काठमाडौं । पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेको व्यवसायीको अनुभव छ । आधारभूत आवश्यकताका वस्तु मात्रै विक्री हुँदा व्यवसाय पहिलेको तुलनामा निकै खस्केको उनीहरूको भनाइ छ ।
कोभिड–१९ महामारीपछि धेरैको आम्दानी घटेर आर्थिक समस्या भइरहेका बेला शुरू भएको रूस–युक्रेन तनावले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च वृद्धि भई उपभोग्य वस्तुको मूल्य आकाशिएपछि उपभोक्तालाई दोहोरो मार परेको थियो । यो क्रम अझै पनि निरन्तर बढिरहेको छ । आम उपभोक्ताको क्रयशक्ति घट्दा प्रत्यक्ष असर व्यवसायमा परेको देखिन्छ ।
किराना व्यवसायी वीरबहादुर कार्की उत्साहपूर्ण रूपमा व्यवसाय नचलेको बताउँछन् । ‘व्यवसाय खासै केही छैन । उपभोक्ताको कमाइ नै घटेको छ, पैसाको अभाव भएको स्थिति छ । अनि खर्च कहाँबाट गरोस् र हाम्रो व्यवसाय चलोस् ?’ उनले भने ।
अहिले सामानको मूल्य चर्को रूपमा बढेको व्यवसायी स्वीकार्छन् । उनीहरूले नेपालमै उत्पादित र आयातित दुवै खाले सामानको भाउ बढेको बताए । व्यवसायीले दैनिक उपभोग्य बिस्कुट, स्याम्पु, काजु, जीरा, टिमुर, अलैंचीलगायत थुप्रै सामानमा चर्को मूल्यवृद्धि भएको बताए । यो समाचर आर्थिक अभियान दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: