Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

पानी पुनःभरणका लागि एक सय ८८ पोखरी

खबरडबली संवाददाता

महोत्तरी । जताततै पानीका मुहान सुक्दै जाने र स्रोत गहिरिँदै गएपछि महोत्तरीमा पानी पुनःभरणका लागि पोखरी खनिएका छन् । जिल्लाको सुदूर उत्तरीक्षेत्रका पहाडी खोल्साखोल्सी नजिक पारेर एक सय ८८ पोखरी निर्माण गरिएका हुन् । 

युरोपियन युनियन, आष्ट्रियन विकास सहयोग, आड्रा नेपाल र रुपान्तरणसहितका राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा ‘जलवायु परिवर्तन प्रभाव न्यूनीकरणका लागि स्थानीय पहल’ परियोजनाअन्तर्गत सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल ती पोखरी निर्माण गरेको हो । 

“हामीले जिल्लाका तल्लो भेगसम्म बढ्दै गएको खानेपानीको सङ्कट मध्यनजर गरेर पानी पुनःभरणका लागि पोखरी निर्माणको कामलाई बढाएका छौँ”, पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले भने, “यी निर्माण भएका पोखरीमा सञ्चय भएको पानीले तल्लो भेगसम्म पानीको सतह गहिरिन नदिन मद्दत गर्नेछन् ।”

बढ्दो जलवायु परिवर्तनको असरले अनुकूल वर्षा हुन छाडेपछि पानीको सङ्कट बढ्दै गएको जलाधार तथा वातावरण विद्समेत रहेका यादवको भनाइ छ । 

चुरे पर्वत शृङ्खलाबाट निस्कने खोल्साखोल्सी व्यवस्थित गरेर बाढीले बगाउने गेग्र्यान मुहानमै थिग्र्याउने र छानिएर झरेको पानी पोखरीमा झार्ने व्यवस्था मिलाइएको छ । पछिल्लो एक दशकभित्र निर्माण गरिएका यी पोखरीमा रु ४२ करोड लिटर पानी सञ्चय भइराख्ने यादवको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending