महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी)लाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक राई नेतृत्वमा खटिगएको अख्तियारको टोलीले नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: