Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

गाउँ रित्तिए, बजार भरिए

खबरडबली संवाददाता

बागलुङ । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए । 

स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । 

ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ । 

अहिले जिल्लाको निसीखोलाको निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयतका ठाउँ बजारमा परिणत हुँदैछन् । गाउँमा विस्तारै विकासले गति लिँदै गए पनि गाउँ छाड्नेहरू रोकिन सकेका छैनन् । 

विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थालेपछि गाउँ रित्तिँदै छन् भने बजार भरिँदै गएका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोलाबाट पछिल्लो समय बसाइँसराइ गर्ने बढेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

पहिले गाउँमा सामान्य सुविधा नहुँदा स्थानीय बाध्यताले बजार झर्ने गरेको भन्दै अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने संस्कृति बन्दै गएको उनले बताए । खासगरी त

मानखोलाबाट बुर्तिबाङ बजार झर्नेको सङ्ख्या ठूलो छ । त्योसँगै पोखरा, काठमाडौँ, बुटवलका ठाउँमा स्थानीय बसाइँसराइ गरी गाउँ छाड्ने गरेको अध्यक्ष बुढामगरको भनाइ छ । उनले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई न्यूनतम विकास र आयआर्जनसँग जोड्ने गरी कामको सुरुआत गरेको बताए ।

“बसाइँसराइ गर्ने मुख्य कारण त गाउँमा राम्रो सेवा सुविधा नहुनु नै हो, तर पहिलेको तुलनामा अहिले हरेक गाउँमा विकास पुगेको छ, सामान्य नागरिक विकाससँग जोडिएको छ । अहिलेको अवस्था हेर्दा हुँदा खानेभन्दा हुनेखानेहरू नै बजार झरेका छन्”, अध्यक्ष बुढामगरले भने, “अहिलेका मान्छेहरूले विदेशमै गएर भए पनि दुई–चार पैसा कमाउन थाले, सहरबजार बुझे त्यही भएर बजार झर्न थाले, बजार झर्ने त अहिले ‘फेशन’जस्तो भइसक्यो ।”
 
ग्रामीण भेगबाट स्थानीय ठूला सहरमात्रै होइन, भर्खरै विस्तार हुँदै गरेका बजारमा पनि बसाइँसराइ गरेर आउन थालेका छन् । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजारमा दिनदिनै बसाइँसराइ गरी आउनेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोटमा बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । यहाँका थुप्रै गाउँ सुनसान बन्दै गएको गलकोटन नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

उहाँका अनुसार गलकोट नगरपालिका–१, २, ५, ६, ७ र ८ बाट बसाइँसराइ हरेक दिन बढ्दै गएको छ । खासगरी क्षेत्री र ब्राह्मण समुदाय बढी भएको गाउँबाट बसाइँसराइ बढी हुने गरेको प्रवक्ता भण्डारीले बताए । 

यहाँका अधिकांश युवा जापान रहेका छन् भने केही अमेरिका र केही खाडी मुलुकमा रहेको भण्डारीको भनाइ छ । विकासको मुख्य मेरुदण्ड शिक्षा र स्वास्थ्य भएको भन्दै नगरपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । 

भण्डारी भन्छन्, “हामीहरूले गाउँमा विकास गरिराखेका छौँ, स्थानीय गाउँ छाड्दै बजार झरिरहेका छन्, दलित र जनजाति बसोबास भएको बस्तीमा बसाइँसराइ कम छ भने ब्राह्मण र क्षेत्री भएको गाउँ रित्तिनै लागेको छ, जनताति र दलित समुदाय भएको बस्ती बाक्लो उनीहरू गाउँमै रमाएर बस्न चाहन्छन्, ब्राह्मण र क्षेत्री विदेश जाने, कमाउने र सहरबजारमा घर बनाउने गर्छन्, यहाँका अधिकांश मान्छे पोखरा, चितवन र काठमाडौँ छन्, केहीले यही गलकोट बजारमा घर बनाएर बस्छन् ।”

गलकोट नगरपालिका–७ टोकरीगाउँ, बरेखानीलगायतका गाउँ अहिले सुनसान छन् । गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँमा भएका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्ने कोही नभएको स्थानीय विष्णु थापाले बताए । विदेशमा राम्रो कमाइ हुने हुँदा १० कक्षा पास गरेर युवाहरू विदेशिने र विदेशबाट फर्किएर परिवारलाई बजार झार्ने गरेको सुनाए । 

स्थानीय चन्द्रबहादुर सुनारले सरकारले गाउँमा गुणस्तरीय सेवा नपु¥याएसम्म बसाइँसराइ नरोकिने बताए । पछिल्लो केही वर्षयता गाउँ छाड्नेको सङ्ख्या दोब्बर÷तेब्बरले बढेको उनको भनाइ छ । बसाइँसराइले गाउँ रित्तिने र बजार भरिने हुँदा उत्पादनमा समेत कमी आउने उनी  बताउछन् । सुनारले अहिले गाउँका खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको र खोलाका बगरमा ठूलाठूला घर भवन बन्ने गरेको बताए ।

उनी भन्छन्, “गाउँ त खाली भइसक्यो, बजारमा बस्नेले उत्पादन गर्दैनन्, उत्पादन गर्ने त गाउँले नै हो, गाउँले जति बजारिया बन्न थाले, धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिए, अब कसरी समृद्ध हुन्छ हाम्रो देश, गाउँमा अहिले हेर्नुहुन्छ भने युवा कोही छैन, घर सबै खाली छन्, गाउँ अहिले रमाइलो छैन, उराठिलो बनेको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending