Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो ।

दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पाले बताए । यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन । 

सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन् । पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठले दुःखेसो पोखे । 

अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ । चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् । 

दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पाले बताए ।

ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके । तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन । दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ ।  ...

धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा

काठमाडौं । प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुस...

पोखराको बाँझो जग्गामा कागतीखेती

कास्की । पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले  बाँझो जग्गामा कागतीखेती शुरु गरेका छन्।  गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्...

रवि लामिछानेको आजदेखि काठमाडौंमा बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाट काठमाडौंमा शुरु हुँदैछ। लामिछानेलाई बिहीबार साँझ ...

रेन्बो ट्राउट माछापालनमा लागेका पूर्वप्रहरी भन्छन्- वर्षकै तीन करोड आम्दानी हुन्छ

पर्वत । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालन गरेका छन्।  उनी पूर्वराष्ट्रसेवक एवम् जनप्रतिनिधि पनि ह...

जोमसोमको क्षमाताल, जहाँ देखिन्छ निलगिरि हिमाल

मुस्ताङ । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल। पूर्वतर्फ उभिएको निलगिरि हिमाल। तालमा देखिने हिमालको छाया। शान्त र एकान्त व...

गगनलाई प्रचण्ड सचिवालयको जवाफ- माओवादीले अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भन्दैन

काठमाडौं । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापालाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जवाफ फर्...

‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

काठमाडौँ । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेला...

कस्तो रहन्छ आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको ज...

पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy