Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

राष्ट्रपति निर्वाचन- मतदानलगत्तै आजै मतपरिणाम आउने

राप्रपा तटस्थ बस्दा रामचन्द्र पौडेल ढुक्क

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपतिको  निर्वाचनका लागि आज मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ । 

राष्ट्रपति निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले सम्पूर्ण तयारी पूरा भएको बताउँदै बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिए । 

सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् । 

दुवै मतदान केन्द्र सम्मेलन केन्द्रको ल्होत्से हलमै राखिएको छ तर मतदान गर्न भने सङ्घीय संसद्का सदस्य हलको मुख्य ढोका पश्चिमबाट प्रवेश गर्नेछन् । प्रदेश सभा सदस्यका लागि भने उत्तरतर्फको ढोका प्रयोग गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

राष्ट्रपतिका लागि नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङबीच प्रतिस्पर्धामा छन्। 

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समेत समर्थन छ । 

नेकपा एमालेका उम्मेदवार नेम्वाङको प्रस्तावक र समर्थक सबै जना सोही दलका छन् । सङ्घीय संसद् र प्रदेश सभामा कुल १४ दलको प्रतिनिधित्व छन् । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले भने अझै निर्णय गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मतदानमा भाग नलिने निर्णय गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व प्रतिनिधि सभामा मात्रै छ । प्रतिनिधि सभामा सो दलको १९ जना सदस्य छन् । हाम्रो नेपाली पार्टीको भने बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित एक जना सदस्य छ । 

राष्ट्रपति निर्वाचनमा ८८२ जना मतदाता छन् तर जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएपछि कुल मतदाता ८८१ कायम हुने भएको छ । 

सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९ र प्रतिनिधि सभाका २७३ तथा प्रदेश सभाका ५५० जना गरी ८८२ मतदाता रहेकोमा प्रतिनिधि सभाका अब २७२ सदस्यले मात्रै मतदान गर्न पाउनेछन् । 

प्रतिनिधि सभामा चितवन–२ रिक्त छ । मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परेकाले उहाँको नाम मतदाताको सूचीमा छैन । महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो नेपाल प्रहरीको फरार सूचीमा छन् । 

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति पदको मत परिणाम बिहीबार नै आउने जनाएको छ । 

निर्वाचन अधिकृत पौडेलले ३ बजे मतदान सम्पन्न भएपछि उम्मेदवारको निर्वाचन प्रतिनिधिसँगको सहमतिमा केही समयपछि मतगणना सुरु गर्ने जानकारी दिए । उनले साँझ ७ बजेभित्र मतपरिणाम सार्वजनिक हुने बताए । गठबन्धनको उम्मेदवार पौडेलको जित निश्चितजस्तै छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि फागुन २८ गते सकिँदै छ । बिहीबार हुने मतदानबाट गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित हुनेछन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: