Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पाँच दलीय गठबन्धन ब्युँताउने गृहकार्य- कांग्रेसलाई राष्ट्रपति, पाँच बर्षभित्र माधव नेपाल पनि प्रधानमन्त्री !

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा पाँच दलीय गठबन्धन ब्युँताउनेबारे छलफल अघि बढेको छ। त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बिहीबार पनि विभिन्न दलसँग छलफल गर्दैछन्।

प्रचण्डले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा तथा लोकतान्त्रिक समाजवादी लोसपासँग पुनः छलफलको तयारी गरेका छन्।

उनले बिहीबार दलहरूसँग छलफल गरेपछि पुनः कांग्रेससँग छलफल गरेर राष्ट्रपति उम्मेदवारको खाका बनाउने तयारी भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। 

बालुवाटारमा बुधबार भएको छलफलमा पुरानो गठबन्धनका अन्य दलसँग पहिले प्रचण्डले छलफल गर्ने र त्यसपछि संयुक्त छलफल गरी राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति भएको थियो।

​बिहीबार नै नेपाली कांग्रेसले आन्तरिक छलफल गरेर उम्मेदवार टुंगो लगाउने भएको छ। त्यसका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने नेता पौडेलले जानकारी दिए। 

कार्यसम्पादन समितिको बैठकको समय तय भइसकेको छैन। राष्ट्रपति पदमा शनिबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ। राष्ट्रपति पदमा नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेपछि कांग्रेस र माओवादी पुरानै गठबन्धन ब्युँत्याएर अघि बढ्ने तयारी गरेका हुन्। 

कांग्रेस नेतृत्वको गठबन्धन ब्युँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म मूर्तरूप लिने नेताहरूले बताएका छन्।

एकीकृत समाजवादीलाई पनि सरकारको नेतृत्व नै दिएर भए पनि पुरानो गठबन्धनलाई निरन्तरता दिनेसम्मको तयारी भइरहेको बुझिएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending