Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

लोप हुँदै भक्तपुरको परम्परागत होली शैली

रमेश गिरी

भक्तपुर । भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् ।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गायजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसँगै बिदाइ गर्दथे । तर अहिले कतिपय स्थानीयवासीलाई त फागुसँग सम्बन्धित दाफा भजनका यस्ता गीतहरु पनि छन् भन्ने हेक्का छैन । 

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रह्मायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रह्मायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने प्रचलन छ । यसरी घुमाउँदा भक्तजनले स्पर्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुन्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदैछ । 

नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा रहँदै आएको छ । लिङ्गलाई केही वर्ष काँधमा नबोकी सवारी साधनमा राखेर घुमाए पनि अहिले भने वर्षौंदेखिको परम्परा लोप हुने अवस्थामा पुगेको छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात् ‘झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ’ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वका रुपमा पनि यो पर्वलाई लिने गरिन्छ । 

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात् ‘अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने उहिलेको प्रचलन अहिले लोप भइसकेको छ ।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएकोे छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ । सात दिनसम्म लिङ्ग र योनीको पूजा एवं दर्शन पनि स्थानीयवासीले गर्ने गरेका छन् । 

काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपदीको योनीका रुपमा लिने गरिन्छ । भीमसेन र द्रौपदीको यौन सम्बन्धका रुपमा राखिएको लिङ्ग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्वका रुपमा संरक्षण गर्दै आएका छन् ।

पाटीमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्छ, यसलाई यौन समागमका रुपमा लिइन्छ । विगतमा भीमसेन पाटीको बाहिर नै झुन्ड्याउने परम्परा रहे पनि यहाँबाट महिलालाई आवतजावत गर्न अप्ठ्यारो भएको गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलाको भीमसेन मन्दिरमा झुन्ड्याउने गरेको हो । 

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन् । एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनीमा भीमसेनको लिङ्ग घँचेटेर ढोग्ने गर्छन् । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ । यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनीको समागम गराउँदा कपासलाई वीर्यको प्रतीकका रूपमा लिन्छन् । यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास रहेको छ ।  

यसलाई हेर्दा अश्लीलता प्रदर्शन गरेको जस्तो देखिए पनि भक्तपुरका बासिन्दा भने यसलाई धार्मिक मान्यताका रुपमा लिँदै आएका छन् । आज बिहानै भीमसेन र काठको लिङ्ग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भीमसेको लिङ्ग दर्शन गरेमा राम्रो हुने र व्यापार बढ्ने विश्वास रहेको बताए । यो लिङ्गको दर्शन गर्न को महिला, को पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन बिहान यहाँ स्थानीयवासी आउने गर्दछन् । लिङ्गको दर्शन गरेर भेटी चढाउने गरेका छन् । 

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वका रुपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन् । यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ भन्दै उनले वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतीकका रुपमा होली पर्व मनाउँदै आएको उनी बताउँछन् । 

डा श्रेष्ठले भने, “भीमसेन भैरव हो, भैरव महादेव हो, द्रौपदी भैरवी हो, अर्थात् पार्वती, द्रौपदीका पाँच पति भनेर नकारात्मक सन्देश प्रवाह गरिन्छ, वास्तवमा पूर्वजन्ममा द्रौपदीको विवाद नै नभई मृत्यु भयो, अर्को जुनीमा उनले महादेवको तपस्या गरी पति माग गरेपछि महादेवले पाँच पटक तथास्तु भनेर वरदान दिएपछि पाँच पाण्डव उनको पति भए, त्यो पनि महादेवकै लीला हो, यसमा तान्त्रिक शक्ति छ, गलत अर्थ लगाउनुहुन्न ।”

मन्दिरमा झुन्ड्याइएको काठको लिङ्ग भीमसेनको प्रतीकका रुपमा रहेको बताउँदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए । यो पुरुष शक्तिको प्रतीकका रुपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार वर्षौँदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर बलात्कारीको लिङ्ग भनेर गलत अर्थ लगाएर इतिहास, धर्म र संस्कृति मास्न खोज्नु गलत भएको उनी बताउँछन् । धार्मिक र इतिहासका प्रत्येक प्रमाणले यो बलात्कारीको लिङ्ग होइन भीमसेनको प्रतीकका रुपमा राखिएको हो भन्ने पुष्टि गर्ने आधार धेरै रहेको भन्दै उनले वर्षौँदेखिको मान्यतालाई मास्ने प्रयास गर्न नहुने उनले बताए ।

साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेन र द्रौपदीको यौन समागमसँग सम्बन्धित रहेको उनको भनाइ छ । चीर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होलीभरि शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा मेला लाग्ने गर्दछ ।

यसलाई भीमसेनको प्रतीक मानिएकाले नै व्यापारीहरुले यसको दर्शन गर्ने परम्परा रहँदै आएको उनको भनाइ छ । व्यापारीले भीमसेनको पूजा गर्ने स्मरण गराउँदै उनले काठको लिङ्गलाई भीमसेनकै रुपमा दर्शन गर्ने र यसो गर्दा व्यापार बढ्ने पुरानो मान्यता अझै रहेको उनको भनाइ छ । यहाँका बासिन्दाको धार्मिक आस्थामै ठेस पुग्ने गरी हचुवाको भरमा बलात्कारीको लिङ्ग भनेर प्रचार गरिनु, धर्म संस्कृति र परम्परा मास्न खोज्नु गलत भएको इतिहास एवं संस्कृतिविद् डा.श्रेष्ठ बताउँछन् ।

पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वासकै आधारमा झुन्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन् । फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ । त्यसपछि भने होली समाप्त हुने गर्दछ ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेको स्थानीयवासी बताउँछन् । मल्लकालीन समयमा ने।सं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीतहरु अझै गाउने गरिएको छ ।

वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ । वसन्तऋतुमा मानिसको मात्रै नभई चराचुरुङ्गी र पशुपक्षीमा पनि कामवासना हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: