काठमाडौं । पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला भएकाले काउली, गोलभेडा, गाँजर, बकुला, भन्टालगायत मौसमी तरकारीको मूल्य बढेको हो ।
अघिल्लो साता १७ रुपैयाँ किलो औसत थोक मूल्य रहेको स्थानीय काउलीको भाउ मंगलवार किलोको ४० रुपैयाँ पुगेको छ । यो १ सय ३५ प्रतिशतको वृद्धि हो । १७ रुपैयाँ किलोको तराई गाँजरको मूल्य ३५ प्रतिशतले बढेको देखिन्छ । लोकल गोलभेडाको मूल्य २९ प्रतिशतले बढेको छ । त्यसैगरी बकुला ४६, ब्रोकाउली ६०, बरेला ८८ र रातो मुला ६८ प्रतिशतले महँगिएको छ ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले हिउँदे तरकारीको सिजन सकिन लागेकाले मूल्य बढेको हुनसक्ने बताए । ‘यसलाई अचाक्ली मूल्य बढेको मान्न मिल्दैन तर सामान्य अवस्थाको भन्दा त बढेकै हो,’ उनले भने, ‘एकातर्फ हिउँदे तरकारीको सिजन सकिन लाग्यो अर्कातर्फ किसानले गर्मी मौसमका लागि रोपेको तरकारीले उत्पादन दिन शुरू भइसकेको छैन । यसैले गर्दा मूल्य बढेको हुनुपर्छ ।’
अहिले भोजभतेरको सिजन पनि भएकाले काउली, बन्दा, गाँजर, मुलालगायत तरकारीको माग बढी छ, जसको प्रभाव मूल्यमा परेको हुन सक्ने प्रवक्ता श्रेष्ठको अनुमान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - ०९:३२
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...
चैत्र ३ गते, २०८२ - ०९:२८
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...
चैत्र ३ गते, २०८२ - ०७:५२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...
चैत्र ३ गते, २०८२ - ०७:४३
काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...
चैत्र ३ गते, २०८२ - ०७:३९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...
चैत्र ३ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...
चैत्र ३ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...
चैत्र ३ गते, २०८२ - ०७:२२
म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...
चैत्र ३ गते, २०८२ - ०७:२१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...
चैत्र ३ गते, २०८२ - ०७:१६
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...


प्रतिकृया लेख्नुहोस्: