेका बेला कांग्रेसलाई राष्ट्रपति दिने प्रस्तावमा कसरी राष्ट्रिय सहमति हुन्छ?

नेता गजुरेलको जबाफ थियो, “हामीले भन्ने त त्यही त हो नि। नत्र माओवादी र एमाले मिलेर सबै लिने अनि राष्ट्रिय सहमति गरौँ भन्नुको के अर्थ हुन्छ? एमाले र कांग्रेसबीच कुरा मिलेन भने सहमतिको कुनै विन्दु भेटियो भने त्यो बेला हामीले ठिक छ भन्ने कुरो हो।”

एमाले र कांग्रेसले नमान्दा भने माओवादी केन्द्रले उठाउँदै आएको राष्ट्रिय सहमति बन्ने छैन त्यसैले विकल्पबारे चर्चा हुन थालेको हो। त्यो विकल्प भनेको माधवकुमार नेपाल वा अन्य कुनै नेता हुन सक्ने बताइएको छ।

उक्त कुरा स्वीकार गर्दै गजुरेलको जबाफ छ, “सहमतिको प्रयास अन्तिम समयसम्म गर्ने हो। राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने तर गठबन्धन जोगाउने भन्ने नै छ।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending