Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

चीनको नयाँ प्रधानमन्त्री बन्न लागेका ली चियाङ नै सी जिन्पिङको उत्तराधिकारी बन्लान् ?

निरन्तर शक्तिमा रहेपनि सर्वसाधारणहरू माझ लोकप्रियता घट्दै गएकोप्रति सीको चिन्ता

खबरडबली संवाददाता

काठमाडौं । यसै साताको अन्त्यमा सुरु हुने चिनियाँ पार्टीको सम्मेलन राष्ट्रपति सी जिन्पिङको शक्ति केन्द्रीकरणको प्रतिकात्मक उत्कर्ष हुनेछ।

सी ले आफूलाई केन्द्रमा राख्दै चिनियाँ कम्युनिस्ट पार्टीलाई यसरी पुनर्संरचना गरेका छन् कि कसैले पनि उनलाई चुनौती दिन सहज छैन।

यो शक्तिको नयाँ उत्तराधिकारी हुने व्यक्तिलाई ‘रबर स्ट्याम्प’ भनिने कम्युनिस्ट पार्टीका ३,००० प्रतिनिधि सहभागी वार्षिक बैठकले अनुमोदन गर्दैछ।

चीनका प्रधानमन्त्री विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका व्यवस्थापक मात्रै नभई राष्ट्रपति सी पछिका दोस्रो शक्तिशाली व्यक्ति पनि हुन्।

प्रधानमन्त्रीबाट बाहिरिएका ली खछ्याङले पहिलो दिनको सत्रमा मञ्च पाउनेछन्।

सत्रको अन्त्यमा उनको ठाउँमा नयाँ प्रधानमन्त्री आउनेछन्। चीनको नयाँ प्रधानमन्त्री सम्भवतः ली चियाङ हुने ठानिएको छ।

चिनियाँ नेतृत्व

विशेषगरी राष्ट्रपति सी सँगको सामीप्यताका दृष्टिले उनीहरू निकै फरक पृष्ठभूमिका मानिसहरू हुन्।

सी ले भ्रष्ट्राचार विरोधी अभियानसँगै पार्टीमा आफ्नो प्रतिस्पर्धी गुटका धेरै नेतालाई कारबाही गरे।

गत अक्टोबरमा कम्युनिस्ट पार्टी कंग्रेसले देशको शक्तिशाली निकाय सात सदस्यीय पोलिटब्युरो स्थायी समिति नियुक्त गर्‍यो जसमा सीका निकटस्थहरू मात्रै अटाएका छन्।

अबको बैठकले धेरै वटा मन्त्रालय र विभागका प्रमुखहरूको हेरफेर गर्दैछ। त्यसमा पनि सी निकटहरू नै समावेश हुने ठानिएको छ।

यसको अर्थ उनीहरू योग्य नभएका भन्ने चाहिँ होइन। तर उनीहरूले आफूलाई नियुक्त गर्ने व्यक्तिलाई कति खुलेर सुझावहरू दिन सक्छन् भन्ने प्रश्न कतिपयले गरिरहेका छन्।

“एक पक्षबाट हेर्दा नयाँ नेतृत्वका कारण आफूले चाहेका काम गर्न सी लाई सजिलो हुन्छ। तर अर्को पक्षबाट हेर्दा उनी ‘इको च्याम्बर’मा फस्ने जोखिम पनि उत्तिकै छ,” एक जना अनुभवी व्यवसायीक व्यक्तित्वले बीबीसीसँग भने।

यी नियुक्तिहरूले चीनले लिने बाटोबारे के अर्थ राख्छन्?

प्रधानमन्त्री हुन लागेका ली चियाङको पृष्ठभूमी

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनमा अन्त्यसम्म बसेर छानिएका पत्रकारहरूको प्रश्न-उत्तरमा सहभागी भएका ली चियाङ प्रधानमन्त्री हुने निश्चित जस्तै छ।

ली चियाङ

यो नियुक्ति उनको राजनीतिक जीवनमा ठूलो फड्को हो। चीनको आर्थिक राजधानी भनिने साङ्घाइको प्रमुख रहेका उनले यसअघि उक्त सहरमा भएको दुई महिने कडा लकडाउनको नेतृत्व गरेका थिए।

त्यहाँ मानिसहरूले खाना र औषधीको अभावसँग सङ्घर्ष गर्नुपरेको थियो।

घरमा पुर्‍याइएका खानहरू पनि सडेको भन्दै मानिसहरूले सामाजिक सञ्जालमा राखेका थिए। लकडाउनबाट आक्रान्त मानिसहरूले प्रहरीका बारहरूमा लात मार्नुका साथै सुरक्षा गार्डहरूसँग झडप भएको थियो।

यही कारण उनलाई देशको दोस्रो प्रमुख पद दिइएकोमा धेरैले आश्चर्य माने।

“उनी चतुर छन् र कुशल सञ्चालक पनि हुन् तर उनले पद पाउनुको कारण चाहिँ सी प्रति उनको झुकाव नै हो,” चीनस्थित युरोपेली सङ्घको व्यापारिक संस्था चेम्बर अफ कमर्सका अध्यक्ष योर्ग वुत्का भन्छन्।

राष्ट्रपतिसँगको निकटता

चीनमा कम्युनिस्ट पार्टीका माथिल्लो तहका नेताहरूसँग संवाद गर्दै आएका वुत्का सन् १९९० यता चीनमा व्यापारमा संलग्न छन्।

शून्य कोभिड नीतिको असर व्यापार व्यवसायमा अझैसम्म पनि देखिइरहे पनि यसका लागि ली चियाङ मात्रै जिम्मेवार नरहेको उनीसहित अन्य व्यवसायीहरूको बुझाइ छ।

बरु अमेरिकी विद्युतीय कार टेस्लाको उत्पादन चीनमा ल्याउने श्रेय ली चियाङलाई जाने वुत्का बताउँछन्।

शून्य कोभिड नीति

त्यसअघि सन् २०१६ मा पूर्वी चीनको प्रविधि उत्पादनका कारण धनी प्रान्त जिआन्सुको सचिव हुँदा उनले अलिबाबाका संस्थापक ज्याक मा सहित प्रविधि कम्पनीहरूसँग व्यवसाय गर्ने वातावरणबारे छलफल चलाएका थिए।

तर अहिले माहोल फेरिएको छ। धेरै शक्तिशाली भएको ठानेर राष्ट्रपति सी ले त्यहाँका प्रविधि कम्पनीहरूमा लगाम लगाउन थालेका छन् र कम्पनीका सञ्चालकहरू हराउन थालेका छन्।

यसको पछिल्लो उदाहरण प्रविधिमा ठूलो फड्को मारेका बाओ फ्यान हुन्। उनी हराइरहेको उनको कम्पनीले जनाएको छ।

ली चियाङले साङ्घाइ नजिकैको पूर्वी चीनको अर्को धनी प्रान्त झेजियाङमा अहिलेका राष्ट्रपति सी सँगै काम गर्ने अवसर पाएका थिए।

यस प्रान्तको सी पार्टीको प्रमुख हुँदा ली उनको चिफ अफ स्टाफ रहे र दुवै जना राती अबेरसम्म काम गर्थे।

ली खछ्याङ बाहिरिनुको कारण

अवकाश पाउँदै गरेका प्रधानमन्त्री ली खछ्याङको राष्ट्रपति सी सँग विगतमा काम गरेको पृष्ठभूमि थिएन। बरु सामूहिक नेतृत्वकालमा सँगसँगै उदाएका ली खछ्याङ राष्ट्रपति सी को प्रतिस्पर्धी मानिन्थे।

चिनियाँ साँस्कृतिक क्रान्ति लगत्तै पेकिङ विश्वविद्यालयबाट स्नातक गरेका खछ्याङ अब्बल अर्थशास्त्री थिए। तर पार्टीमा सीको प्रतिस्पर्धी समूह यूथ लिगबाट उदाएका थिए।

सीले चिनियाँ सडक व्यवसायलाई नयाँपन दिएका थिए तर पछि त्यो सुविधा प्रहरीले हटायो।

हु जिन्ताओ

ली खछ्याङलाई पार्टीका पुराना नेता हु जिन्ताओ निकट मानिन्छ। हु जिन्ताओ तिनै नेता हुन् जसलाई सी को आदेशमा गत अक्टोबरमा पार्टी महाधिवेशनबाट बाहिर निकालिएको थियो।

उनलाई स्वास्थ्य वा अरू कुनै कारणले बाहिर निकालिएको थियो भन्ने प्रस्ट नभए पनि बाहिरिँदै गर्दा उनले प्रधानमन्त्री ली खछ्याङलाई धाप मारेका थिए।

ली खछ्याङ बलियो आर्थिक सूचकको लागि चीनमा सम्झिइरहनेछन् तर शून्य कोभिड नीतिका कारण उनको कार्यकालको अन्त्य चाहिँ सुखद रहेन।

उनले प्रतिबन्धहरू केही सहज गर्न भने पनि कम्युनिस्ट पार्टीको संरचनाले सी को आदेश अगाडी उनको आग्रह सुन्ने कुरै थिएन।

राष्ट्रपति सी चुनौती मुक्त छन्?

राष्ट्रपति सीले जसरी शक्तिमा आफू निकटका मानिसहरूलाई पुर्‍याए त्यसको कारणले उनलाई चीनमा केही पनि कुराले चुनौती दिन सक्दैन। तर उनलाई सर्वसाधारणहरू माझ आफ्नो लोकप्रियता घट्दै गएको चिन्ता छ।

उनले अघि सारेको शून्य कोभिड नीति, विरोधपछि त्यसको हठात् परित्याग, अर्थतन्त्रको सङ्कट, प्रविधि कम्पनीहरूमा नियन्त्रण, उच्च युवा बेरोजगारी र सेवा उद्योगमा भएको क्षति जस्ता कुराले उनको शक्तिलाई चोट पुर्‍याएको छ।

केही दिनमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको बैठकबाट महत्त्वपूर्ण पदमा हुने नियुक्तिलाई चिनियाँ अर्थतन्त्रको मार्गबारे अध्ययन गरिरहेकाहरूले नजिकबाट नियाल्नेछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending