Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

चीनको नयाँ प्रधानमन्त्री बन्न लागेका ली चियाङ नै सी जिन्पिङको उत्तराधिकारी बन्लान् ?

निरन्तर शक्तिमा रहेपनि सर्वसाधारणहरू माझ लोकप्रियता घट्दै गएकोप्रति सीको चिन्ता

खबरडबली संवाददाता

काठमाडौं । यसै साताको अन्त्यमा सुरु हुने चिनियाँ पार्टीको सम्मेलन राष्ट्रपति सी जिन्पिङको शक्ति केन्द्रीकरणको प्रतिकात्मक उत्कर्ष हुनेछ।

सी ले आफूलाई केन्द्रमा राख्दै चिनियाँ कम्युनिस्ट पार्टीलाई यसरी पुनर्संरचना गरेका छन् कि कसैले पनि उनलाई चुनौती दिन सहज छैन।

यो शक्तिको नयाँ उत्तराधिकारी हुने व्यक्तिलाई ‘रबर स्ट्याम्प’ भनिने कम्युनिस्ट पार्टीका ३,००० प्रतिनिधि सहभागी वार्षिक बैठकले अनुमोदन गर्दैछ।

चीनका प्रधानमन्त्री विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका व्यवस्थापक मात्रै नभई राष्ट्रपति सी पछिका दोस्रो शक्तिशाली व्यक्ति पनि हुन्।

प्रधानमन्त्रीबाट बाहिरिएका ली खछ्याङले पहिलो दिनको सत्रमा मञ्च पाउनेछन्।

सत्रको अन्त्यमा उनको ठाउँमा नयाँ प्रधानमन्त्री आउनेछन्। चीनको नयाँ प्रधानमन्त्री सम्भवतः ली चियाङ हुने ठानिएको छ।

चिनियाँ नेतृत्व

विशेषगरी राष्ट्रपति सी सँगको सामीप्यताका दृष्टिले उनीहरू निकै फरक पृष्ठभूमिका मानिसहरू हुन्।

सी ले भ्रष्ट्राचार विरोधी अभियानसँगै पार्टीमा आफ्नो प्रतिस्पर्धी गुटका धेरै नेतालाई कारबाही गरे।

गत अक्टोबरमा कम्युनिस्ट पार्टी कंग्रेसले देशको शक्तिशाली निकाय सात सदस्यीय पोलिटब्युरो स्थायी समिति नियुक्त गर्‍यो जसमा सीका निकटस्थहरू मात्रै अटाएका छन्।

अबको बैठकले धेरै वटा मन्त्रालय र विभागका प्रमुखहरूको हेरफेर गर्दैछ। त्यसमा पनि सी निकटहरू नै समावेश हुने ठानिएको छ।

यसको अर्थ उनीहरू योग्य नभएका भन्ने चाहिँ होइन। तर उनीहरूले आफूलाई नियुक्त गर्ने व्यक्तिलाई कति खुलेर सुझावहरू दिन सक्छन् भन्ने प्रश्न कतिपयले गरिरहेका छन्।

“एक पक्षबाट हेर्दा नयाँ नेतृत्वका कारण आफूले चाहेका काम गर्न सी लाई सजिलो हुन्छ। तर अर्को पक्षबाट हेर्दा उनी ‘इको च्याम्बर’मा फस्ने जोखिम पनि उत्तिकै छ,” एक जना अनुभवी व्यवसायीक व्यक्तित्वले बीबीसीसँग भने।

यी नियुक्तिहरूले चीनले लिने बाटोबारे के अर्थ राख्छन्?

प्रधानमन्त्री हुन लागेका ली चियाङको पृष्ठभूमी

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनमा अन्त्यसम्म बसेर छानिएका पत्रकारहरूको प्रश्न-उत्तरमा सहभागी भएका ली चियाङ प्रधानमन्त्री हुने निश्चित जस्तै छ।

ली चियाङ

यो नियुक्ति उनको राजनीतिक जीवनमा ठूलो फड्को हो। चीनको आर्थिक राजधानी भनिने साङ्घाइको प्रमुख रहेका उनले यसअघि उक्त सहरमा भएको दुई महिने कडा लकडाउनको नेतृत्व गरेका थिए।

त्यहाँ मानिसहरूले खाना र औषधीको अभावसँग सङ्घर्ष गर्नुपरेको थियो।

घरमा पुर्‍याइएका खानहरू पनि सडेको भन्दै मानिसहरूले सामाजिक सञ्जालमा राखेका थिए। लकडाउनबाट आक्रान्त मानिसहरूले प्रहरीका बारहरूमा लात मार्नुका साथै सुरक्षा गार्डहरूसँग झडप भएको थियो।

यही कारण उनलाई देशको दोस्रो प्रमुख पद दिइएकोमा धेरैले आश्चर्य माने।

“उनी चतुर छन् र कुशल सञ्चालक पनि हुन् तर उनले पद पाउनुको कारण चाहिँ सी प्रति उनको झुकाव नै हो,” चीनस्थित युरोपेली सङ्घको व्यापारिक संस्था चेम्बर अफ कमर्सका अध्यक्ष योर्ग वुत्का भन्छन्।

राष्ट्रपतिसँगको निकटता

चीनमा कम्युनिस्ट पार्टीका माथिल्लो तहका नेताहरूसँग संवाद गर्दै आएका वुत्का सन् १९९० यता चीनमा व्यापारमा संलग्न छन्।

शून्य कोभिड नीतिको असर व्यापार व्यवसायमा अझैसम्म पनि देखिइरहे पनि यसका लागि ली चियाङ मात्रै जिम्मेवार नरहेको उनीसहित अन्य व्यवसायीहरूको बुझाइ छ।

बरु अमेरिकी विद्युतीय कार टेस्लाको उत्पादन चीनमा ल्याउने श्रेय ली चियाङलाई जाने वुत्का बताउँछन्।

शून्य कोभिड नीति

त्यसअघि सन् २०१६ मा पूर्वी चीनको प्रविधि उत्पादनका कारण धनी प्रान्त जिआन्सुको सचिव हुँदा उनले अलिबाबाका संस्थापक ज्याक मा सहित प्रविधि कम्पनीहरूसँग व्यवसाय गर्ने वातावरणबारे छलफल चलाएका थिए।

तर अहिले माहोल फेरिएको छ। धेरै शक्तिशाली भएको ठानेर राष्ट्रपति सी ले त्यहाँका प्रविधि कम्पनीहरूमा लगाम लगाउन थालेका छन् र कम्पनीका सञ्चालकहरू हराउन थालेका छन्।

यसको पछिल्लो उदाहरण प्रविधिमा ठूलो फड्को मारेका बाओ फ्यान हुन्। उनी हराइरहेको उनको कम्पनीले जनाएको छ।

ली चियाङले साङ्घाइ नजिकैको पूर्वी चीनको अर्को धनी प्रान्त झेजियाङमा अहिलेका राष्ट्रपति सी सँगै काम गर्ने अवसर पाएका थिए।

यस प्रान्तको सी पार्टीको प्रमुख हुँदा ली उनको चिफ अफ स्टाफ रहे र दुवै जना राती अबेरसम्म काम गर्थे।

ली खछ्याङ बाहिरिनुको कारण

अवकाश पाउँदै गरेका प्रधानमन्त्री ली खछ्याङको राष्ट्रपति सी सँग विगतमा काम गरेको पृष्ठभूमि थिएन। बरु सामूहिक नेतृत्वकालमा सँगसँगै उदाएका ली खछ्याङ राष्ट्रपति सी को प्रतिस्पर्धी मानिन्थे।

चिनियाँ साँस्कृतिक क्रान्ति लगत्तै पेकिङ विश्वविद्यालयबाट स्नातक गरेका खछ्याङ अब्बल अर्थशास्त्री थिए। तर पार्टीमा सीको प्रतिस्पर्धी समूह यूथ लिगबाट उदाएका थिए।

सीले चिनियाँ सडक व्यवसायलाई नयाँपन दिएका थिए तर पछि त्यो सुविधा प्रहरीले हटायो।

हु जिन्ताओ

ली खछ्याङलाई पार्टीका पुराना नेता हु जिन्ताओ निकट मानिन्छ। हु जिन्ताओ तिनै नेता हुन् जसलाई सी को आदेशमा गत अक्टोबरमा पार्टी महाधिवेशनबाट बाहिर निकालिएको थियो।

उनलाई स्वास्थ्य वा अरू कुनै कारणले बाहिर निकालिएको थियो भन्ने प्रस्ट नभए पनि बाहिरिँदै गर्दा उनले प्रधानमन्त्री ली खछ्याङलाई धाप मारेका थिए।

ली खछ्याङ बलियो आर्थिक सूचकको लागि चीनमा सम्झिइरहनेछन् तर शून्य कोभिड नीतिका कारण उनको कार्यकालको अन्त्य चाहिँ सुखद रहेन।

उनले प्रतिबन्धहरू केही सहज गर्न भने पनि कम्युनिस्ट पार्टीको संरचनाले सी को आदेश अगाडी उनको आग्रह सुन्ने कुरै थिएन।

राष्ट्रपति सी चुनौती मुक्त छन्?

राष्ट्रपति सीले जसरी शक्तिमा आफू निकटका मानिसहरूलाई पुर्‍याए त्यसको कारणले उनलाई चीनमा केही पनि कुराले चुनौती दिन सक्दैन। तर उनलाई सर्वसाधारणहरू माझ आफ्नो लोकप्रियता घट्दै गएको चिन्ता छ।

उनले अघि सारेको शून्य कोभिड नीति, विरोधपछि त्यसको हठात् परित्याग, अर्थतन्त्रको सङ्कट, प्रविधि कम्पनीहरूमा नियन्त्रण, उच्च युवा बेरोजगारी र सेवा उद्योगमा भएको क्षति जस्ता कुराले उनको शक्तिलाई चोट पुर्‍याएको छ।

केही दिनमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको बैठकबाट महत्त्वपूर्ण पदमा हुने नियुक्तिलाई चिनियाँ अर्थतन्त्रको मार्गबारे अध्ययन गरिरहेकाहरूले नजिकबाट नियाल्नेछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending