Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

राष्ट्रपति निर्वाचन- मतदानलगत्तै आजै मतपरिणाम आउने

राप्रपा तटस्थ बस्दा रामचन्द्र पौडेल ढुक्क

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपतिको  निर्वाचनका लागि आज मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ । 

राष्ट्रपति निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले सम्पूर्ण तयारी पूरा भएको बताउँदै बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिए । 

सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् । 

दुवै मतदान केन्द्र सम्मेलन केन्द्रको ल्होत्से हलमै राखिएको छ तर मतदान गर्न भने सङ्घीय संसद्का सदस्य हलको मुख्य ढोका पश्चिमबाट प्रवेश गर्नेछन् । प्रदेश सभा सदस्यका लागि भने उत्तरतर्फको ढोका प्रयोग गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

राष्ट्रपतिका लागि नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङबीच प्रतिस्पर्धामा छन्। 

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समेत समर्थन छ । 

नेकपा एमालेका उम्मेदवार नेम्वाङको प्रस्तावक र समर्थक सबै जना सोही दलका छन् । सङ्घीय संसद् र प्रदेश सभामा कुल १४ दलको प्रतिनिधित्व छन् । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले भने अझै निर्णय गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मतदानमा भाग नलिने निर्णय गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व प्रतिनिधि सभामा मात्रै छ । प्रतिनिधि सभामा सो दलको १९ जना सदस्य छन् । हाम्रो नेपाली पार्टीको भने बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित एक जना सदस्य छ । 

राष्ट्रपति निर्वाचनमा ८८२ जना मतदाता छन् तर जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएपछि कुल मतदाता ८८१ कायम हुने भएको छ । 

सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९ र प्रतिनिधि सभाका २७३ तथा प्रदेश सभाका ५५० जना गरी ८८२ मतदाता रहेकोमा प्रतिनिधि सभाका अब २७२ सदस्यले मात्रै मतदान गर्न पाउनेछन् । 

प्रतिनिधि सभामा चितवन–२ रिक्त छ । मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परेकाले उहाँको नाम मतदाताको सूचीमा छैन । महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो नेपाल प्रहरीको फरार सूचीमा छन् । 

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति पदको मत परिणाम बिहीबार नै आउने जनाएको छ । 

निर्वाचन अधिकृत पौडेलले ३ बजे मतदान सम्पन्न भएपछि उम्मेदवारको निर्वाचन प्रतिनिधिसँगको सहमतिमा केही समयपछि मतगणना सुरु गर्ने जानकारी दिए । उनले साँझ ७ बजेभित्र मतपरिणाम सार्वजनिक हुने बताए । गठबन्धनको उम्मेदवार पौडेलको जित निश्चितजस्तै छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि फागुन २८ गते सकिँदै छ । बिहीबार हुने मतदानबाट गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित हुनेछन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending